2026-10-16 01:14 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बुटवलबाट पनि आजदेखि श्रम स्वीकृति दिन सुरु

पुष १५, बुटवल (रासस) | सरकारले वैदेशिक रोजगारीमा जानेका लागि श्रम स्वीकृति लिन राजधानी बाहिर बुटवलमा आजदेखि सेवा प्रारम्भ गरेको छ । 

सामाजिक सुरक्षा मन्त्रालय, श्रम तथा व्यवसायजन्य सुरक्षा विभाग श्रम तथा रोजगार कार्यालयले श्रम स्वीकृतिका लागि बुटवलमा प्रदेश ५ कार्यालय स्थापना गरी श्रम स्वीकृतिको सेवा शुरू गरेको हो । श्रमिक फेरि फर्केर त्यही कम्पनी र त्यही देशमा जानका लागि मात्र यो सेवा यहाँबाट शुरू गरिएको वैदेशिक रोजगार विभागले जनाएको छ । यस अगाडि श्रम स्वीकृतिको काम वैदेशिक विभागबाट मात्र हुन्थ्यो । 

उक्त सेवाको विभागका महानिर्देशक दिलीपकुमार चापागाईंले आज बुटवलमा उद्घाटन गर्नुभयो । चापागाईंले वैदेशिक रोजगारमा जाने कामदारको चाप धेरै भएर विभागले आफ्नो सेवा विकेन्द्रित गरेको बताउनुभयो । प्रदेश ५ लाई लक्षित गरेर कार्यालय खोलिए पनि देशको जुनकुनै जिल्लाका कामदारको स्वीकृति यहाँबाट हुन्छ । कार्यालयबाट काम शुरू भएपछि काठमाडौँ पुग्नुपर्ने र दुई/चार दिन बसेर काम गर्नुपर्ने बाध्यता हटेको कार्यालय प्रमुख उमेश शर्माले बताउनुभयो । केही महीना अगाडि श्रम तथा रोजगारमन्त्री गोकर्ण विष्टले वैदेशिक रोजगारमा जाने युवालाई सहज गराउन सुनसरीको इटहरी, जनकपुर र बुटवलबाट श्रम स्वीकृति प्रदान गर्ने निर्णय गर्नुभएको थियो । 

सेवा प्रारम्भ भएकै दिन कार्यालयमा मजदूर श्रम स्वीकृत गर्नेको भीड लागेको थियो । बुटवल कार्यालयमा उपसचिव शर्माको नेतृत्वमा १८ जना कर्मचारी खटाइएको छ । वैदेशिक रोजगारीसम्बन्धी इजाजत पाएका संस्था र तालीम एवं अभिमुखीकरण संस्थाको अनुगमन गर्ने, सरोकारवालाबीच वैदेशिक रोजगारीको सूचना तथा जानकारी सम्प्रेषण गर्ने र गुनासो सुनुवाइ गरी सेवा प्रवाहलाई सहजीकरण गर्नेजस्ता काम यस कार्यालयले प्रदान गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु