2026-10-16 02:52 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

युएई सेक्युरिटी गार्डको लागत रु ५ लाख ! लागत सुनेपछि झस्किन्छन् कामदार

फागुन ६, काठमाडौँ । बैदेशिक रोजगारीको लागि म्यानपावर तथा एजेन्टले मनपरी शुल्क लिएको भन्दै आवश्यक भए अन्तर्वार्ता स्थलमै अनुगमन गर्न कामदारले सरकारको ध्यानाकर्षण गरेका छन् । विदेश जान लागेका युवाहरुले मनपरी शुल्क अशुली गरिरहेको भन्दै सरकारको ध्यानाकर्षण गरेका हुन् ।

सरकारले खाडीका ६ देश जानका लागि फ्री भिषा र फ्री टिकटको व्यवस्था गरेको छ । साथै बढीमा १० हजारसम्म म्यानपावर कम्पनीले लिन पाउने व्यवस्था गरेको छ तर त्यसको कार्यान्वयन गराउन सरकार असफल भएको भएको भन्दै सरकारले तोकेकै लागतमा विदेश पठाउने व्यवस्था गर्न उनिहरुले आग्रह गरेका हुन् ।

पछिल्लो समयमा दुबईको लागि पीएसबिडी र डिपीएस सेक्युरिटी गार्डको लागि ‘फ्री भिषा र फ्री टिकट’ भन्दै डिमाण्ड धमाधम पत्रिकाहरुमा प्रकाशन भईरहेका छन् । तिनै डिमाण्ड हेरेर म्यानपावर कम्पनीहरुमा पुग्ने कामदारहरुले अन्तर्वार्ता पछि म्यानपावर कम्पनीले लागत भनेपछि झस्किएको बताएका छन् । एक व्यक्तिले भने “मैले एक मेनपावरबाट पीएसबिडीको अन्तर्वार्ता पास भएर आज मेडिकल गरेर आएको छु र लागतको बारेमा बुझ्दा ५ लाख मागेको छ, अब ५ लाख भन्दा १ रुपया पनि कममा तँलाई दुबईको त्यो पीएसबिडमा पठाउन सक्दिन भन्छ त्यो म्यानपावर, के अब मैले ५ लाख नदिइकन जान नपाउने हो ? फ्री भिसा फ्री टिकटको हल्ला मात्रै हो कि लागू पनि हुन्छ ? न्याय चाहियो सरकार !”

विदेश जान लागेकाहरुले म्यानपावर कम्पनिहरु सबैले पीएसबिडीको लागि ५ लाख र डिपीएस सेक्युरिटी गार्डको लागि ३ लाख ५० हजार लिने गरेको बताएका छन् । साथै म्यानपावर कम्पनीहरुले अग्रिम रुपमा १ लाख लिने गरेको र बाँकि रकम भिषा आएपछि लिने गरेको बताएका छन् । म्यानपावर कम्पनीले पैसा लिएको बारे कहिँ कतै उजुर गरे सम्पुर्ण प्रक्रिया नै रद्द गरिदिने गरेका कारण आँफुहरु समस्यामा परेको बताएका छन् । एक व्यक्तिले भने “कसैलाई जानकारी गराएर के गर्नु ? म्यानपावरले शुरुमै १ लाख लिन्छ पैसा तिरेको प्रमाण दिंदैन केका आधारमा उजुरी गर्नु ?”  

यसै बिषयमा केबि बिराजको धारणा छ – “कामदार जो बढी भन्दा बढी पैसा तिरेर इन्टरभ्यु नदीई आउन पाए १ लाखको ठाउँमा ५ लाख तिर्न तयार छन्, किन की दक्षता छैन, अनि १०० जनाको माग मा १० हजार जना हुन्छ ।” 

रमेश बिक्रम शाही भन्छन् “सरकारले चाह्यो भने म्यानपावरलाई ठाउँको-ठाउँ तह लगाउन सक्छ तर सरकार नै भ्रष्ट छ त के गर्नु ?” यसै बिषयमा अर्का एक व्यक्तिको भनाई छ – “सरकारको नीति र अनुगमन कमजोरी अनि म्यानपावरको मनपरि, जति पैसा लिए पनि पैसा र कमाइको प्रलोभनले हामी बेरोजगारी जनता पैसा तिर्न बाध्य छौँ ।’’

पछिल्लो समय युएईका Orion security Services, AL Falah Security Service, Skill Force Security Service L.L.C, Golden Safety Property Guard Service L.L.C लगायतका कम्पनीहरुमा पीएसबिडी र डिपीएस सेक्युरिटी गार्डमा पठाउदा मोटो रकम अशुली भईरहेका जानकारी प्राप्त भएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु