2026-10-16 04:39 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कतारले विवादास्पद भिषा प्रणालीलाई अन्त्य गर्ने

वैशाख १४, दोहा | कतारले विवादास्पद बहिर्गमन भिषा प्रणालीलाई यसै बर्षको अन्त्यसम्ममा सुधार गर्न सहमत भएको छ। यसबारे संयुक्त राष्ट्रसङ्घ अन्तर्गतको अन्तर्राष्ट्रिय श्रमिक सङ्गठन (आइएलओ) ले शुक्रबार जानकारी गराएको हो।

कतारले सन् २०२२ मा विश्वकप फुटबलको आयोजना गर्नका लागि चयन भएपछि यसका लागि आवश्यक पर्ने पूर्वाधार निर्माण गर्नका लागि विदेशी कामदारलाई थप समय राख्न श्रृङ्खलावद्ध रूपमा श्रम कानूनमा परिवर्तन गरेको थियो।

“गत बर्ष विदेशी कामदारको वहिर्गमन भिषा रद्द गरेको थियो र यो सम्वद्ध समूहका कामदारका लागी यस बर्ष पनि लागू हुने गरी थप गरेको थियो,” आइएलओको दोहास्थित श्रमिक निकायका आयोजनाका प्रमुख हौटन होमयोनपुरले एएफपीलाई बताए।

सन् २०१८ को सेप्टेम्बरमा विवादित ‘काफला’ भनिने प्रायोजन प्रणालीलाई अनुमोदन गरेको थियो। यसले आइएलओ सन्धि अनुसार श्रमिकको अधिकारको हनन गरेको भन्दै विश्वका श्रमिक संगठनबाट विरोध भएको थियो।

विवादास्पद ‘काफला’ प्रणालीले देश छोड्नका लागि विदेशी कामदारले सम्वन्धित रोजगारदातासँग देश छोड्नुपूर्व अनुमति लिनुपर्ने बाध्यकारी व्यवस्था गरेको थियो।

होमायोनपुरले भने, “यो बर्ष विदेशी कामदारको वहिर्गमन भिषा प्रणालीबारे सुधार हुने विशेष बर्षका रूपमा रहने र यो सन् २०१९ को अन्त्यसम्ममा औपचारिक खारेजीमा जानेछ।”

सन् २०२२ मा विश्व कप आयोजना गर्ने जिम्मा पाएको मुलुक कतारमा श्रम कानूनको उल्लङ्घन भएको एम्नेष्टी इनटरनेशनलको प्रतिवेदनपछि गत फेबु्रअरीमा कतारले आफू श्रम कानून सुधारका लागि प्रतिवद्ध रहेको जनाएको थियो।

दोहाले मानव अधिकार समूहको दवावपछि श्रमकानूनमा दीर्घकालीनरूपमा परिवर्तनका लागि अग्रसर रहेको बताउँदै आएको छ।

आइएलओ कानून अनुसार कतारले प्रतिमहिना न्यूनतम २०६ अमेरिकी डलर दिने लगायतक श्रम कानूनमा परिवर्तन गर्नुपर्ने बुँदालाई सुधारसहित अघि बढ्ने प्रतिवद्धता जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु