१ माघ २०८१, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

साउदीमा विभिन्न कारणबाट ज्यान गुमाएका ३० नेपालीले पाउनुपर्ने रकम नेपाल पठाइयो

९ पुष २०७५, सोमबार १७:०१

पुष ९, काठमाडौँ (रासस) | साउदी अरबको रियादस्थित नेपाली दूतावासले साउदीमा विभिन्न कारणबाट ज्यान गुमाएका ३० नेपाली नागरिकले पाउनुपर्ने रकम नेपाल पठाएको छ । 

मृतक नेपाली कामदारका कानूनी हकदारले पाउने गरी उनीहरुले काम गरेको अवधिको लिन बाँकी तलब, भत्ता र ब्लडमनी समेत गरी पाँच लाख ८१ हजार ३३४ साउदी रियाल यही पुस ८ गते काठमाडौँस्थित परराष्ट्र मन्त्रालयको खातामा पठाइएको दूतावासले जनाएको छ । 

सडक दुर्घटना, आात्महत्या, प्राकृतिक मृत्यु, करेन्ट लागेर मृत्यु र कामको समयमा मृत्यु भएका ती नेपाली श्रमिकले पाउनुपर्ने तलब, भत्ता तथा क्षतिपूर्ति नेपाल पठाइएको हो । 

सडक दुर्घटनाबाट ज्यान गुमाएका रुपन्देहीका अखिलेश कुमार चौधरी, बाग्लुङका भीमबहादुर केसी, पाल्पाका विवेक कुँवर, धनकुटाका विक्रम घिमिरे, तनहुँका बुद्धिकुमार श्रेष्ठ, गुल्मीका दधिराम केसी, सर्लाहीका गोपालप्रसाद साह, गोरखाका ज्ञानबहादुर गुरुङ, झापाका झलक श्रेष्ठ र खड्ग चौधरी, सङ्खुवासभाका लालबहादुर तामाङ, खोटाङका मङ्गले सार्की, धादिङका नमराज खड्का, नुवाकोटका राजु तामाङ र दाङका टीकाराम चौधरीले पाउनुपर्ने ब्लडमनीबापतको रकम नेपाल पठाइएको दूतावासले जनाएको छ । 

त्यसैगरी मृतक स्याङ्जाका दलबहादुर गाहा, रुपन्देहीका धमबहादुर पुन, झापाका सरोजकुमार सुवेदी, सिरहाका सुजित यादव र नवलपरासीका योगेन्द्र चौधरीले पाउनुपर्ने रकम पनि नेपाल पठाइएको छ । 

प्राकृतिक कारणबाट मृत्युवरण गरेका रौतहटका दीपक परियार दमाई, ओलखढुङ्गाका जीतबहादुर राई, धनुषाका लक्ष्मण मण्डल केवट, नवलपरासीका नीमबहादुर सेन, झापाका ओमप्रसाद चापागाईं, सुनसरीका फूलचन चौधरी, धनुषाका रामनरेश पण्डित, झापाका रत्नबहादुर ग्याङ्मी मगर र करेन्ट लागेर मृत्यु भएका मकवानपुरका ज्वाला लामा योन्जन, कामको समयमा मृत्यु भएका धनुषाका सञ्जिव यादवले पाउनुपर्ने रकम पनि नेपाल पठाइएको दूतावासले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रचण्डको दाबीः सरकार ढल्छ, हामीले धेरै बल गर्नै पर्दैन ‘महाराजधिराज’ को पोस्टरमा पलकाे दुई अलग चरित्र एक वर्षमा आठ हजार ६ सय नेपाली विमानस्थलबाटै फकाईए गोली हानेर श्रीमतीको हत्या पिएसएल अक्सनमा बिक्री भएनन् नेपाली खेलाडी एमाले केन्द्रीय सदस्य किशोरविक्रम मल्ल पक्राउ आज तोलामा आठ सय रुपैयाँले घट्यो सुनको भाउ, चाँदीको कति? इजरायल र हमास युद्धविरामको नजिक, यी विषयमा जुट्यो सहमति ‘माघे संक्रान्ति धार्मिक,सांस्कृतिक, र प्राकृतिक दृष्टिकोणले महत्वपूर्ण पर्व’ चालु आर्थिक वर्षको ६ महिनामा उठ्यो ५ खर्ब ५९ अर्ब राजस्व २०८१ को एसईई परीक्षाको समयतालिका सार्वजनिक, यस्तो छ रुटिन प्रधानमन्त्री केपी शर्मा ओलीले दिए माघे संक्रान्तिको शुभकामना आज देशभर माघे सङ्क्रान्ति पर्व मनाउँदै मंगलबार अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा कोशी, बागमती र गण्डकीमा वर्षाको सम्भावना जब भारतीय विदेशमन्त्रीले आरजुलाई सोधे: नेपालमा आएर कसैले मान्छे मारेको भए मिटिङ हुन्थ्यो? रवि फेरी हिरासतमा: अदालतअघि प्रधानमन्त्रीविरुद्ध उत्तेजक नाराबाजी मन्त्रिपरिषद्ले के-के गर्‍यो निर्णय ? सुत्केरी भएकी महिलालाई ६ महिनासम्म मासिक ४ हजार आजपनि सकिएन थुनछेक बहस, रवि लामिछानेलाई हिरासतमै पठाउन आदेश