2026-10-16 04:35 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वैदेशिक रोजगारमा जानेको मेडिकल परिक्षण गर्न १२६ संस्थाको इच्छा, मलेसिया प्रदेशबाटै

चैत २८, काठमाडौं । वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परीक्षण सेवामा सिन्डिकेट तोड्दै थप १२६ नयाँ स्वास्थ्य संस्थाले सूचीकरणका लागि इच्छा देखाएका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पुराना संस्थाको नयाँको दर्ता आह्वान गरेको थियो ।

पछिल्लो ६ बर्षदेखि बैदेशिक रोजगारको लागि स्वास्थ्य परिक्षण गर्न नयाँ संस्थाको लागि रोक्का राखिएको थियो । जसको कारण सिमित स्वास्थ्य संस्थाले मनपरी मेडिकल शुल्क अशुल्ने गरेका थिए  ।  सरकारले नयाँ दर्ता खोलेपछी १२६ नयाँ स्वास्थ्य संस्थाले आफूलाई पनि जोड्न इच्छा जाहेर गर्दै निवेदन दिएका छन् । जसको लागि मेडिकल सेन्टरदेखि मेडिकल कलेजसमेतले इच्छा देखाएका छन् । जसमा मुख्यत: चितवनको चितवन मेडिकल कलेज, झापाको बीएन्डसी मेडिकल कलेज, काठमाडौँको मनमोहन मेमोरियल मेडिकल कलेज लगायत छन् । त्यस्तै भेनस अस्पताल, अल्का हस्पताल, अन्नपूर्ण न्युरो अस्पताल, ब्लु क्रस हस्पिटल लगायतले पनि इच्छा प्रकट गरेका छन् । 

नयाँ दर्ता पछि ३०० भन्दा बढी स्वास्थ्य संस्थाले बैदेशिक रोजगारीमा जाने नेपालीहरुको स्वास्थ्य परिक्षण गर्न पाउने सम्भावना छ  । 

मलेसियाको स्वास्थ्य परिक्षणको सिन्डिकेट समेत तोडिदै 

सरकारले नयाँ दर्ताको लागि आवेदन दिन खुला गरेसँगै मलेसियाको लागि पनि सय भन्दा बढीले इच्छा देखाएका छन्  । यस अघि मलेसिया जाने नेपालीहरुको स्वास्थ्य परिक्षणको लागि २२६ मध्ये ३७ स्वास्थ्य संस्थाले मात्र मलेसियाको स्वास्थ्य परिक्षण गर्दै आएका थिए । सिन्डिकेटका कारण मनपरी पैसा अशुली भएको थियो तर अब भने ति स्वास्थ्य संस्थाले सिन्डिकेटको फाइदा लिन पाउने छैनन् । 

स्वास्थ्य परीक्षणमा सिन्डिकेट लादिएको गुनासो आएपछि नेपाल सरकारको आग्रहमा मलेसिया सरकारले यस अघिका सिन्डिकेटधारी संस्थाहरुको अनुमति खारेज गरिदिएको छ । अब मलेसिया सरकारले पठाएको नयाँ मापदण्ड अनुसार मात्र सरकारी तथा निजी अस्पताल, नर्सिङ होम र सरकारी मान्यताप्राप्त स्वास्थ्य संस्थाहरुबाट मलेसिया जाने नेपाली कामदारको स्वास्थ्य परीक्षण गर्नु पर्नेछ । 

सरकारले सातै प्रदेशबाट मलेसिया जाने नेपाली कामदारको स्वास्थ्य परीक्षण गर्ने योजना समेत बनाएको छ । मेडिकलको लागि इच्छुकहरुको छनोट मलेसिया र नेपालका विज्ञहरुको टिमले मापदण्ड बनाई गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु