2026-10-16 01:14 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

साउदीमा विभिन्न कारणबाट ज्यान गुमाएका ३० नेपालीले पाउनुपर्ने रकम नेपाल पठाइयो

पुष ९, काठमाडौँ (रासस) | साउदी अरबको रियादस्थित नेपाली दूतावासले साउदीमा विभिन्न कारणबाट ज्यान गुमाएका ३० नेपाली नागरिकले पाउनुपर्ने रकम नेपाल पठाएको छ । 

मृतक नेपाली कामदारका कानूनी हकदारले पाउने गरी उनीहरुले काम गरेको अवधिको लिन बाँकी तलब, भत्ता र ब्लडमनी समेत गरी पाँच लाख ८१ हजार ३३४ साउदी रियाल यही पुस ८ गते काठमाडौँस्थित परराष्ट्र मन्त्रालयको खातामा पठाइएको दूतावासले जनाएको छ । 

सडक दुर्घटना, आात्महत्या, प्राकृतिक मृत्यु, करेन्ट लागेर मृत्यु र कामको समयमा मृत्यु भएका ती नेपाली श्रमिकले पाउनुपर्ने तलब, भत्ता तथा क्षतिपूर्ति नेपाल पठाइएको हो । 

सडक दुर्घटनाबाट ज्यान गुमाएका रुपन्देहीका अखिलेश कुमार चौधरी, बाग्लुङका भीमबहादुर केसी, पाल्पाका विवेक कुँवर, धनकुटाका विक्रम घिमिरे, तनहुँका बुद्धिकुमार श्रेष्ठ, गुल्मीका दधिराम केसी, सर्लाहीका गोपालप्रसाद साह, गोरखाका ज्ञानबहादुर गुरुङ, झापाका झलक श्रेष्ठ र खड्ग चौधरी, सङ्खुवासभाका लालबहादुर तामाङ, खोटाङका मङ्गले सार्की, धादिङका नमराज खड्का, नुवाकोटका राजु तामाङ र दाङका टीकाराम चौधरीले पाउनुपर्ने ब्लडमनीबापतको रकम नेपाल पठाइएको दूतावासले जनाएको छ । 

त्यसैगरी मृतक स्याङ्जाका दलबहादुर गाहा, रुपन्देहीका धमबहादुर पुन, झापाका सरोजकुमार सुवेदी, सिरहाका सुजित यादव र नवलपरासीका योगेन्द्र चौधरीले पाउनुपर्ने रकम पनि नेपाल पठाइएको छ । 

प्राकृतिक कारणबाट मृत्युवरण गरेका रौतहटका दीपक परियार दमाई, ओलखढुङ्गाका जीतबहादुर राई, धनुषाका लक्ष्मण मण्डल केवट, नवलपरासीका नीमबहादुर सेन, झापाका ओमप्रसाद चापागाईं, सुनसरीका फूलचन चौधरी, धनुषाका रामनरेश पण्डित, झापाका रत्नबहादुर ग्याङ्मी मगर र करेन्ट लागेर मृत्यु भएका मकवानपुरका ज्वाला लामा योन्जन, कामको समयमा मृत्यु भएका धनुषाका सञ्जिव यादवले पाउनुपर्ने रकम पनि नेपाल पठाइएको दूतावासले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु