2026-09-25 12:41 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भिजिट भिसामा मान्छे पठाएको अरोपमा म्यानपावरका कर्मचारी पक्राऊ

 चैत २०, काठमाडौं । वैदेशिक रोजगारीका लागि वर्किङ भन्दै भिजिट भिसामा मान्छे पठाएको अरोपमा कम्पास रिक्रुटमेन्ट म्यानपावरका कर्मचारी विमला थापालाई प्रहरीले पक्राऊ गरेको छ ।

वैदेशिक रोजगारीका लागि विदेश जाने व्यक्तिलाई वर्किङ भिसामा पठाउने भनेर झुक्याएर भिजिट भिसामा विदेश पठाउने कार्यमा संलग्न भएको खुलेपछि उनलाई पक्राउ गरिएको महानगरीय अपराध अनुसन्धान महाशाखाका एसपी केदार ढकालले सझासबाललाई जानकारी दिए ।

यसअघि धनुषाका मोहम्मद गुलाम राइन र सबिर राइनलाई नेपाल वायु सेना निगमको उडानमार्फत दुबई जान लाग्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमन विभागले राकेको थियो । त्यसपछि उनीहरुलाई वर्किङ भिसामा नभई भिजिटमा मात्र विदेश पठाउन खोजिएको खुलेको थियो । त्यसैले ठगी कसुर अन्तरगत जाहेरी लिएर प्रहरीले अनुसन्धान थालेको थियो । उनले प्रतिव्यक्ति २ लाख ४० हजार रुपैयाँसम्म लिएको खुलेको प्रहरीको भनाइ छ ।

 कम्पास रिक्रुटमेन्ट म्यानपावर कम्पनीका सञ्चालक गिरिराज घिमिरे भने फरार भएका छन् । फरार घिमिरेको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसिया रोजगारीमा सिन्डिकेट र बिचौलिया नियन्त्रणतर्फ नेपाल–मलेसिया वार्ता, श्रमिक भर्ना संयन्त्र सुदृढ गर्ने सहमति नियमापत्तिको सदुपयोग गर्न सांसदहरूलाई सभामुख अर्यालको आग्रह ग्यास आपूर्ति सहज बनाउन सबै शक्ति लगाइरहेका छौँ : मन्त्री साह राष्ट्रिय सभामा लोक सेवा आयोगकाे वार्षिक प्रतिवेदन पेस एमालेको विशेष सङ्कल्प : कमीकमजोरी सच्याउँदै पार्टी रूपान्तरणमा अघि बढ्ने आदिवासी अपाङ्गता भएका महिला तथा किशोरीको नेतृत्व सुनिश्चित गर्न मन्त्री चौधरीको आग्रह बाढीपहिरोको जोखिमपछि राति पृथ्वी राजमार्ग बन्द, बेलुका ८ देखि बिहान ५ बजेसम्म आवागमन रोक एमालेमा सात नेता स्थायी कमिटी सदस्य मनोनित, विद्यादेवी भण्डारीलाई वरिष्ठ नेताको जिम्मेवारी ताप्लेजुङको दोभानमा भीषण आगलागी, करिब १० घर जले प्रधानमन्त्री शाहले भोलि बिहान ४ बजे राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने भारी वर्षाको पूर्वानुमानपछि कुलेखानीमा सतर्कता बढाइयो, तीन स्थानमा साइरन जडान प्रधानमन्त्री राष्ट्रको गौरव प्रतिनिधित्व गर्न जानुभएको हो, ब्रान्डको प्रचार गर्न होइन : सांसद नरबहादुर विष्ट प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित सरकारले असोज ९–११ गते नदीतटीय क्षेत्रका राजमार्ग बन्द गर्ने तयारी गरिरहेको छ : जगदीश खरेल आधाकेजी सुनसहित एकजना भारतीय नागरिक पक्राउ दोहोरो सेवा सुविधा रोक्न कानुन बनाउँदैछौँ : मन्त्री गौतम अविरल वर्षापछि पहिरो खस्दा कान्ति लोकपथ पूर्ण रूपमा अवरुद्ध रास्वपा सांसदले शिक्षा र स्वास्थ्य मन्त्रालयसँग मागे एक हप्ताभित्र जवाफ प्रधानमन्त्री राहत कोषमा १५ अर्ब ५३ करोड रुपैयाँ मौज्दात कांग्रेसको १५औँ महाधिवेशन : देउवा समूहले ५५ जिल्लामा तोक्यो संयोजक