2026-10-16 01:15 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मलेसिया गएका झण्डै ४ लाख भन्दा बढी नेपाली कामदार प्रभावित हुनसक्ने, यस्तो छ कारण

मङ्सिर २९, काठमाडौं । मलेसियाले आफ्नो देशमा कार्यरत विदेशी कामदारको न्युनतम् तलव २० प्रतिशत कटौती गर्ने प्रस्ताव गरेको छ । 

मानव संशाधनमन्त्री एम कुलेसागरनले कामदार ल्याउन रोजगारदाताले रकम खर्चिनु पर्ने भएकाले न्युनतम् तलव घटाउनुपर्ने प्रस्ताव राखेका हुन् । मन्त्री कुलेसागरनले केही समयअघि मात्र नेपालसँग कामदार लैजाँदा लाग्ने सबै खर्च रोजगारदाताले व्यहोर्ने सहमति गरेका थिए ।

यसले नेपाली कामदारहरु निःशुल्क रुपमा रोजगारीका लागि मलेसिया जान पाउने भएका थिए । तर, नेपालसँग भएको सहमति कार्यान्वयन नहुँदै विदेशी कामदारलाई न्यूनमत तलब कटौतीको प्रस्ताव राखेका छन्, जसले मलेसिया जाने नेपाली कामदारहरु फेरि मारमा पर्ने देखिएको छ ।

यसरी न्यनतम तलबमै २० प्रतिशत काटौती भए कार्यरत झण्डै ४ लाख भन्दा बढी नेपाली कामदार प्रभावित हुनेछन् ।

‘प्रस्ताव नेशनल लेबर एड्भाइजरी काउन्सिल (एनएलएसी) मा दर्ता गरेका छौं र निर्णय हुनुअघि सरोकारवालासँग खला छलफल गर्दैछौं’ मानव संशाधनमन्त्री कुलेसागरनले भनेका छन् ।

यो प्रस्तावले रोजगारदाता र कामदार दुबैको जित हुने उनको तर्क छ । उनका अनुसार यसरी कटौती गरिने तलब समाजिक सुरक्षा संगठनमा राखिनेछ र श्रम इजाजत सकिएपछि फर्किनेबेलामा दिइनेछ ।

यस्तै व्यवस्था गरेर कोरिया र जापानका उद्योगले कामदार भाग्नबाट रोक्ने गरेको उदाहरण पनि उनले सुनाए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु