2026-09-24 11:47 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कतारमा कार्यरत नेपाली श्रमिकको हकहित संरक्षणमा जोड

फागुन १४, काठमाडौँ | संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार परिषद्को चालिसौँ बैठकमा भाग लिने सिलसिलामा जेनेभामा रहनुभएका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले प्रवासी नेपाली श्रमिकको हकहित संरक्षणमा जोड दिनुभएको छ । 

कतारका उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान बिन जासिम अल थानीसँग सोमबार अपराह्न भएको भेटमा उहाँले कतारमा कार्यरत नेपालीको हकहितको रक्षामा जोड दिनुभएको जेनेभास्थित संयुक्त राष्ट्रसङ्घ तथा अन्य अन्तर्राष्ट्रिय सङ्गठनहरूका लागि स्थायी नेपाली नियोगले जनाएको छ । 

मन्त्री ज्ञवालीले आफ्ना कतारी समकक्षीलाई नेपालमा लगानीका निम्ति कतारका उद्यमी–व्यवसायीलाई अभिप्रेरित गर्न तथा आगामी चैतमा काठमाडौँमा आयोजना हुने दोस्रो लगानी सम्मेलनमा सक्रिय सहभागिताका निम्ति आग्रह गर्नुभयो । मन्त्रीद्वयबीच नेपाल–कतार सम्बन्धलाई अझ सुदृढ तुल्याउने, पारस्परिक हित र चासोका साथै क्षेत्रीय एवं अन्तर्राष्ट्रिय महत्वका विविध विषयमा विचारविमर्श भएको थियो । 

त्यसैगरी मन्त्री ज्ञवालीसँग बेलायतका विदेश राज्यमन्त्री अहमद विम्वल्डनले भेट गर्नुभयो । त्यस अवसरमा उहाँहरूबीच द्विपक्षीय सम्बन्ध, आर्थिक सहयोग तथा मानवअधिकार परिषद्का विषयवस्तु र प्राथमिकताबारे छलफल भएको थियो । परराष्ट्रमन्त्रीले मानवअधिकारप्रतिको नेपालको प्रतिबद्धताबारे परिषद् बैठकमा आज जानकारी दिनुहुनेछ भने मृत्युदण्डसम्बन्धी उच्चस्तरीय बहसमा भाग लिने कार्यक्रम रहेको उक्त नियोगले जनाएको छ । हाल नेपाल राष्ट्रसङ्घीय मानवअधिकार परिषद्को सदस्य हो । 

सोमबार प्रारम्भ भएको उक्त बैठकलाई संयुक्त राष्ट्रसङ्का महासचिव एन्टोनियो गुटरेस, परिषद्का अध्यक्ष क्लोए सेक, संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार उच्चायुक्त मिचेल बेचेलेटलगायतले सम्बोधन गर्नुभएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसिया रोजगारीमा सिन्डिकेट र बिचौलिया नियन्त्रणतर्फ नेपाल–मलेसिया वार्ता, श्रमिक भर्ना संयन्त्र सुदृढ गर्ने सहमति नियमापत्तिको सदुपयोग गर्न सांसदहरूलाई सभामुख अर्यालको आग्रह ग्यास आपूर्ति सहज बनाउन सबै शक्ति लगाइरहेका छौँ : मन्त्री साह राष्ट्रिय सभामा लोक सेवा आयोगकाे वार्षिक प्रतिवेदन पेस एमालेको विशेष सङ्कल्प : कमीकमजोरी सच्याउँदै पार्टी रूपान्तरणमा अघि बढ्ने आदिवासी अपाङ्गता भएका महिला तथा किशोरीको नेतृत्व सुनिश्चित गर्न मन्त्री चौधरीको आग्रह बाढीपहिरोको जोखिमपछि राति पृथ्वी राजमार्ग बन्द, बेलुका ८ देखि बिहान ५ बजेसम्म आवागमन रोक एमालेमा सात नेता स्थायी कमिटी सदस्य मनोनित, विद्यादेवी भण्डारीलाई वरिष्ठ नेताको जिम्मेवारी ताप्लेजुङको दोभानमा भीषण आगलागी, करिब १० घर जले प्रधानमन्त्री शाहले भोलि बिहान ४ बजे राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने भारी वर्षाको पूर्वानुमानपछि कुलेखानीमा सतर्कता बढाइयो, तीन स्थानमा साइरन जडान प्रधानमन्त्री राष्ट्रको गौरव प्रतिनिधित्व गर्न जानुभएको हो, ब्रान्डको प्रचार गर्न होइन : सांसद नरबहादुर विष्ट प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित सरकारले असोज ९–११ गते नदीतटीय क्षेत्रका राजमार्ग बन्द गर्ने तयारी गरिरहेको छ : जगदीश खरेल आधाकेजी सुनसहित एकजना भारतीय नागरिक पक्राउ दोहोरो सेवा सुविधा रोक्न कानुन बनाउँदैछौँ : मन्त्री गौतम अविरल वर्षापछि पहिरो खस्दा कान्ति लोकपथ पूर्ण रूपमा अवरुद्ध रास्वपा सांसदले शिक्षा र स्वास्थ्य मन्त्रालयसँग मागे एक हप्ताभित्र जवाफ प्रधानमन्त्री राहत कोषमा १५ अर्ब ५३ करोड रुपैयाँ मौज्दात कांग्रेसको १५औँ महाधिवेशन : देउवा समूहले ५५ जिल्लामा तोक्यो संयोजक