2026-10-16 01:13 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जापानले आगामी बर्षदेखि लिने बिदेशी कामदारको प्रस्तावित लिष्टमा नेपाल पनि !

पुष ३, टोकियो | जापान सरकारले आगामी अप्रिलदेखि नयाँ भिसा स्टाटस अन्तर्गत विदेशी कामदारहरु ल्याउने प्रकृयामा नेपाललाई पनि नवौं नम्बरमा समावेश गरेको छ । 

यस अघि जापानले विदेशी कामदारहरु ल्याउने प्रकृयामा भिसा प्रोसेसको लागी लिइने जापनीज भाषाको जाँचमा ८ देशको नाम प्रस्ताव गरेको थियो जसमा इण्डोनेशिया, भियतनाम, फिलिपिन्स, कम्बोडिया, थाइल्याण्ड, चीन, मंगोलिया र म्यानमार रहेकोमा अब नेपाललाई पनि समावेश गर्दै नौ देशलाई प्रस्ताव गरेको छ । 

जापानी अनलाइन संचार संचार माध्यम एनएचकेका अनुसार अब उक्त ९ देशको प्रस्ताव आगामी २० तारिकसम्ममा फेरबदल नभएमा पारित हुनेछ । र लगत्तै जापान सरकारले आवश्यक प्रकृया अघि बढाउनेछ ।

जापानमा श्रमिक समस्या रहेको बताइएको अवस्थामा पछिल्लो प्रस्तावमा नेपाल पनि नवौं नम्बरमा पर्नुले नेपालबाट आकर्षक गन्तव्य मानिएको जापानमा नेपाली कामदार पनि कामदार भिषामा जान सक्नेछन् । आफ्नो देशमा कामदार अभाव कम गर्न जापानले बिभिन्न देशबाट कामदार लिने बताएको थियो र बिदेशी कामदार लिने सम्बन्धि विधेयक समेत पारित गरिसकेको छ । जापानले कामदार ल्याउने देशहरुसंग सम्झौता गरि आफ्नो माध्यमबाट जापानमा काम गर्न आउँदा कामदारलाई ठग्ने दलालहरुबारे पनि सूचना संकलन गर्ने जनाएको समाचारमा उल्लेख छ ।

समाचार स्रोतका अनुसार कामदार तथा बिदेशी विद्यार्थीलाइ सहजताका लागि जापानका विभिन्न स्थानमा १०० वटा सहयोग केन्द्र स्थापना गर्ने तयारी समेत भैरेहको जनाइएको छ । उक्त केन्द्रबाट जापान जाने विद्यार्थी तथा कामदारले विविध समस्याहरुमा सहयोग र सल्लाह लिन सक्नेछन् ।

आगामी अप्रिल महिनाबाट अर्धदक्ष र दक्ष कामदारको रुपमा दुई वटा भिषा प्रक्रियाबाट आउने बिदेशी कामदारहरुले अनिवार्य भाषा र सिप परिक्षा दिनुपर्ने छ । त्यसका लागि पनि तयारी भैरहेको सरकारी श्रोतलाई उधृत गर्दै एनएचके अनलाइनले लेखेको छ । 

समाचार अनुसार बिदेशी कामदारलाई सहजताका लागि भिषा, सुरक्षा, ट्रफिक नियमका गाइडबुकहरु ११ भाषामा प्रकाशन हुनेछन् । ११ भाषामा जापनिज, अंग्रेजी, चाइनिज, कोरियन, भियतनामिज, स्पेनिस, पोर्तुगुइज, थाई, इन्डोनेसियन, तागालग र नेपाली रहेका छन् 

जापानमै पढिरहेका विद्यार्थीहरुको लागि समेत आगामी आर्थिक बर्षबाट हाल बन्देज लगाइएका क्षेत्रहरुमा रोजगारीको लागि बाटो खुलाईनेछ । जापानी स्कुलमा अध्ययन गर्दै गरेकाहरुलाई जापानको पछिल्लो नीतिले रोजगारीमा निकै सहयोग पुर्याउने देखिएको छ ।

समाचार अनुसार जापानले बिदेशीलाई आफ्नो देशको भाषाको तालिम दिएर सकेसम्म छिटो आफ्नो देशमा कामदारको लागि योग्य बनाइनेछ । त्यसै कारण पनि विदेशबाट जापानमा अध्ययन गरेका र जो भाषा स्कुल उत्रिण छन् उनीहरुलाई नै रोजगारीमा समावेस गरिने तयारी छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु