2026-10-16 02:52 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वैदेशिक रोजगारीमा गएका ५ सय ४५ जना नेपाली विदेशी जेलमा

चैत १, काठमाडौं ।  वैदेशिक रोजगारीमा गएका ५ सय ४५ जना नेपाली विभिन्न देशका जेलमा रहेका छन् । ८ वटा देशका जेलमा ५ सय ४५ जना नेपाली जेलमा रहेको वैदेशिक रोजगार प्रबद्र्धन बोर्डका कार्यकारी अधिकृत राजन श्रेष्ठले जानकारी दिए । 

बोर्डका अनुसार कुवेत, साउदी अरबको जेद्दा र रियाद, यूएई, मलेसिया, ओमन, कतार र बहराइनका जेलमा ५ सय २६ जना पुरुष र १९ जना महिला छन् । सबैभन्दा धेरै मलेसियाको जेलमा २ सय ५ जना नेपाली छन् । यसमध्ये २ जना महिला छन भने २ सय ३ जना पुरुष छन् । 

वैदेशिक रोजगार प्रवर्द्धन बोर्डले निःशुल्क कानुनी सहायता उपलब्ध गराउन विभिन्न देशबाट जेलमा रहेका नेपालीको संख्याबारे तथ्यांक लिएको हो । तथ्यांकअनुसार विदेशको जेलमा ५२६ पुरुष र १९ महिला छन् । सबैभन्दा धेरै मलेसियाका जेलमा २०५ जना बन्दी छन् । यस्तै यूएईमा १८५, कुवेतमा ५८, साउदीमा ५४, कतारमा ३५, बहराइनमा ५ र ओमानमा ३ नेपाली जेलमा छन् । यूईमा मात्रै १२ जना नेपाली महिला जेल जीवन बिताइरहेका छन् । 

यसैगरी विदशी अस्पतालहरुमा २४ जना नेपाली कोमामा छन् । यसमा २१ पुरुष र ३ महिला छन् । कतारमा ९ जना, साउदीमा ५ जना, बहराइन र कुवेतमा ४/४ जना नेपाली कोमामा उपचारत छन् । ओमान र यूइईमा पनि एक-एक जना नेपाली कोमामा छन् । उनीहरुलाई कानुनी सहायता उपलब्ध गराउने गरी पहल थालेको वैदेशिक रोजगार बोर्डको सचिवालयका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु