2026-10-16 04:41 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मन्सुर म्यानपावरद्वारा ठगि, कारवाही गर्न विभागको आनाकानी

मनोज पराजुली | वैशाख १७, काठमाडौं । बैदेशिक रोजगारीको लागि कामदारबाट ठगि गरेको आरोप लागेको म्यानपावरमा अनुगमन गर्न बैदेशिक रोजगार विभागले अटेर गरेको छ । सेसेल्समा पठाउने भन्दै प्रतिव्यक्ति ४० हजार देखि १ लाखसम्म अग्रिम रकम लिएर कामदारलाई ठगि गरिरहेको मन्सुर म्यानपावर प्रा. लिमा अनुगमन गर्न विभागले आनाकानी गरेको हो ।

यसअघी बैदेशिक रोजगार विभागमा उजुरी परेपछि सम्बन्धित म्यानपावर कम्पनीमा स्थलगत अनुगमन गरि आवश्यक डकुमेन्ट नियन्त्रणमा लिएर कारवाही प्रक्रिया अगाडी बढ्ने गर्दथ्यो तर आज उजुरी परेपछि पनि कर्मचारी अभाव भएको भन्दै कामदारको गुनासो सुनुवाइमा गम्भीर नहुनु शंकाको विषय बनेको छ । 

उक्त म्यानपावरले गैरकानुनी रुपमा रकम लिइरहेको विषयमा एक पीडितले साझा सबाल मिडियासँग गुनासो गरेका थिए । उक्त गुनासो विभागमा निवेदनका रुपमा पुगेपनि आवश्यक कर्मचारी नभएको भन्दै तत्काल केहि नहुने हेरम्ला भन्दै फाइल थन्किएको छ । तर पीडितको गुनासो बारे पुर्व जानकारी पाएका विभागका महानिर्देशक भीष्म कुमार भुसालले आवश्यक कारवाही अगाडी बढाउने आश्वशन दिएका थिए तर सो अनुरुप मंगलबार काम हुन सकेन ।

मन्सुर म्यानपावरले श्रम कार्यालय ताहाचलबाट डिमाण्डको  पुर्व स्वीकृति नलिई विज्ञापन प्रकाशन गर्ने गरेको समेत पाइएको छ । उक्त म्यानपावरले देशको लागि कुनै पुर्व स्वीकृति लिएको छैन । श्रम कार्यालय ताहाचलका एक अधिकारीले भने “पुर्व स्वीकृति बिना डिमाण्ड बिज्ञापन गरेर कामदारबाट पैसा लिनु गैरकानुनी हो ।” 

आकर्षक तलब सहित सेवा सुविधा हुने भन्दै आश्वासन देखाएर अग्रिम पैसा लिएको छ एक पीडित सझासबाललाई भने “शुरुमा १५ दिनमा भिषा आउँछ भनेको थियो तर ५ महिना भइसक्यो  कुनै जानकारी दिएको छैन ।” शुरुमा ४० हजार लिएको छ भिषा आएपछि ३ लाख ५० हजार मागेको छ ति पीडितले भने “सोहि कामका लागि म्यानपावरले २० भन्दा बढी व्यक्तिसंग पनि प्रति व्यक्ति ५० हजार देखि ३ लाख ५० हजार हजारसम्म लिएको छ ।” 

श्रम कार्यालयबाट डिमाण्ड पुर्व स्वीकृति बिना काम गर्नु गैरकानुनी हो । तर उक्त म्यानपावरले संस्थागत नभई व्यक्तिगत श्रम स्वीकृति निकालेर कामदार पठाएको हुनसक्छ ति पीडितले भने । ५ महिनासम्म काम नभएपछि तिरेको रकम फिर्ताको माग गर्दा भोलि-भोलि भन्दै झुलाउने गरेको पीडितले बताए । देश नभए सरकारले कामदार पठाउन रोक्का गरेको लिविया देश अबैध रुपमा पठाइदिने भनेको पीडितले बताए । कामदार ठगी भइरहेको विषयमा म्यानपावर संचालक सम मन्सुरसंग जानकारी माग गर्दा त्यस्तो कुनै काम नभएको साथै कसैसंग रकम नलिएको दावी गरे । कहाँ के आयो अफिस आउनुस बसेर मिलाउंला भन्दै थप जानकारी दिएनन् । 

पैसा ठगिएपछि तपाईहरु मार्फत सरकारबाट सहयोगको अपेक्षा गरेको छु यस अघि पीडितले साझा सवाललाई भनेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु