2026-10-16 04:43 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ईपिएस कामदारको बीमा नभएमा पचास लाख वोन जरिवाना हुने

अर्जुन बराल, बैशाख ८, दक्षिण कोरिया। दक्षिण कोरियामा  आप्रबासी कामदार र रोजगारदाताका लागि लक्षित बर्तमान बीमा कानुनलाई केही परिमार्जीत गर्दै बीमा पोलिसीको ढाँचालाई परिबर्तन गरिने भएको छ । बीमा बजारको क्षेत्रमा गरिएको ब्यापक फेरबदलको एकदशक नपुग्दै बीमा बजारको आकार बढेर दुई गुणा पुगेको हुँदा कोरियाले बीमा पोलिसी परिवर्तन गर्न लागेको हो  ।

सामसङ् फायर एण्ड मरिन ईन्स्युरेन्स कम्पनिको रिर्पोट अनुसार २५ मार्च २०११ सम्म २२५.७० बिलियन वोन सम्ममा रहेको बीमाको बजार सन् २०१८ सम्ममा आईपुग्दा ३९६.४६ बिलियन वोनमा बिस्तार भएको छ । आप्रबासी कामदारका चार प्रकारका बीमा लगाएत स्वदेश प्रस्थान गर्ने ग्यारेन्टी बीमा र ग्यारेन्टी बीमा अर्थात काम गर्ने अबधिमा आप्रबासी श्रमिकहरुको गैर–ब्यापारिक जोखिमलाई ग्यारेन्टी गर्ने बीमा समेत समाहित छन् । साथै आप्रबासी कामदारको रोजगारको सम्बन्धमा बर्तमान नियम अन्तर्गत सबै रोजगारदाता र कामदार जो सँग (H-2,E-9) भिषा छ उनीहरुले अनिबार्य रुपमा बीमा गराउँनु पर्दछ यदि नियमलाई अबज्ञा गरेमा ५ मिलियन कोरियन वोन सम्म जरिवाना गरिेने  जनाईएको छ ।

दक्षिण कोरियामा आपंबासी कामदारको संङख्यामा बृद्धि सँगै सरकारले आप्रबासी कामदारका नीतिलाई परिमार्जित सहित लागु गदै लैजाने  नीति लिएको छ  ।त्यस्तै आप्रबासी कामदारको बीमा पोलिसीधारको संङख्या र बीमित राशिमा बृद्धि गर्ने नीति लिएको छ । 

गतबर्षको अन्र्तसम्ममा कुल २ लाख ४० हजार ९०७ जना मध्ये सबैभन्दा बढी प्रस्थान ग्यारेन्टी बीमा ,ग्यारेन्टी बीमा,ब्यक्तिगत चोटपटक भुत्तानी बीमा तथा फिर्ती लागत बीमा लिने बिचको अधिक संङख्या थियो । बर्तमान समयमा प्रबासी कामदार बीमा पोलिसीधारको संङख्या पछिल्लो बर्षको अन्तिम सम्ममा २ लाख ४३ हजार ७२३ थियो भने सन् २०११ तुलनामा १ लाख ले बढि हुनुको साथै आप्रबासी कामदारका लागि प्रस्थान बीमा शुल्क ३६४ बिलियन वोन भुक्तानी भएको जनाईएको छ ।  

बीमा पोलिसिबारे मानव संसाधन बिभाग र श्रम तथा रोजगार मन्त्रालय बीच प्रत्येक दुई बर्षमा एकपटक एक कार्यक्रमको आयोजना गरि समिक्षा गरिने समेत केहि कोरियन समाचारपत्रले जनाएका छन् ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु