2026-10-16 02:51 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बैदेशिक रोजगारीलाई लिएर सर्वोच्चको आदेशले म्यानपावर व्यवसायी झस्किए !

माघ २१, काठमाडौँ | सर्वोच्च अदालतले श्रम सम्झौता गरेरमात्र कामदारलाई वैदेशिक रोजगारीमा पठाउन आदेश दिएसँगै सरकारले संस्थागतरुपमा हालसम्म ११० देशमा जानको लागि दिदै आएको श्रम स्वीकृति रोकिन सक्ने देखिएको छ । यदी अहिलेकै स्थितिमा सर्वोच्चको आदेश पालना गर्ने हो भने युरोप लगायत देशमा नेपाली कामदार पठाउन पाइने छैन । 

सर्वोच्चको यसखाले निर्देशनात्मक आदेशसंगै बैदेशिक रोजगारीमा पठाउने म्यानपावर व्यावसायीहरुबीच यस बिषयमा चर्को बहश सुरु भएको छ । श्रम सम्झौता भएको मलेसियामा समेत कामदार पठाउन नपाएर तनावमा रहेका व्यवसायीलाई सर्वोच्चको आदेशले थप तनावमा पारेको छ । त्यसमा पनि युरोप पठाउने काम गर्दै आएका व्यवसायीहरु थप चिन्तित बनेका छन् । श्रम सम्झौता भएका देशमा पठाउने म्यानपावरलाई यस बिषयले नछुने भएपनि रोजगार गन्तव्य क्षेत्र पनि खुम्चने हुँदा त्यसको प्रभाव सबै म्यानपावरमा पर्न सक्ने देखिन्छ । संचार माध्यममा यस समाचार पाएपछी व्यावसायीहरुले सामाजिक संजाल तथा ग्रुपमा यस बिषयमा बहश उठान गरेका छन् । केहि व्यवसायीले अब व्यवसाय छाड्नुको विकल्प नभएको कुरा लेखेका छन् भने केहिले व्यवसायीको भविष्य सकिएको भन्दै टिप्पणी गरेका छन् । 

यस अघि १०८ देशमा कामदार पठाउन पाउने म्यानपावर कम्पनीले अब ८ वटा देशमा मात्र कामदार पठाउन पाउने हो कि भन्ने चिन्ता छ ।  यदी सरकारले सम्झौतानै गरे पनि केहि झन्डै १०० देशसँग सम्झौता गरिसक्न सम्भव देखिदैन । अहिले नेपाल भन्दा कम आर्थिक आय भएका देशमा समेत नेपालीहरु कामदारको रुपमा काम गर्न पुगेका छन । कतिपय देशले सम्झौता नै गर्न नमानेमा त्यस्ता देश स्वत: नेपालबाट कामदार पठाउन अबैधानिक ठहरिन्छन् र श्रम स्वीकृति समेत दिइदैन । 

श्रम सम्झौता गरेरमात्र नेपाली कामदारलाई वैदेशिक रोजगारीमा पठाउनुपर्ने भन्दै सर्वोच्चले दिएको आदेश अनुसार अब कामदार पठाउनको लागि दुईदेशबीच श्रम सम्झौता आवश्यक हुने देखिन्छ । सर्वोच्चको निर्देशनात्मक आदेशपछि अब सरकारले के गर्ला भन्ने प्रश्न खडा भएको छ । त्यसमा पनि झन्डै १२०० भन्दा बढी म्यानपावरको रोजगार स्रोत १०८ बाट खुम्चेर जम्मा ८ मा झर्ने देखिएको छ । सरकारले हालसम्म ८ देशसँग मात्र श्रम स्वीकृति लिएको छ । श्रम सम्झौता नगर्दा नेपाली कामदारको समस्या सम्बन्धित देशको कानुनले नचिन्ने हुन्छ जसको कारण नेपालले नै त्यस्तो कामदारको समस्या हेर्नुपर्ने बाध्यता छ ।

वैदेशिक रोजगारीमा जाने कामदारलाई निःशुल्क कानुनी सहायत प्रदान गर्दै आइरहेको मानव अधिकारका लागि जनमञ्च (पिपुल फोरम) ले सर्वोच्चमा दायर गरिएको रिटमा न्यायाधीशद्वय दीपककुमार कार्की र अनिलकुमार सिन्हाको इजलासले वैदेशिक रोजगारीमा कामदार पठाउनुपर्ने र पठाइसकेका देशहरूसँग प्राथमिकताका साथ श्रम सम्झौता गर्ने कार्य सम्पन्न गर्न निर्देशनात्मक आदेश दिइएको छ । सर्वोच्चको आदेशलाई मान्ने हो भने अब सरकारले रोजगारीका लागि कुनै पनि मुलुक खुला गर्नुअघि त्यस मुलुकको श्रम बजारको वस्तुगत एवम् जिम्मेवारपूर्ण अध्ययन गर्न समेत निर्देशन दिइएको छ । त्यस्तै सर्वोच्चले आदेशमा कामदारले भोग्नुपरेका समस्या निराकरण, व्यवस्थापन सहित छिटो उद्धारको समेत व्यवस्था गर्न निर्देशन दिएको छ । 

नेपालबाट अहिले म्यानपावर मार्फत १०८ र व्यक्तिगत तरिकाले १ सय ६७ मुलुकमा रोजगारीको लागि जान सकिन्छ तर सर्वोच्चको आदेशसँगै यस अघि झैँ खूला तरिकाले सम्झौतानै नभएका मुलुकहरुमा बैदेशिक रोजगारीमा जान नपाउने देखिएको छ । सर्वोच्चको आदेश अनुसार व्यक्तिगत तवरबाट पनि श्रम सम्झौता भएको देशमा मात्र रोजगारीको लागि जान पाइनेछ । 

नेपाली युवा श्रमिक कामदारहरुको रोजगारीको आकर्षक गन्तब्यको रुपमा दक्षिण कोरिया, मलेसिया, दुबई, कतार, साउदी अरब, कुबेत, बहराइन आदि मुलुकहरू रहेका छन । अमेरिका अस्ट्रेलिया क्यानडा लगाएतका मुलुकहरूमा पनि बहुसंख्यक नेपाली कामदारहरु वैदेशिक रोजगारको लागि पुगेका छन् । यी बाहेक अन्य देशमा पनि नेपाली कामदार रोजगारीको शिलशिलामा पुग्ने गरेका छन् । यदी सर्वोच्चको आदेश मान्ने हो भने त्यसको लाभ बैदेशिक रोजगारीमा जाने कामदार र नेपाललाई प्रत्यक्ष फाइदा हुने देखिन्छ । रोजगारीको लागि पुगेको देशले कानुनी रुपमा नेपाली कामदारलाई चिन्ने हुँदा कुनै पनि कानुनी झंजट रहँदैन भने सम्झौता बमोजिमको सेवा-सुविधा पाउन सकिन्छ । सम्बन्धित देशले सम्झौता बमोजिम आफ्नो जिम्मेवारी पुरा गर्न बाध्य हुने हुँदा नेपालले आफ्ना कामदारको बिचल्ली भएमा सोहि देशलाई जानकारी गराएर कानुनी रुपमै सहजै उद्दार गर्न सक्छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु