2026-10-16 01:13 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

म्यानपावरलाई सेवा शुल्क नदिने रोजगारदातालाई श्रमिक लान नदिने

पुष १७, काठमाडौं | नेपालले श्रमिक पठाएबापत वैदेशिक रोजगार व्यवसायी (म्यानपावर) लाई सेवा शुल्क नदिने कतारका रोजगारदातालाई श्रमिक लान नदिने भएको छ । नेपाली श्रमिकको प्रमुख गन्तव्य कतारमा चार लाख नेपाली कार्यरत छन् । 

आजको कान्तिपुर दैनिकमा छापिएको समाचार अनुसार कतारका लागि नेपाली राजदूत डा. रमेश कोइरालाले कतारका नवनियुक्त प्रशासनिक विकास, श्रम तथा सामाजिक मामिलामन्त्री युसुफ मोहम्मद अल बथमान फक्को सँगको भेटमा सेवा शुल्क नदिने रोजगारदातालाई श्रमिक ल्याउन नदिने जानकारी दिएका हुन् । 

राजदूत कोइरालाले रोजगारदाताले सेवा शुल्क नदिदा म्यानपावर कम्पनीले श्रमिकसंग शुल्क उठाइरहेको उल्लेख गर्दै सेवा शुल्क दिने कम्पनीलाई मात्रै श्रमिक भर्ना गर्ने नीति नेपालले लिएको जानकारी गराएका थिए । 

कतारका श्रममन्त्री फक्कोले श्रमिक भर्ना गर्दा लाग्ने सबै जिम्मेवारी रोजगारदाताकै हुने बताएको कोइरालाले जानकारी दिए । दोहास्थित नेपाली दूतावासले मागपत्र प्रमाणीकरण गर्दा सेवा शुल्क दिने र नदिने गरी वर्गीकरण गरेको छ ।

श्रमसम्झौताको पुनरावलोकनका लागि कतार र नेपालबीच संयुक्त प्राविधिक समूहको बैठक जनवरी ५ र ६ मा कतारमा हुँदै छ । श्रममन्त्री गोकर्ण विष्टले कतारसंग श्रमिकको हित हुने गरी संवाद

जारी रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु