2026-09-24 11:49 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

म्यानपावर व्यवसायीद्वारा सुरक्षा व्यवस्था मिलाउन प्रधानमन्त्रीको ध्यानाकर्षण

फागुन २८,काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले बैदेशिक रोजगार व्यवसायीको सुरक्षामा ध्यान दिन सरकारको ध्यानाकर्षण गरेको छ। संघका अध्यक्षको घर, सवारी साधन र कार्यालयमा गराईएको बिस्फोटबारे प्रधानमन्त्री केपी ओलीलाई जानकारी दिंदै व्यवसायीले क्षतिको उचित क्षतिपुर्ति नेपाल सरकारवाट दिलाई दिन माग गरेका छन् ।

गुरुङको घरमा फागुन २४ गते बेलुका विस्फोट गराएर गाडी र घरमा क्षति पुर्याएको घटनाको बारे जानकारी दिएको हो । उक्त  विस्फोटको ने.क.पा.विप्लवको भातृ संगठन यूवा संगठन नेपालले वक्तव्य मार्फत जिम्मेवारी लिएको जानकारी प्रधानमन्त्रिलाई गराउदैं  बिष्फोटवाट अध्यक्षको निजी निवास, गाडी, कार्यालय लगायतका धेरै सामान चिज वस्तुहरुमा क्षति पुगि करोडौंको हानी नोक्सानी पुगेको संघले जनाएको छ ।

घटना भएको बेला घरमा रहेका अध्यक्षका ७ वर्षका नावालक छोरा लगायतका परिवारका सदस्यहरु समेतलाई मानसिक आघात पुगेको संघले जनाएको छ। विस्फोट एउटा व्यक्ति प्रति मात्र लक्षित नभई वैदेशिक रोजगार व्यवसाय लगायत नेपालका समग्र व्यवसायी प्रति भएको व्यहोरा प्रधानमन्त्रीलाई अवगत गराएका छन् ।

संघका अध्यक्षको निवास/कार्यालयमा बम बिष्फोटको जिम्मा लिने ने.क.पा.विप्लवको भातृ संगठन यूवा संगठन नेपालले केही समय अगाडी यस संघमा आर्थिक सहायता माग गरी पत्र पठाएको व्यहोरा समेत प्रधानमन्त्रीलाई अवगत गराएका छन् । माग गरिएको आर्थिक सहायता नदिएको  कारणले व्यवसायीलाई आतंकित बनाई डर, त्रास पैदा गरी आर्थिक संकलन गर्ने नियतले गरिएको र यो विस्फोट व्यवसायी माथीको मात्र नभई राज्य माथी कै आक्रमण भएको हो भन्ने संघले ठहर रहेको छ ।

गैर कानुनी रुपमा आर्थिक सहायता नदिएको कारणले सवारी साधन, व्यक्तिको निजी घरमा बम बिष्फोट गराई आतंकित पारी भएको दोहन गरी पैसा लिने कार्यले व्यवसाय गर्ने बातावरण बिग्रने, व्यवसायी हतोत्साही हुने र जनतामा आतंकपूर्ण बातावरण सृजना हुने भएकाले यस्ता गैर कानुनी कार्य गर्नेलाई कडा भन्दा कडा कानुनी कारबाही गरी व्यवसाय गर्ने बातावरण वनाई व्यवसायीहरुको सुरक्षा गर्न सरकारसंग माग गरेका छन् ।

विस्फोटको जिम्मा लिने ने.क.पा.विप्लवसंग उचित माध्यम (वार्ता सम्वाद ,छलफल) वाट समाधान गरि भविष्यमा यस्ता कृयाकलाप हुन नदिन वातावरण वनाउनका लागि समेत प्रधानमन्त्रीलाई संघले अनुरोध गरेको छ।

सघले आइतबार सम्पूर्ण म्यानपावर कम्पनी बन्द गरेर व्यवसायीको भेला मार्फत दिल प्रसाद पोखरेलको संयोजकत्वमा  घटना समन्वय समिती गठन गरेको थियो। आजै उपप्रधानमन्त्री एवं रक्षा मन्त्री ईश्वर पोखरेलले अध्यक्ष गुरुङको निवासको स्थलगत निरिक्षण गरि दोषीलाई कानूनी कारवाही गरि क्षतिपुर्ती दिलाउने आश्वसन दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसिया रोजगारीमा सिन्डिकेट र बिचौलिया नियन्त्रणतर्फ नेपाल–मलेसिया वार्ता, श्रमिक भर्ना संयन्त्र सुदृढ गर्ने सहमति नियमापत्तिको सदुपयोग गर्न सांसदहरूलाई सभामुख अर्यालको आग्रह ग्यास आपूर्ति सहज बनाउन सबै शक्ति लगाइरहेका छौँ : मन्त्री साह राष्ट्रिय सभामा लोक सेवा आयोगकाे वार्षिक प्रतिवेदन पेस एमालेको विशेष सङ्कल्प : कमीकमजोरी सच्याउँदै पार्टी रूपान्तरणमा अघि बढ्ने आदिवासी अपाङ्गता भएका महिला तथा किशोरीको नेतृत्व सुनिश्चित गर्न मन्त्री चौधरीको आग्रह बाढीपहिरोको जोखिमपछि राति पृथ्वी राजमार्ग बन्द, बेलुका ८ देखि बिहान ५ बजेसम्म आवागमन रोक एमालेमा सात नेता स्थायी कमिटी सदस्य मनोनित, विद्यादेवी भण्डारीलाई वरिष्ठ नेताको जिम्मेवारी ताप्लेजुङको दोभानमा भीषण आगलागी, करिब १० घर जले प्रधानमन्त्री शाहले भोलि बिहान ४ बजे राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने भारी वर्षाको पूर्वानुमानपछि कुलेखानीमा सतर्कता बढाइयो, तीन स्थानमा साइरन जडान प्रधानमन्त्री राष्ट्रको गौरव प्रतिनिधित्व गर्न जानुभएको हो, ब्रान्डको प्रचार गर्न होइन : सांसद नरबहादुर विष्ट प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित सरकारले असोज ९–११ गते नदीतटीय क्षेत्रका राजमार्ग बन्द गर्ने तयारी गरिरहेको छ : जगदीश खरेल आधाकेजी सुनसहित एकजना भारतीय नागरिक पक्राउ दोहोरो सेवा सुविधा रोक्न कानुन बनाउँदैछौँ : मन्त्री गौतम अविरल वर्षापछि पहिरो खस्दा कान्ति लोकपथ पूर्ण रूपमा अवरुद्ध रास्वपा सांसदले शिक्षा र स्वास्थ्य मन्त्रालयसँग मागे एक हप्ताभित्र जवाफ प्रधानमन्त्री राहत कोषमा १५ अर्ब ५३ करोड रुपैयाँ मौज्दात कांग्रेसको १५औँ महाधिवेशन : देउवा समूहले ५५ जिल्लामा तोक्यो संयोजक