2026-10-16 02:01 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जापानसंग सम्झौता नहुँदै पर्पल एच आर सर्भिसलाई कसले दियो डिमाण्ड ?

पुस २७, काठमाडौं । बैदेशिक रोजगार विभागको निर्देशनको अवज्ञा गर्दै म्यानपावर व्यवसायीले जापानको डिमाण्ड आएको भन्दै भ्रामक विज्ञापन प्रकाशनलाई निरन्तरता दिएको पाइएको छ। 

विभागले पुस १८ गते बैदेशिक रोजगारीको लागि जापान खुलेको भनि गरिएको भ्रामक विज्ञापन प्रति ध्यानाकर्षण भएको जनाएको थियो । तर विभागको निर्देशनलाई अवज्ञा गर्दै राजधानीको बौद्धमा रहेको पर्पल एच आर सर्भिस (लाइसेन्स नम्बर १४२०/०७४/०७५) ले सामाजिक संजाल फेसबुकमा जापानको लागि भन्दै प्रचार गरिरहेको छ । 

यसै विषयमा साझा सबालले छड्के चेक गर्दा म्यानपावरले जापानको लागि कृषि र निर्माण क्षेत्रमा केहि कामदारको डिमाण्ड आएको बताएको छ । विज्ञापनमा दिईएको मध्ये एक मोबाइल नम्बरमा सम्पर्क गर्दा एक व्यक्तिले भने “जापानिज भाषाको ‘एन ४ लेवल’ पास भएको भए डकुमेन्ट लिएर म्यानपावर आउनुस् काम हुन्छ । जति चांडो आउनुभयो, त्यति छिटो काम बन्छ ।” उनले प्रोसेसिङको लागि एउटा फोटो समेत चहिने बताए । सम्बन्धित १२ कम्पनिसंगको कुराकानीका आधारमा डिमाण्ड आएको ति व्यक्तिले दावी गरेका छन् । 

म्यानपावर कम्पनीले विज्ञापन प्रकाशन गर्नको लागि बैदेशिक रोजगार विभागबाट डिमाण्डको पुर्व स्वीकृति लिनुपर्छ तर यस म्यानपावरले पुर्व स्वीकृति विना नै गलत विज्ञापन दिएर सामाजिक संजाल मार्फत कामदारहरुलाई भ्रम छरेको छ । 

विभागले यसअघि जारी गरेको विज्ञप्तीमा भनेको छ- “विगत केहि समय अघि देखि केहि छापाहरुमा व्यक्ति/कम्पनि तथा बैदेशिक रोजगार संचालनको लागि इजाजत प्राप्त संस्थाहरु समेतले जापानको लागि बैदेशिक रोजगारीमा कामदारहरु पठाउने तथा श्रम अनुमति समेत खुलेको भनि विज्ञापन प्रकाशित गरेको पाइएकोले त्यस्ता कार्य नगर्न विभागको ध्यानाकर्षण भएको छ।” 

विभागले बिज्ञप्ति मार्फत जापान पठाउने भनि संस्थागत/ व्यक्तिगत/कम्पनीबाट गरिएको सबै क्रियाकलाप कानून विपरित देखिन आएकोले त्यस्ता गतिविधि नगर्न/नगराउन सबैमा सचेत गराएको थियो । विभागले जारी गरेको सूचनाको अवज्ञा गरि गैर कानूनी क्रियाकलाप गरे/गराइएको पाइएमा त्यस्ता व्यक्ति/संस्था/कम्पनि उपर बैदेशिक रोजगार ऐन/नियम अनुसार तत्काल कारवाही गरिने जनाएको विभागले यस म्यानपावरलाई के कारवाही गर्छ त्यो भने हेर्न बाँकि छ। 

नेपालबाट कामदार बैदेशिक रोजगारीका क्रममा जापानमा पठाउने सन्दर्भमा हालसम्म नेपाल सरकारबाट कुनै पनि निर्णय भई सकेको छैन । त्यसमा पनि श्रम सम्झौता पछि म्यानपावरले जापान कामदार पठाउन पाउने/नपाउने समेत निश्चित छैन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु