2026-10-16 01:13 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पुस १५ गतेदेखिनै प्रदेश मातहतबाट श्रम स्वीकृतिको सुविधा दिने तयारी

पुष ९, धनुषा (रासस) | श्रम तथा रोजगार मन्त्रालयले पुस १५ गतेदेखि प्रदेश मातहतमै श्रम स्वीकृतिको सुविधा दिने तयारी थालेको छ । 

मन्त्रालयले एक पटक विदेशबाट आएकाको हकमा सातै प्रदेश मातहतको श्रम कार्यालयबाटै पुनः श्रम स्वीकृति दिने निर्णय गरेको थियो । मन्त्रालयको निर्णय बमोजिम पुस १५ देखि सेवा शुरु हुनुपर्नेमा प्रदेश–२ को श्रम कार्यालयमा तयारी देखिएको छैन । 

मन्त्रालयले श्रम स्वीकृतिका लागि तय गरेको दरबन्दी बमोजिमका कर्मचारीसमेत कार्यालयमा आइपुगेका छैनन् । सेवा शुरु गर्न उपसचिवसहित कम्तीमा १४ कर्मचारी आवश्यक छ । श्रम कार्यालय जनकपुरमा एक जना कार्यालय सहयोगीसहित जम्मा तीन कर्मचारी कार्यरत छन् । श्रम मन्त्रालयका प्रवक्ता नारायण रेग्मीले समयमै सेवा शुरु गर्न आन्तरिक तयारी भइरहेको दाबी गर्नुभयो । प्रवक्ता रेग्मीले जनशक्ति, प्रशिक्षण र प्रविधि जडानको गृहकार्य भइरहेको बताउँदै उहाँले भन्नुभयो, “पुस १५ देखि सेवा शुरु गर्न सकिने अवस्था हेरेर नै समय सीमा तोकिएको हो र सोही बमोजिम तयारी भइरहेको छ ।” 

श्रम कार्यालय जनकपुरका प्रमुख मनोजकुमार यादवले श्रम स्वीकृतिको काम प्रविधिमार्फत हुने हुनाले प्रविधि जडानसँगै काम शुरु गर्न समय नलाग्ने बताउनुभयो । उहाँले तोकिएको समयबाट नै सेवा शुरु हुने बताउनुभयो । नायब सुब्बा रमेशकुमार दासले दुई जना शाखा अधिकृत आउने तर्खरमा रहेको जनाउनुभयो ।

मन्त्रालयको २०७०/७१ को प्रतिवेदनबमोजिम प्रदेश २ बाट मात्रै वैदेशिक रोजगारमा गएका श्रमिकको सङ्ख्या पाँच लाख ८२ हजार २८१ छ । त्यसमध्ये धनुषाबाट मात्रै सबैभन्दा बढी एक लाख ३९ हजार ७१७ जना विदेशिएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु