2026-09-24 10:52 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अब मलेसियामा नेपाली कामदार पठाउने प्रक्रिया शुरु हुने

माघ २१, काठमाडौं । मलेसियामा नेपाली कामदार पठाउने प्रक्रिया शुरु हुने भएको छ । करिब नौ महिनादेखि बन्द रहेको श्रम खुलाउन दुई देशबीचको श्रम समझदारी अनुसार पहिलो चरणमा कलिङ भिसा आएका करिब ६ हजार कामदारलाई मलेसिया दूतवाससँगको समन्वयमा पठाउन लागिएको हो ।

दुई दिनअघिमात्र मलेसिया सरकारसँग छलफल गरेर फर्किएका सत्तारुढ नेकपाका सांसद तथा संसदको उद्योग वाणिज्य आपूर्ति तथा श्रम समिति अन्तर्गत श्रम तथा रोजगार उपसमितिका संयोजक एलपी साँवा लिम्बुले अब मलेसिया रोजगारी खुल्ने बताए ।

साँवा दुई दिनअघिमात्र मलेसियाका मानव संशाधन मन्त्रीसहित उच्च अधिकारीहरुसँग छलफल गरेर फर्किएका हुन् ।

काठमाडौं फर्केपछि उनले मलेसिया सरकारसँगको छलफलमा उठेका विषय र कामदार लैजाने प्रक्रियाका बारेमा श्रम तथा रोजगारमन्त्री गोकर्ण विष्टलाई प्रतिवेदन बुझाइसकेको बताए । नेपाली कामदार जान पाउने गरी सरकारले चाँडैनै उपयुक्त निर्णय गर्ने जानकारी आफूले पाएको साँवाले बताए ।

कलिङ भिसा आइसकेका कामदारलाई मलेसिया दूतावासले लेखेको पत्रका आधारमा श्रम स्वीकृति दिइने छ।

नयाँ कामदार पठाउने सन्दर्भमा मलेसिया सरकारले मापदण्ड बनाएर नेपाललाई जानकारी गराउने र नयाँ प्रक्रिया अनुसार पठाइने भएको छ । नेपाल र मलेसियाबीच श्रम समझदारीपछि पनि कामदार पठाउने प्रक्रिया शुरु भएको छैन । सरकारले भिसा र स्वास्थ्य परीक्षणलगायतका प्रक्रिया गर्ने पूराना संस्थामाथि कारवाही भएकाले नयाँ संरचनाबाट काम गर्न मलेसियालाई आग्रह गरेको छ ।

मलेसियाले भने त्यसबारेमा कुनै निर्णय गरेको छैन । नयाँ संरचना खडा गर्ने काम मलेसिया सरकारको भएको भन्दै साँवाले मानव संशाधन मन्त्री एम कुलासेगरनसँग त्यस विषयमा कुरा नभएको बताए । उनले नेपाली कामदारले भिसा प्रक्रिया र स्वास्थ्य परीक्षणमा एक रुपैयाँ पनि तिर्नु नपर्ने सम्झौता दुई देशबीच भइसकेकाले बाँकी संरचनाको निर्णय मलेसियाको मन्त्रिपरिषदले गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसिया रोजगारीमा सिन्डिकेट र बिचौलिया नियन्त्रणतर्फ नेपाल–मलेसिया वार्ता, श्रमिक भर्ना संयन्त्र सुदृढ गर्ने सहमति नियमापत्तिको सदुपयोग गर्न सांसदहरूलाई सभामुख अर्यालको आग्रह ग्यास आपूर्ति सहज बनाउन सबै शक्ति लगाइरहेका छौँ : मन्त्री साह राष्ट्रिय सभामा लोक सेवा आयोगकाे वार्षिक प्रतिवेदन पेस एमालेको विशेष सङ्कल्प : कमीकमजोरी सच्याउँदै पार्टी रूपान्तरणमा अघि बढ्ने आदिवासी अपाङ्गता भएका महिला तथा किशोरीको नेतृत्व सुनिश्चित गर्न मन्त्री चौधरीको आग्रह बाढीपहिरोको जोखिमपछि राति पृथ्वी राजमार्ग बन्द, बेलुका ८ देखि बिहान ५ बजेसम्म आवागमन रोक एमालेमा सात नेता स्थायी कमिटी सदस्य मनोनित, विद्यादेवी भण्डारीलाई वरिष्ठ नेताको जिम्मेवारी ताप्लेजुङको दोभानमा भीषण आगलागी, करिब १० घर जले प्रधानमन्त्री शाहले भोलि बिहान ४ बजे राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने भारी वर्षाको पूर्वानुमानपछि कुलेखानीमा सतर्कता बढाइयो, तीन स्थानमा साइरन जडान प्रधानमन्त्री राष्ट्रको गौरव प्रतिनिधित्व गर्न जानुभएको हो, ब्रान्डको प्रचार गर्न होइन : सांसद नरबहादुर विष्ट प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित सरकारले असोज ९–११ गते नदीतटीय क्षेत्रका राजमार्ग बन्द गर्ने तयारी गरिरहेको छ : जगदीश खरेल आधाकेजी सुनसहित एकजना भारतीय नागरिक पक्राउ दोहोरो सेवा सुविधा रोक्न कानुन बनाउँदैछौँ : मन्त्री गौतम अविरल वर्षापछि पहिरो खस्दा कान्ति लोकपथ पूर्ण रूपमा अवरुद्ध रास्वपा सांसदले शिक्षा र स्वास्थ्य मन्त्रालयसँग मागे एक हप्ताभित्र जवाफ प्रधानमन्त्री राहत कोषमा १५ अर्ब ५३ करोड रुपैयाँ मौज्दात कांग्रेसको १५औँ महाधिवेशन : देउवा समूहले ५५ जिल्लामा तोक्यो संयोजक