2026-10-16 03:49 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बैदेशिक रोजगारीका लागि दलाललाई पैसा,सरकारलाई गाली ?

बैशाख ८,काठमाडौं ।  वैदेशिक रोजगार विभागका महानिर्देशक डा. भिष्मकुमार भूसालले दलाललाई पैसा बुझाएर  नेपाल र विदेशमा ठगिएपछि सरकारलाई गाली गर्नुको सट्टा युवाहरु सचेत हुनुपर्ने बताएका छन् । विभागको महानिर्देशक भएपछि पहिलो पटक गृह जिल्ला अर्घाखाँची पुगेका महानिर्देशक डा. भूसालले शनिवार स्वतन्त्र पत्रकार संघ अर्घाखाँची शाखाले सन्धिखर्कमा गरेको साक्षात्कारमा रोजगारीमा जानुभन्दा अगाडि सबै कुरा बुझेर विदेश जानुपर्ने बताए । 

 रोजगारीको क्रममा विदेश जांदा म्यानपावर कम्पनीबाट हुने अनियमितता तथा ठगीको सुनुवाई गर्ने मुख्य काम वैदेशिक रोजगार विभागको भएको बताए । तर विदेश जांदा अन्य दलालले  कामदारको रकम खाइदिएपछि त्यसको असुलउपर गरिदिन समस्या पर्ने भन्दै दलालले पैसा खाएपछि वा विदेशमा गएर ठगिएपछि सरकारलाई गाली गर्ने  प्रवृतिको अन्त्य हुनुपर्ने बताए । 

नेपाल सरकारले वेरोजगारलाई रोजगार दिने अभियान सुरु गरेपनि त्यसको विस्तृत पक्ष आम नेपाली युवा युवतीहरुले बुझन नसकेको बताउँदै महानिर्देशक भूसालले भने ‘घरमा एकजनाको पनि रोजगारी नभएको अवस्थामा मात्र  उक्त परिवारका युवा युवतीले बेरोजगारको फाराम भर्न पाउने छन । तर  घरमा रोजगार भएकाहरुले समेत सरकारले बेरोजगार भत्ता दिन्छ भनेर फाराम भर्ने गरेका छन, उनीहरुको बुझाई  गलत छ ।’

प्रधानमन्त्री रोजगार कार्यक्रमको स्वरुप र प्रक्रियाका वारेका आमजनतालाई भ्रम रहेको बताउँदै महानिर्देशक भूसालले पेन्सन, सामाजिक सुरक्षा भत्तालगायत रोजगारीको कुनै पनि  श्रोत नभएकालाई सरकारले लक्षित गरेको बताए । उनले भने, कुनै रोजगार नपाइ बेरोजगार भएको खण्डमा वर्षका ५० दिन अवधिको एक दिनको ५१७ रुपैयाँका दरले भत्ता सरकारले दिन्छ । 

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु