2026-10-16 04:35 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भोलीदेखि विदेशबाट फर्किने नेपालीहरुको सीप परीक्षण, कुन-कुन सिप परीक्षण हुनेछ ?

वैशाख २, काठमाडौँ (रासस) |  सरकारले मङ्गलबारदेखि विदेशबाट फर्किएका युवाको सीप परीक्षण गर्ने भएको छ । विदेशमा विभिन्न सीप आर्जन गरेर फर्केका युवाको सीप प्रमाणीकरण गरी आन्तरिक श्रम बजारमा रोजगारीका अवसर प्राप्त गर्ने तथा स्वरोजगार बन्न अभिप्रेरित गर्ने उद्देश्यले सीप परीक्षण गर्न लागिएको वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक राजन श्रेष्ठले जानकारी दिनुभयो । 

मङ्गलबारदेखि यही वैशाख ७ गतेसम्म विभिन्न चरणमा सातै प्रदेशमा सीप परीक्षण गरिनेछ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्अन्तर्गतको राष्ट्रिय सीप विकास समितिले वैदेशिक रोजगारीमा गई विभिन्न सीप आर्जन गरी फर्केका व्यक्तिको सीप परीक्षण गरी प्रमाणपत्र उपलब्ध गराउनेछ । सीप परीक्षणमा सफल हुनेलाई सम्बन्धित सीपको तह–१ उत्तीर्ण बराबरको प्रमाणपत्र दिइनेछ ।

बोर्डले गत मङ्सिर ११ गतेदेखि विभिन्न २० प्रकारका सीपको निःशुल्क परीक्षणका लागि आवेदन माग गरेको थियो । विभिन्न प्रकारका सीप प्रमाणीकरणका लागि ४६५ युवाले आवेदन दिएका थिए । सीप परीक्षणका सम्बन्धमा जानकारी दिन बोर्डले गत चैत २० देखि २६ गतेसम्म विभिन्न चरणमा अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिसकेको छ । 

विल्डिङ पेन्टर, फर्निचर मेकर, जुनियर प्लम्बर, स्काप फोल्डर, सटरिङ कार्पेन्ट्री स्टोन लेयर मेसन (डकर्मी), विल्डिङ इलेक्ट्रिसियन, इन्डस्ट्रियल इलेक्ट्रिसियन, असिष्टेन्स ब्युटिसियन, असिष्टेन्स वेटर, केयर गिभर, कमि तेस्रो, हाउस किपिङ क्लिनर, आर्क वेल्डर, आल्मुनियम फेब्रिकेटर, रेफ्रिजेरेशन एण्ड एयर कन्डिसन जुनियर मेकानिक्स, सेक्युरिटी गार्ड, टेलरिङ, एक्साभेटर अपरेटर र स्ट्रक्चरल फेब्रिकेटरको सीप परीक्षण गरिनेछ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु