2026-10-16 03:46 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कोरियन भाषा परीक्षा : आवेदन दिने ८२ हजार १७६ जनाको १९ करोड ८ लाख खेर जाँदै

मनोज पराजुली, चैत्र १८, काठमाडौं । सन् २०१९ को कोरियाली भाषा परीक्षाका लागि ९२ हजार ३७६ जनाले आवेदन दिएका छन् । गत वर्षको भन्दा यो वर्ष १० हजार १ सय १२ ले बढीले आवेदन दिएका ईपीएस कोरिया शाखाले जानकारी दिएको छ । सन् २०१८ को भाषा परीक्षाका लागि ८२ हजार २ सय ६४ ले आवेदन फारम भरेका थिए ।

भाषा परीक्षाको लागि आवेदनसंगै परीक्षार्थीले २४ डलर बराबर नेपाली रुपैयाँ बुझाउनुपर्ने तोकिएको छ । यसका आधारमा हेर्ने हो भने यस पटक नेपालीको २१ करोड ७३ लाख ४० हजार ६ सय ४० रुपैया रकम परीक्षा आवेदन कै लागि खर्च गरेका छन् । नेपालमा प्रयाप्त रोजगारीका अवसर नहुँदा राम्रो कमाइ हुने आशामा कोटा भन्दा १० गुणा भन्दा धेरै संख्यामा आवेदन पर्ने गरेको छ। 

फर्म भर्नका लागि मात्रै २१ करोड ७३ लाख ४० हजार ६ सय ४० रुपैया सकिएपनि कोरियन भाषा परीक्षाका लागि नेपालीले खर्च गरेको १९ करोड ८ लाख ८ हजार ६४० रकम खेर जाने भएको छ । यो रेकर्ड १० हजार ५० जनाले भाषा पास गर्ने आधारमा अन्यले आवेदन संगै बुझाएको रकमको आधारमा हो। यधपी १० हजार ५० जना कोरिया जान पाउने ग्यारेन्टी भने होइन ।भाषा सिक्नका लागि एक जनाले कम्तिमा पनि १० हजार भन्दा बढी रकम ट्युसन सेन्टरलाई तिर्ने गरेका छन् । यसको न्युनतम हिसाबको कुनै लेखाजोखा नै गर्ने गरिएको छैन ।  

ईपीएस शाखाले चैत ८ देखि १७ गते अर्थात् आइतबार राति १२ बजेसम्मका लागि आवेदन फारम भर्न पाइने समयसीमा तोकेको थियो ।  यो ९ दिनको अवधिमा ९२ हजार ३७६ युवाले आवेदन दिएका वैदेशिक रोजगार ईपीएस शाखा कार्यालयले जानकारी दिएको छ । सन् २०१९ मा कोरियाले नेपाललाई  १० हजार २ सय कामदारका लागि कोटा छुट्टयाएको छ जसमध्ये उत्पादनमूलक क्षेत्रका लागि ७ हजार ५० र कृषितर्फ ३ हजार १ सय ५० जना कामदार लैजाने छ ।

सन् १०१७ मा ६८ हजार ३ सय ८३ र सन् २०१६ मा ६० हजार ६ सय २६ जनाले भाषा परीक्षामा सहभागिता जनाएका थिए । २०१८ मा भाषा परीक्षा उत्तीर्ण गर्ने ७ हजार ९ सय ९६ जना कोरिया गइसकेका छन् । १० वर्षको अवधिमा कोरियाली भाषा परीक्षा मार्फत ५८ हजारभन्दा धेरै युवा रोजगारीका लागि कोरिया पुगेको इपिएस शाखाले जनाएको छ । दक्षिण कोरियाले रोजगार अनुमति प्रणाली (ईपीएस)अन्तर्गत सन् २००८ देखि नेपाली युवालाई आफ्नो देशमा रोजगारीको अवसर उपलब्ध गराउँदै आएको हो । 

एक व्यक्तिले एउटा क्षेत्रमा मात्रै आवेदन दिन पाउने व्यवस्था छ । जुन क्षेत्रका लागि परीक्षा आवेदन फारम भरेको हो भाषा परीक्षा उत्तीर्ण भएपछि त्यहि क्षेत्रमा मात्र रोजगार आवेदन फारम भर्न पाइनेछ । परीक्षाका लागि यसअघि २५ वटा पढेर उत्तर दिने र २५ वटा सुनेर उत्तर दिने गरी ५० वटा प्रश्न सोधिने गरेकोमा यस पटकबाट  पढ्ने र सुन्ने प्रश्नको सङ्ख्या घटाएर २०/२० वटा बनाइएको छ । परीक्षामा उत्पादनमूलक क्षेत्र तर्फ ४७ दशमलव ५ वा त्योभन्दा धेरै र कृषि तर्फ ३६ अंक ल्याउनेहरुमध्ये धेरै उच्च अंक ल्याउनेहरुबाट छनौट हुनेछन् ।

भाषा परीक्षा आगामी जेठ २५ र २६ गते सञ्चालन हुने छ । नतिजा असार १३ गते प्रकाशित हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु