2026-10-16 02:01 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

साउदीमा बेपत्ता भएका गुरुङका दाई भन्छन् – ‘मरेको भए लास चाहियो, घाइते हो भने सास चाहियो !

माघ १, काठमाडौं । बैदेशिक रोजगारीका लागि साउदी गएका गोरखा जिल्ला गण्डकी गाउँपालिका वडा नं ५ केरावारिका गणेश गुरुङ ४ वर्षदेखि सम्पर्क विहिन भएका छन् । सन् २०१५ डिसेम्बर ३० देखि भाई सम्पर्क विहिन बनेको उनका दाजु गणेशले बताएका छन् । 

धन कमाउने आशामा विदेशिएका गणेश गुरुङ त्यस पछि न त घर फर्किए न कहाँ छन् जानकारी नै आयो उनका दाई केशर गुरुङले साउदीबाट साझा सवाललाई भने “भाइको खोजीका लागि धेरै प्रयास गरियो तर सम्भव भएन। “गुरुङ कार्यरत कम्पनीले ४/५ महिना पछि तलब नदिएका कारण उक्त कम्पनी छोडेर भागेको भन्ने सुनेको दाजु गुरुङले बताए ।

२०७२ वैशाख ३० गते लक्की एच आर सोलुसनबाट साउदी महरा एच आर कम्पनीमा लेवर कामका लागि गएका थिए। भाइको खोजीका लागि सम्बन्धित म्यानपावर कम्पनी र साउदी स्थित नेपाली  राजदुतावासबाट पनि कुनै सहयोग पाउन नसकेको उनले बताए । तर म्यानपावर कम्पनीले भने आफुले पठाएको कम्पनी छोडेर भागेकोले पत्ता लगाउन समस्या भएको बताएको छ ।

गणेश गुरुङको अवस्था बारे सम्बन्धित रोजगारदाता कम्पनीलाई जानकारी गराउंदा कम्पनीले गणेश गुरुङ कम्पनीमा कार्यरत नरहेको जानकारी दिएको म्यानपावरले बताएको छ । म्यानपावरका अनुसार गुरुङले साउदी देश छोडेको सिस्टममा नदेखिएको बताएको छ। 

काम गरिरहेको कम्पनी छोडेपछि गणेश गुरुङले साउदीकै अर्माको ग्यास प्लान कम्पनीमा काम गरेको उनका साथी नुवाकोटका अनिल विसीले सझा सबाललाई जानकारी दिए ।

संगै काम गरेका बताउने विसिका अनुसार सन् २०१५ डिसेम्बर ३० कै दिन राति ९ बजेतिर बाटो क्रस गर्नेबेला गाडीले गुरुङलाई ठक्कर दिएको बताए ।  बेलुकीको समयमा संगै सडक पार गर्दै गर्दा पछाडिबाट गाडीले हानेको हो उनले भने “गाडीले ठक्कर दिए पश्चात पुलिस आएर लिएर गएको देखेको हो, त्यसपछि उनको अवास्था के भयो थाहा पाइएन।” सो घटना पश्च्यात उनले काम गरिरहेको कम्पनीलाई जानकारी दिए पनि भागेर काम गरिरहेको कारण कम्पनीले पनि वास्ता नगरेको विसिले बताए । 

परराष्ट्र मन्त्रालय, दुतावास, विभागबाट पनि पत्तो लागेन 

भाइको अवस्था बारे पत्ता लगाइदिन सम्बन्धित सरकारी निकाएको ध्यानाकर्षण गराएपनि हालसम्म उद्धार सम्भव नभएको गणेश गुरुङका दाजुले बताए ।  परराष्ट्र मन्त्रालय, साउदी स्थित नेपाली दुतावास र बैदेशिक रोजगार विभागमा निवेदन दिएको तर त्यसको ४ वर्ष पुग्दासमेत भाइको अवस्थाबारे कुनै जानकारी नआएको केशर गुरुङले बताए ।

उनले भावुक हुँदै भने “यदि मरेको हो भने लास चाहियो ? घाइते हो भने सास त हुनुपर्ने हो नि ?” साउदीको राजदुतावासमा फोन र इमेल मार्फत पटक पटक जानकारी गराउंदा समेत लोकेसन थाहा छैन कसरी  खोज्नु भन्दै वास्ता नगरेको उनले दुखेसो गरे ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु