2026-10-16 04:35 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षणमा सूचीकृत हुन २९० संस्थाको आवेदन

बैशाख २, काठमाडौँ ।  वैदेशिक रोजगारीको लागि मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षणमा सूचीकृत हुन २९० स्वास्थ्य संस्थाले आवेदन दिएका छन् । पहिले सुचीकृत भएका २२६ र अहिले थप आवेदन दिएका १२६ गरि कुल ३५२ मध्येबाट २९० स्वास्थ्य संस्थाले दिएको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जानकारी दिएको छ।

मापदण्ड पुगेका स्वास्थ्य संस्थालाई सूचीकरण हुन आवेदन दिनका लागि दिएको समयसीमा सोमबारबाट सकिएको छ। मलेसिया सरकारले कामदारको स्वास्थ्य परीक्षण मापदण्ड पठाएपछि सो मापदण्ड पूरा गरेका सबै स्वास्थ्य संस्थालाई आवेदन दिन सरकारले २०७५ चैत १८ गते सूचना प्रकाशित गरेको थियो। सूचना प्रकाशित गरिएको १५ दिनभित्र आवेदन दिन मापदण्ड पूरा भएका सबै स्वास्थ्य संस्थाहरुलाई आह्वान गरिएको थियो। 

मलेसिया रोजगारीका लागि जाने कामदारको स्वास्थ्य परीक्षण गर्ने संस्थाहरु यसअघि ३७ वटा मात्रै थिए। तर ३७ वटा संस्थाले स्वास्थ्य परीक्षण लगायतका नाममा कामदारसँग चर्को शुल्क असुलेको भन्दै श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टको निर्देशनमा यी संस्थालाई गत जेठ २ गतेबाट कारबाही गरिएको थियो । 

गएको कात्तिकमा नेपाल र मलेसियाबीच भएको श्रम समझदारी अनुसार मलेसियाले पठाएको मापदण्ड पूरा गरेका स्वास्थ्य संस्थाले स्वास्थ्य परीक्षणका लागि निवेदन दिएका हुन् । सूचीकरणका लागि आएको निवेदनका आधारमा स्वस्थ्य मन्त्रालयको विशेषज्ञ टोलीले मापदण्ड पुगे, नपुगेको निरीक्षण गरेपछि गर्ने सिफारिसका आधारमा स्वास्थ्य संस्था छनोट गरिने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।

मलेसियाले कामदारको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थाहरूको स्वास्थ्य परीक्षण मापदण्ड पूरा हुनका लागि विभिन्न भौतिक तथा मानव संसाधन हुनुपर्ने मापदण्ड पठाएको छ । त्यस्तै मन्त्रालयले सूचीकरण लागि सबै स्वास्थ्य संस्थालाई आह्वान गरेको थियो । जसमा ३५२ वटा स्वास्थ्य संस्थाले आवेदन दिएका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु