2026-09-24 09:54 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘फ्रि भिसा फ्रि टिकट’ लागू गराउन सर्वोच्चको आदेश

पुष १८, काठमाडौं | ‘फ्रि भिसा फ्रि टिकट’ नीतिको प्रभावकारी कार्यान्वयनका लागि आवश्यक कानुन तथा संयन्त्र बनाउन सर्वोच्च अदालतले सरकारका नाममा निर्देशनात्मक आदेश जारी गरेको

छ । 

सोमबार सर्वोच्च अदालतले सरकार तथा श्रम मन्त्रालयलगायत सम्बन्धित निकायका नाममा आदेश जारी गरेको हो ।

‘फ्री भिषा, फ्री टिकट’ कार्यान्वयन किन भएन ? 

तत्कालीन श्रम तथा रोजगार राज्यमन्त्री टेक बहादुर गुरुङको पहलमा नेपाल सरकारले 20७२ असार २१ देखि मलेसिया सहित खाडीका ६ देशमा वैदेशिक रोजगारमा जाने कामदारलाई  निःशुल्क भिसा र निःशुल्क टिकटको निर्णय लागू गरेको थियो । 

उक्त निर्णय कार्यन्वयन नै गर्न नसक्ने स्वयं वैदेशिक रोजगार व्यवसायीहरुले बताउने गरेका छन् । व्यवसायीहरुले यस्तो निर्णय लागू गर्नु अघि सरकारले व्यवसायी, रोजगारदाता मुलुकहरुसँग प्रयाप्त छलफल नगरेको कार्यन्वयनमा समस्या भएको  म्यानपावर व्यवसायीहरुले बताउंदै आएका छन् । 

म्यानपावर कम्पनीहरुले दुई देश बिचको श्रम सम्झौता नभईकन सरकारले फ्री भिषा /फ्री टिकटको व्यवस्था कार्यव्ययन हुन सक्दैन भनेर पटक-पटक भने पनि सरकारले हचुवामा निर्णय गरिदिदा समस्या आएको बताउँछन् । 

म्यानपावर व्यवसायीहरुको अनुसार एउटा कामदार पठाउन कार्यालय लागत खर्च टिकटको बाहेक ६५ देखि ७० हजारको बिचमा पर्दछ । यो रकम बाहेक बढि लिने कार्य पनि हुने गरेको म्यानपावर स्वीकार गर्छन । एजेन्टको कारण पनि बैदेशिक रोजगारीमा जानेको लागत बढ्ने गरेको छ । एजेन्टले नै १० देखि डेढ लाख सम्म लिने गरेको म्यानपावर कम्पनीहरुले बताउँछन् । 

कामदार एजेन्टबाट विदेश जानहुदैन भन्ने अधिकांश म्यानपावरको चाहना छ तर कतिपय म्यानपावर कम्पनीहरुले मोटो रकम अशुली गर्नको लागि एजेन्टबाट मात्र कामदार लिने गरेको पनि पाइएको छ । 

फ्री भिषा फ्री टिकटको कार्यान्वयनको लागि व्यवसायीहरुले बैदेशिक रोजगारीमा जाने देशहरुमा द्रिपक्षिय श्रम सम्झौता, स्वदेशमा हुने ठगि नियन्त्रण,पासपोर्ट बनाउनु पुर्व नै अभिमुखीकरण तालिमको व्यवस्था गर्न सुझाव दिएका छन् । 

‘फ्री भिषा, फ्री टिकट’ कार्यान्वयन नहुनुमा को दोषी ? 

‘फ्री भिषा, फ्री टिकट’ कार्यान्वयन नहुनुमा म्यानपावर ब्यावसायीहरूनै मुख्य दोषी हुन् । तात्कालीन श्रम राज्य मन्त्री टेक बहादुर गरुङले सुन्य लागत भनेर हचुवाको भरमा एकतर्फीरुपमा निर्णय लागु गरेको अवस्था र उक्त अवस्थालाई कार्यान्वयनमा कडाई गर्न नसक्नु सरकारको पनि ठुलो दोष देखिन्छ । तात्कालीन श्रम राज्य मन्त्री टेक बहादुर गरुङले ‘फ्री भिषा, फ्री टिकट’ लागु गरेर अर्को तर्फ बायोमेट्रिक, भिएलएन जस्ता कामदारलाई प्रत्यक्ष भार पर्ने संस्था भित्र्याउने काम समेत गरेको म्यानपावरहरुको आरोप छ । 

सरकारी तवरबाट चलखेल र दबाब कै बिचमा सयौं नयाँ म्यानपावर कम्पनीहरुलाई लाइसेन्स दिने काम भएको थियो, जसको कारण विदेशबाट नेपाली कामदारको मागका लागी अस्वस्थ प्रतिस्प्रधा सुरु भएको बताइन्छ । सरकारले खुलेका म्यानपावरहरुलाई अनुशासित गर्न नसकेको अवस्थामा नयाँ लाइसेन्स दिएर थप बेथिति सृजना गर्ने काम गरेको केहि व्यवसायीहरुको आरोप छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नियमापत्तिको सदुपयोग गर्न सांसदहरूलाई सभामुख अर्यालको आग्रह ग्यास आपूर्ति सहज बनाउन सबै शक्ति लगाइरहेका छौँ : मन्त्री साह राष्ट्रिय सभामा लोक सेवा आयोगकाे वार्षिक प्रतिवेदन पेस एमालेको विशेष सङ्कल्प : कमीकमजोरी सच्याउँदै पार्टी रूपान्तरणमा अघि बढ्ने आदिवासी अपाङ्गता भएका महिला तथा किशोरीको नेतृत्व सुनिश्चित गर्न मन्त्री चौधरीको आग्रह बाढीपहिरोको जोखिमपछि राति पृथ्वी राजमार्ग बन्द, बेलुका ८ देखि बिहान ५ बजेसम्म आवागमन रोक एमालेमा सात नेता स्थायी कमिटी सदस्य मनोनित, विद्यादेवी भण्डारीलाई वरिष्ठ नेताको जिम्मेवारी ताप्लेजुङको दोभानमा भीषण आगलागी, करिब १० घर जले प्रधानमन्त्री शाहले भोलि बिहान ४ बजे राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने भारी वर्षाको पूर्वानुमानपछि कुलेखानीमा सतर्कता बढाइयो, तीन स्थानमा साइरन जडान प्रधानमन्त्री राष्ट्रको गौरव प्रतिनिधित्व गर्न जानुभएको हो, ब्रान्डको प्रचार गर्न होइन : सांसद नरबहादुर विष्ट प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित सरकारले असोज ९–११ गते नदीतटीय क्षेत्रका राजमार्ग बन्द गर्ने तयारी गरिरहेको छ : जगदीश खरेल आधाकेजी सुनसहित एकजना भारतीय नागरिक पक्राउ दोहोरो सेवा सुविधा रोक्न कानुन बनाउँदैछौँ : मन्त्री गौतम अविरल वर्षापछि पहिरो खस्दा कान्ति लोकपथ पूर्ण रूपमा अवरुद्ध रास्वपा सांसदले शिक्षा र स्वास्थ्य मन्त्रालयसँग मागे एक हप्ताभित्र जवाफ प्रधानमन्त्री राहत कोषमा १५ अर्ब ५३ करोड रुपैयाँ मौज्दात कांग्रेसको १५औँ महाधिवेशन : देउवा समूहले ५५ जिल्लामा तोक्यो संयोजक देशभर वर्षा जारी, नदीको बहाव बढ्ने; ७ जिल्लामा उच्च जोखिम