2026-10-16 02:00 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बैदेशिक रोजगारीमा समस्यामा पर्नुभयो ? सरकारले शुरु गर्दैछ कल सेन्टर

पुस १९, काठमाडौं । सरकारले वैदेशिक रोजगार सम्बन्धी सबै गुनासो सुन्ने सहायता कक्ष (कल सेन्टर) सञ्चालनमा ल्याउने तयारी गरेको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टको सक्रियतामा आधुनिक प्रविधिसहितको सहायता केन्द्र सञ्चालनमा ल्याउन लागिएको हो ।

यसअघि श्रम तथा रोजगारमन्त्री फरमुल्लाह मन्सुरले वैदेशिक रोजगारीका ठगी तथा उद्धारसम्बन्धी घटनाका लागि ‘सहायता कक्ष’ को शुभारम्भ गरेका थिए । उक्त कक्षबाट  

प्रभावकारी सेवा संचालन नभएपछि हाल पुन: व्यवस्थित गरि मन्त्रालय रहेको भवनबाट नै सहायता कक्ष संचालनमा ल्याउन लागिएको हो । यो सहायता कक्षमा फोनबाट मात्रै नभएर फेसबुक, भाइबर, इमो, ह्वाट्सएप लगायतबाट पनि उजुरी दर्ता गर्न सकिनेछ। हाल बैदेशिक रोजगारीको लागि विदेश पुगेका तथा नेपालमै समस्यामा परेकाहरुले बैदेशिक रोजगार विभाग, वैदेशिक रोजगार प्रवर्द्धन बोर्ड र हेलो सरकारजस्ता निकायमा गुनासो गरेपनि सुनुवाई छिटो छरितो हुन सकेको छैन । 

सहायता केन्द्रबाट पाइने सुविधाहरु 

सहायता केन्द्र संचालनमा आएपछि विदेशमा समस्यामा परेकाहरुले टेलिफोन मार्फत आफ्ना गुनासा र उजुरी दर्ता दर्ता गराउन सक्ने व्यवस्था गरिंदैछ। पीडितका गुनासाका आधारमा सरकारले आवश्यक सहयोगका लागि पहल तथा उद्धारका लागि प्रक्रिया अघि बढाउनेछ ।

प्राप्त हुने उजुरी र कामदारको समस्यालाई कल सेन्टरले तुरुन्तै अनलाइनमा दर्ता गरेर सम्बन्धित दूतावास, नियोग, विभाग तथा सरकारी निकायमा जानकारी गराएर समाधानका लागि पहल गर्नेछ । अनलाइनमार्फत उजुरी दर्ता हुनासाथै सम्बन्धित अधिकारीलाई इमेल र मोबाइलमा नोटिफिकेशन जाने गरी सफ्टवेयर विकास गरिन लागेको हो ।

सहायता केन्द्रमा विदेशबाट फोन गर्दा पैसा नलाग्ने गरी टोल फ्रि नम्बर राखिनेछ । विदेशबाट नेपालीको गुनासो अभिलेखीकरण गरेर आवश्यक उद्धार प्रक्रिया शुरु गर्ने योजना बनाइएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु