2026-10-16 03:46 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

म्यानपावर संचालकका अगाडी महानिर्देशकले भने “गलत गर्नेहरुले कुनै सोर्सफोर्स लगाउने प्रयास नगर्नुहोला”

बैशाख २, काठमाडौँ ।  वैदेशिक रोजगार विभागका नवनियुक्त महानिर्देशक डा. भिष्मकुमार भूषालले कामदारबाट पैसा लिएर रिसिभ वा भरपाई नदिने कार्य तत्काल बन्द गर्न म्यानपावर संचालकलाई  निर्देशन दिएका छन् । कामदारबाट म्यानपावर कम्पनीले तिरेको रकम अनुसार बिल दिने नगरेको भन्दै त्यस्तो कार्य तत्काल बन्द गर्न म्यानपावर संचालकलाई निदेशन दिएका हुन् । 

गत मंगलवारदेखि विभागमा महानिर्देशकको पदवहाली गरेका महानिर्देशक भूषाललाई नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङको नेतृत्वमा गएका व्यवसायीहरुले सोमबार स्वागत गरेका छन् । सो अवसरमा बोल्दै संघका अध्यक्ष रोहन गुरुङले वैदेशिक रोजगारका क्षेत्रमा रहेका नीतिगत समस्याबारे महानिर्देशक भूषालको ध्यानाकर्षण गरेका छन् ।  

फ्री भिषा फ्री टिकटको निर्णय अव्यवहारिक रहेकोले कार्यान्वयनमा समस्या देखिएको छ गुरुङले  भने “अन्तर्राष्ट्रिय रिक्रुटिङ प्राक्टिस अनुसार नेपाल अगाडि बढ्नु पर्नेमा त्यसो हुन नसक्दा व्यवसायीले धेरै समस्या झेल्नु परिरहेको छ, भोलिका दिनमा यस्ता समस्या हट्ने विश्वास हामी व्यवसायीले लिएका छौ ।”

म्यानपावर कम्पनीको बढेको धरौटी रकम आँफै बैंक खातामा राख्न पाउनुपर्ने तथा त्यस बापत व्याज रकम लिन पाउने व्यवस्था गर्न पहल गरिदिन महानिर्देशकसंग गुरुङले आग्रह गरे। सघका अध्यक्ष गुरुङले वैदेशिक रोजगार क्षेत्रमा विद्यमान नीतिगत बेथिती हटाएर व्यवस्थित, मर्यादित र सम्मानित व्यवसाय बनाउनका लागि महानिर्देशक भूषालको कार्यकालको सफलताको शुभकामना दिए ।  उनले कामदार, व्यवसायी र सरकारको हितमा संघ जहिल्यै सहकार्य गर्न तयार रहेको समेत बताए । 

संघको तर्फबाट व्यवसायीको गुनासा सुनेपछि महानिर्देशक भुषालले म्यानपावर व्यवसायीको नाममा अबैध तरिकाले रकम उठाएर ठग्ने क्रम रहेको भन्दै त्यस्ताले पावर वा सोर्स लगाए पनि नछोड्ने चेतावनी दिए । उनले भने “गलत गर्नेहरुले कुनै सोर्सफोर्स वा पावर लगाउने प्रयास नगर्नुहोला, म कसैको कुरा सुन्नेवाला छैन ।” व्यवसायीहरुले कामदारबाट अबैध तरिकाले रकम लिने गरेको तर्फ लक्षित गर्दै महानिर्देशक भुषालले पैसाको भरमा अनैतिक काम नगर्न व्यवसायीलाई निर्देशन दिए ।

वैदेशिक रोजगारको क्षेत्रमा देखिएका विकृतिका बारेमा पुर्व अध्ययन गरेर मात्र विभाग हाजिर भएको छु, महानिर्देशक भुषालले भने “वैदेशिक रोजगारका नाममा एजेण्ट र दलालले ठगी गरिरहेका छन, तपाईका पनि त्यस्ता गतिविधि भए तत्काल बन्द गर्नुस् अन्यथा त्यसलाई रोक्न तत्काल एक्सन लिंदैछु।” उनले व्यवसायीहरुले विदेशबाट डिमाण्ड ल्याउनका लागि पैसा तिर्ने गरेको भन्दै त्यस्ता अस्वस्थ्य प्रतिस्पर्धा बन्द गर्न पनि व्यवसायीलाई निर्देशन दिए । 

श्रम कार्यालयमै घुस लिने दिने काम हुने गरेको घटना तर्फ इंकित गर्दै महानिर्देशक भुषालले विभाग मातहतका कार्यालयका कर्मचारीले व्यवसायीबाट घुस मागेमा तत्काल जानकारी दिन आग्रह गरे । उनले घुस लिने र दिने दुवैलाई कारवाही गर्ने तर नहुने कामका लागि पैसा तिरेर दवाब नदिन समेत व्यवसायीको ध्यानाकर्षण गरे । विभागमा ठगीका गुनासा आउने गरेको भन्दै त्यस्तामा निर्णय गर्नुपर्दा खाली खुट्टा एएरपोर्ट गएका कामदारको बुबाको याद आउँछ उनले भने “ति बुबाहरुको अनुहार हेरेर निर्णय लिन्छु ।”

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु