2026-10-16 02:02 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

म्यानपावर संचालकलाई महानिर्देशकको चेतावनी, १० हजारमा कामदार नपठाए सम्पूर्ण कारोबार रोक्छु

मनोज पराजुली, माघ १६, काठमाडौं । बैदेशिक रोजगार विभागका महानिर्देशक दिलिप कुमार चापागाईंले सनलाइट ह्युमन रिसोर्सका संचालकलाई १० हजारमा कामदार पठाउन निर्देशन दिएका छन् । तोकिएको लागतमा कामदारलाई विदेश नपठाए म्यानपावर कम्पनीको सम्पूर्ण कारोबार रोक्का गरि कानूनी बाटो रोज्ने चेतावनी दिएका छन् ।

म्यानपावर कम्पनीले युएइको सेकुरी गार्ड मिडलइष्ट कम्पनीमा सेक्युरिटी गार्डको लागि जान लागेका दोलखाका सोम्छेकी शेर्पालाई ३ लाख ८० हजार माग गरेका थिए।  सो पश्च्यात उनले बैदेशिक रोजगार मोबाइल एप मार्फत गुनासो गरेका थिए।  म्यानपावर कम्पनीले अबैध रकम लिन लागेको गुनासो प्राप्त भए लगत्तै बैदेशिक रोजगार मोबाइल एप टीमले सो गुनासो बैदेशिक रोजगार विभागको ध्यानाकर्षण गराएको थियो।

 कामदारको गुनासो पाउने बित्तिकै विभागका महानिदेशक चापागाईंले पीडितलाई आर्यालय बोलाएर निवेदन दिन लगाएका थिए। पीडितको निवेदन लिंदै उनले म्यानपावर संचालकलाई आधा घण्टा भित्र विभागको कार्यालय हाजिर हुनुस नभए तपाइको ठुलो क्षति हुँदैछ भन्दै टेलिफोन मार्फत चेतावनी दिएका थिए । आधा घण्टा नपुग्दै म्यानपावर संचालक चित्र बहादुर बिशुंखे विभाग कार्यालय हाजिर भए। संचालक कार्यालय नपुग्दै पीडितको निवेदन लीईसकेका महानिर्देशकले संचालकलाई सोधे- कारोबार त राम्रै गर्नुभएको रहेछ नि ? जवाफमा म्यानपावर संचालकले काम खासै छैन भन्दै जवाफलाई छोटो रुपमा टुंग्याउने प्रयास गरे। उनको छोटो जवाफ पछि महानिर्देशकले फेरी सोधे- दुवई सिक्युरिटि गार्डमा कामदार पठाउँदै हुनुहुन्छ, कामदारबाट कति रकम लिनुभयो ? जवाफमा संचालकले कुनै रकम नलिएको दावी गर्दै थिए तर पीडितले दिएको निवेदनमा म्यानपावरले १ लाख रकम लिइसकेको र बाँकि २ लाख ८० हजार आजै बुझाउन ताकेता गरेको व्योहोरा उल्लेख गरेका थिए। 

म्यानपावर संचालकको जवाफ चित्र नबुझेपछि महानिर्देशकले पीडितले दिएको निवेदन देखाउंदै भने “सोम्छेकी शेर्पाबाट लिएको १ लाख मध्ये ९० हजार फिर्ता गरि उनलाई १० हजारमै दुवई नपठाए तपाईको कम्पनीको सम्पूर्ण कारोबार रोक्का गर्छु, के गर्नुहुन्छ ? महानिर्देशकको कडा चेतावनी पश्च्यात केहि नरम बनेका म्यानपावर संचालक पीडितलाई १० हजारमै सेक्युरिटी गार्डमा फेब्रुवरी महिनाभित्र पठाउने गरि लिखित सहमति गर्न बाध्य भए। संचालकले लिखित सहमिति गरेपछि कामदारको सुरक्षाको ग्यारेन्टी सहित उनलाई पहिले विदेश पठाउने र सो पश्च्यात मात्र अन्य कामदार पठाउन निर्देशन दिए। साथै उनले म्यानपावर कम्पनीको कारोबार माथि थप अनुसन्धान गरि आवश्यक देखिए कानूनी प्रक्रिया शुरु गर्ने साझा सवाललाई बताए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु