2026-10-16 03:46 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विदेशबाट फर्किएकाको सीप परीक्षण र प्रमाणीकरण वैशाख ३ गतेदेखि हुने

चैत्र १७, काठमाडौं । वैदेशिक रोजगारीबाट फर्किएर सीप परीक्षणका लागि निवेदन दिएका व्यक्तिको सीप परीक्षण वैशाख ३ गतेदेखि ७ गतेसम्म हुने भएको छ ।

सिप परीक्षण गर्नु भन्दा पहिले चैत २० गतेदेखि २७ गतेसम्म अभिमुखिकरण दिइने सरकारको तयारी छ । अभिमुखिकरणमा के के सीपको परीक्षण कहाँ गरिन्छ, कसरी प्रश्नको समाधान गर्ने लगायत विषयमा जानकारी गराइने वैदेशिक रोजगार बोर्डले जनाएको छ । 

सरकारबाट मान्यता दिइएको प्रमाणपत्र भएकाले कामदारले जुन लेवलको काम सिकेको हो त्यो तहको कामका लागि प्रतिस्पर्धा गर्न योग्य हुने प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद, सीप परीक्षण समितिका कार्यकारी निर्देशक दामोदर देवकोटाले बताए । काम गर्न सिप भएका तर औपचारिक शिक्षा नलिएका व्यक्तिहरुले लेभल एकको तालिम पश्च्यात मुखिया, लेभल दुईले खरिदार र लेभल तीनले सुब्बा सरहको मान्यता पाउने देवकोटाले बताए ।

कहाँ कहाँ हुन्छ अभिमुखीकरण ?

अभिमुखिकरण चैत २० गते इटहरीको पाथिभरा हिमालय पोलिटेक्निकल इन्स्टिच्यूट, चैत २२ गते महोत्तरीको बर्दिबासमा रहेको सैलुङ होटल एण्ड रेस्टुरेन्ट, चितवनको नारायणी पोलिटेक्निकल इन्स्टिच्यूट, सुर्खेतको घरेलु तथा साना उद्योगको कार्यालय, कैलालीको धनगढीमा रहेको धनगढी कलेज अफ इन्फरमेसन टेक्नोलोजी प्रालि र चैत २६ गते भक्तपुरको सानोठिमीमा रहेको प्राविधिक प्रशिक्षण प्रतिष्ठानमा हुने बोर्डले जनाएको छ । 

सरकारले पहिलो पटक यसै आर्थिक वर्षमा वैदेशिक रोजगारीबाट फर्किएका एक हजार जना युवाको सीप परीक्षण गर्नेगरी आवेदन माग गरेको थियो । तर फारम भर्ने म्याद थपिंदा पनि साढे ४ सय जनाले मात्रै सीप परीक्षणका लागि निवेदन दिएका थिए । बैदेशिक रोजगारीबाट नेपाल फर्किएकाकाहरुलाई लक्षित गरि बैदेशिक रोजगारीको क्रममा सिकेको सीपको परिक्षण नेपालमा गरिन लागेको हो। विदेशमा रहंदा लिएको सिपको सीपको परिक्षण गरि प्रमाणीकरण पश्च्यात प्रमाणपत्र उपलब्ध गराउने लक्ष्य वोर्डले लिएको छ ।  

सरकारले जारी गरेको सूचना अनुअसार २० वटा पेशाको  प्रमाणिकरण गरिंदैछ । सीप प्रमाणिकरणको लागि वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद, राष्ट्रिय सीप परीक्षण समितिलाई दिएको छ । 

यी हुन् परीक्षण हुने सीपहरु 

सरकारले सीप परीक्षण तह १ का लागि २० वटा पेशाको सीप प्रमाणिकरण गर्ने जनाएको छ ।यस अन्तर्गत  विल्डिङ पेन्टर, सटरिङ कार्पेन्ट्री, असिस्टेन्ट व्युटिसियन, हाउसकिपिङ क्लिनर, रेफ्रिजेरेसन एण्ड एअर कण्डिसन जुनियर मेकानिक्स, एक्साभेटर अपरेटर, फर्निचर मेकर, स्टोन लेयर मेशन डकर्मी, असिस्टेन्ट वेटर र आर्क वेल्डरको सीप अमावेष गरिएको छ । 

त्यसैगरी स्टक्चरल फेब्रिकेटर, जुनियर प्लम्बर, विल्डिङ इलेक्ट्रिसियन, आल्मुनियम फेब्रिकेटर, सेक्युरिटी गार्ड, स्काप फोल्डर, इन्ड्रस्टियल इलेक्ट्रसियन, कमि तेस्रो र टेलरिङ पेशको सीप प्रमाणिकरण हुनेछ 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु