2026-10-16 01:14 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मस्को हिडेका ४४ जना विमानस्थलबाटै फर्काईए, ‘ट्राभल एजेन्सी नै मानव तस्करीमा’

मङ्सिर २७, काठमाडौं | त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयले शंकास्पद रूपमा रुस जान लागेका ४४ जना नेपालीलाई प्रस्थान अनुमति डिपार्चर दिन इन्कार गरेको छ । 

दुबईको सारजाह हुँदै रुसको राजधानी मस्को जान लागेका ४४ यात्रुको यात्रा र कागजपत्रसमेत शंकास्पद देखिएपछि त्रिवि अध्यागमनले उनीहरूलाई फिर्ता अफ लोड गरेको हो । उनीहरूले नेपालस्थित रुसी दूतावासबाट पर्यटक भिसा लिएका थिए ।

भिजिट अब्रोड ट्राभल्स एन्ड टुर्सका नवराज धितालको नेतृत्वमा एस ट्राभल्स एक्सप्रेस सर्भिसका तर्फबाट ६३ जना यात्रु मस्को जान लागेका थिए। त्यसमध्ये ४४ जना रोकिए भने धितालसहित बाँकी १९ जना रुस पुगिसकेका छन्। 

एस ट्राभल्स एक्सप्रेस सर्भिस प्रालिको ब्रान्डिङ नाम ‘एस ट्राभल्स डटकम’ हो। नक्कली कागजपत्र बनाएर अवैध ढंगले सर्वसाधारणलाई रुस लैजान खोज्नुले ट्राभल एजेन्सी नै मानव तस्करीमा संलग्न भएका त छैनन् भन्ने प्रश्न उठेको छ। रुस घुमाउन लैजाने भिजिट अब्रोड ट्राभल्सले प्रत्येकलाई नक्कली परिचयपत्र बनाइदिएको छ। 

अध्यागमनबाट फर्किएकाहरूले भिजिट अब्रोड ट्राभल्सले आफूहरूलाई नक्कली परिचयपत्र बनाइदिएको बताएका छन्। रुस घुम्न मात्र जानेहरूलाई नक्कली परिचयपत्र बनाइदिएको विषयले समेत ट्राभल एजेन्सीको भूमिकामाथि शंका उब्जिएको छ।

– यो खबर आजको अन्नपुर्ण पोष्टमा छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु