2026-10-16 03:45 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कोरियाली भाषा परीक्षाको फारम भर्न ४ दिन बाँकी छँदै अघिल्लो बर्षको आवेदन रेकर्ड तोडियो

चैत १३, काठमाडौँ । नेपाली युवाहरुको लागि आकर्षक श्रम गन्तव्यका रुपमा रहेको दक्षिण कोरियामा रोजगारीको लागि अघिल्लो बर्षको तुलनामा अझै बढी आवेदन पर्ने देखिएको छ । 

सन् २०१९ को प्रथम चरणको कोरियाली भाषा परीक्षामा सहभागी हुनका लागि आजको पछिल्लो अपडेट अनुसार ८१ हजार ३०७ जनाले आवेदन फारम भरेको बैदेशिक रोजगार बिभागका कम्प्युटर इन्जिनियर राजु श्रेष्ठले जानकारी दिएका छन् । फारम भर्नेमा उत्पादनमूलक क्षेत्रमा ५६ हजार भन्दा बढी र कृषि क्षेत्रमा २५ हजार १०० जना भन्दा बढी छन् । यस अघि सन् २०१८ को भाषा परीक्षाका लागि ८२ हजार २६४ ले आवेदन फारम भरेका थिए । तर यो पटक फारम भर्ने म्याद अझै ४ दिन बाँकी छदा ८१ हजार ३०७ जनाले आवेदन फारम भरिसकेका छन् । 

दक्षिण कोरियाले सन् २०२० का लागि उत्पादनमूलक क्षेत्रका लागि सात हजार ५० र पशुपालनतर्फ तीन हजार कामदार लैजाने घोषणा गरेको छ । सन् २०१८ मा भाषा परीक्षा उतीर्ण गर्ने सात हजार ९९६ जना कोरिया गइसकेका छन् । हालसम्म कोरियामा ५८ हजार ७०९ नेपालीले रोजगारीको अवसर प्राप्त गरेको इपिएस शाखाले जनाएको छ ।

इपिएस अन्तर्गत कोरिया जाने नेपाली युवाहरुले चार वर्ष १० महिनासम्म कोरियामा कामको अवसर पाउछन् । त्यस्तै सोही अवधिमा एक पटक आफ्ना परिवारका सदस्यलाई कोरिया लैजान पाउने सुविधा पनि छ ।

सन् २०१९ को इपिएस परीक्षा भाषा र सीप तथा क्षमता परीक्षण गरी दुई चरणमा हुनेछ । भाषा परीक्षाको उत्पादनमूलक क्षेत्रको १०० अङ्क र कृषि तथा पशुपालन क्षेत्रको ९० अङ्क हुनेछ । जसमा पढ्ने २० र सुन्ने २० गरी कूल ४० वटा प्रश्न हुनेछन् । दुवैमा २५/२५ गरी ५० मिनेटको परीक्षा हुनेछ ।

भाषा परीक्षा उतीर्ण व्यक्तिले मात्र दोस्रो चरणको सीप तथा क्षमता परीक्षणमा सहभागिता जनाउन सक्छन् । क्षमता परीक्षणमा सम्बन्धित व्यक्तिको कामको अनुभव, तालीम, शैक्षिक पृष्ठभूमि एवं प्रमाणपत्रलाई आधार लिइने इपिएस कोरिया शाखाले जनाएको छ । दोस्रो चरणको सीप परीक्षण उत्पादनमूलक क्षेत्रको १०० अङ्क र कृषि तथा पशुपालन क्षेत्रको ११० अङ्कको हुनेछ । भाषा परीक्षा आगामी जेठ २५ र २६ गते सञ्चालन हुने छ ।

कोरियन भाषा परीक्षाको लागि योग्यता

– १८ वर्ष पुरा गरि ३९ बर्ष ननाघेको व्यक्ति ।

– अपराधिक गतिविधिमा संलग्न नभएको व्यक्ति ।

– विगतमा गणतन्त्र कोरियाबाट बर्हिगमन नभएको व्यक्ति ।

– आफ्नो देशबाट विदेश जान रोक नलगाइएको व्यक्ति ।

– दुई देशले निर्धारण गरेको मापदण्ड पुग्ने व्यक्ति ।

कोरियन भाषा परीक्षा संचालन

– हरेक देशको बांकि रहेका कामदार सूचि बहाल संख्या र कामदारले रोजगारी प्राप्त गर्ने अवस्थालाई हेरेर परीक्षा संचालन गरिने छ ।

– अग्रिम सूचना मार्फत परीक्षा लिने सम्वन्धी सम्पूर्ण जानकारी गराईने छ ।

– कोरियन भाषा परीक्षाको प्रश्न

– सुनाई २५ प्रश्न, पढाई २५ प्रश्न जम्मा ५० प्रश्न ( परीक्षा समय जम्मा ७० मिनेट)

कोरियन भाषा परीक्षा लिएपछि तोकिएको मितिमा वेबपेज मार्फत प्रकाशित हुन्छ । जसको लागि http://epstopik.hrdkorea.or.kr हेर्न सकिन्छ । कोरिया भाषा परिक्षामा कुल २०० पूडाङ्कमा सबैभन्दा धेरै मार्क ल्याउने संख्याको आधारमा उक्त देशमा पास गर्ने संख्या निर्धारण गर्ने गरिएको छ । एक पटक भाषा पास गरेपछि २ वर्षसम्म मान्य हुन्छ । कोरियन भाषा परीक्षामा पास हुनु भनेको कोरियामा रोजगार आवेदन भर्नलाई योग्य हुनु हो तर पास गरेकै आधारमा गणतन्त्र कोरियामा रोजगारीको ग्यारेण्टी भने हुँदैन ।

कोरिया जाने ५ प्रक्रिया के-के ? 

१. परीक्षामा पास

२. रोजगार आवेदन

३. रोजगार सुचि प्रमाणित

४. कामदार छनौट (रेन्डम्ली)

५. रोजगारी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु