Skip to content
Wednesday, July 15, 2026 Nepali Online Media

श्रम कार्यालय ताहाचलबाट १ जना विचौलिया पक्राऊ

By साझासवाल

<p><b>बैशाख २०, काठमाडौं । </b>श्रम कार्यालय ताहाचलबाट श्रम स्वीकृतिको काम छिटो गरीदिन्छु भनी सेवाग्राहीबाट नगद लिने एक जना विचौलिया पक्राऊ परेका छन् । श्रमकार्यालय परिसरमा&nbsp; सेवाग्राहीबाट नगद २ हजार रुपैयाँ लिने काठमाडौं महानगरपालिका-१३ बाफल बस्ने पाल्पा खानीगाउँ घर भएका ४० वर्षीय पिताम्बर गैरेलाई&nbsp; बिहीबार प्रहरीले पक्राऊ गरेको हो ।<br></p><p>ताहाचलस्थित श्रम तथा बैदेशिक रोजगार कार्यालय बाहिर पानी विक्री वितरण गरी हिंड्ने गैरेले श्रम स्वीकृतिको लागि लाईनमा बसेका २ जना सेवाग्राहीलाई छिटो काम गरिदिन्छु भनि प्रलोभनमा पारी उनीहरुबाट जनही १/१ हजार रुपैयाँ नगद लिएको अवस्थामा सो स्थानमा ड्युटीमा खटिएको प्रहरी र श्रम कार्यालयका कर्मचारीले फेला पारी पक्राउ गरिएको हो । पक्राऊ परेका&nbsp; गैरेलाई नियन्त्रणमा लिएर प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।</p>