2026-10-16 05:20 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पोल्याण्ड पठाउने भन्दै कामदारबाट लाखौँ लिंदै म्यानपावरहरु, के गर्दैछ सरकार ?

मनोज पराजुली, बैशाख २५, काठमाडौं । बैदेशिक रोजगारीको लागि पोल्याण्ड पठाइदिने भन्दै विभिन्न म्यानपावर कम्पनी तथा एजेन्टहरुले प्रतिकामदार लाखौँ रकम लिइरहेको पाइएको छ। पोल्याण्ड पठाईदिने नाममा अग्रिम १ लाख भन्दा बढी शुल्क लिएको भन्दै पीडितहरुले साझा सबाल मिडिया मार्फत सरकारको ध्यानाकर्षण गराएका छन् । 

घटना १. 

बौद्धमा रहेको पर्पल एच. आर सोलुसनले पोल्याण्ड पठाई दिने भन्दै आश्वाशन दिएको थियो, सोहि अनुरुप आँफैले भान्जालाई लगेको थिएँ इन्द्र बहादुर के.शीले साझा सबालसँग भने “तर महिना दिन हुँदै ६ महिना पुग्यो न त भिषा प्रक्रिया नै शुरु गर्यो, न त पैसा नै फिर्ता गर्यो।’’ पत्रिकामा विज्ञापन देखेपछि विश्वास लागेर म्यानपावर गइयो तर अहिले काम नभएपछि तिरेको रकम फिर्ता माग्दा म्यानपावर संचालक नै सम्पर्क विहिन छ, कार्यालय बन्द छ,” उनले भने। के.शीले  आफ्ना भान्जा राजेश क्षेत्रीको पोल्याण्ड पठाउने भन्दै ठगिएको रकम दिलाई दिन विभागमा निवेदन दिन लागेको बताए । 

यस विषयमा साझा सवालले पर्पल एच आरसँग जानकारी लिन खोज्दा सम्पर्क हुन सकेन।

घटना २. 

२०७५ असार ३ गते पोल्याण्ड पठाउने भन्दै ललितपुर सातदोवाटोमा रहेको साई ग्लोबल करियर प्रा. लि का संचालक निरक शाहीले २ लाख रकम लिएको अछामका  टोप बहादुर शाहीले साझा सवाललाई बताए। उनले भने “असार पछि ३/४ महिनामा काम हुन्छ भनेको थियो तर भएन, पैसा फिर्ता माग्दा दिंदैन अब के गरूँ ?” “पोल्याण्डको लागि जम्मा लागत ७ लाख मागेपनि शुरुमा २ लाख लिएको र काम नभए पछि १ लाख फिर्ता गरेको छ अझै १ लाख लिन बाँकि रहेको छ” उनले साझा सबालसँग भने। यस विषयमा साझा सवालले साई ग्लोबल करियरसँग जानकारी लिन खोज्दा सम्पर्क हुन सकेन।

घटना ३.

कास्कीका राज कुमार आलेलाई पोल्याण्ड पठाउने भन्दै ग्वार्कोमा रहेको दृष्मा ओभरसिजले २०७४ साउन २२ मा नबिल बचत तथा सहकारी संस्थामा १ लाख रकम जम्मा गर्न लगाएको थियो। तर पोल्याण्ड पठाउन नसकेपछि आफ्नो रकम फिर्ता माग गर्दा २०७४ माघ मसान्तसम्म तिरेको रकमको १० प्रतिशत व्याज सहित फिर्ता गर्ने गरि कागजमा कम्पनीको तर्फबाट सन्दिप तामाङले हस्ताक्षर गरेपनि आजसम्म रकम फिर्ता नभएको आलेले बताए।

पोल्याण्ड जान लागत र समय कति ?

सरकारले संस्थागत रुपमा म्यानपावर कम्पनी मार्फत पोल्याण्ड जाँदा सेवा शुल्क ८० हजार ४ सय तोकेको छ। तर त्यस नियम विपरित म्यानपावर तथा एजेन्टहरुले प्रतिव्यक्ति ५ लाख देखि ८ लाख सम्म लिने गरेको गुनासो आउने गरेको छ ।

म्यानपावर कम्पनीले डिमाण्ड स्वीकृती लिए पश्च्यात डिमाण्ड अनुरुप भिषा प्रक्रिया देखि श्रम स्वीकृति सम्म निकाल्न सामान्य अवस्थामा पनि ४ महिना सम्म लाग्ने  म्यानपावर व्यवसायी बताउँछन् । तर अहिले भिषा प्रक्रियाको लागि कम्तिमा पनि ६/७ महिना लाग्ने व्यवसायीहरुको भनाइ छ।  

प्रमाण भए कारवाही गर्छौं : महानिर्देशक, बैदेशिक रोजगार विभाग  

बैदेशिक रोजगार विभागका महानिर्देशक डा. भीष्म भुसालले पोल्याण्ड  पठाउने नाममा ठगीका प्रमाण भेटीए कानुन सम्मत तरिकाले कारवाही गर्न तयार रहेको बताएका छन्। पोल्याण्ड पठाइदिने भन्दै विभिन्न म्यानपावरले कामदार ठगि गरेको गुनासो आएको छ, विभागले पीडितका गुनासा सम्बोधन गर्छ ? भन्ने साझा सवालको प्रश्नमा महानिर्देशक भुसालले भने “पीडित वा कसैले प्रमाण सहित केहि जानकारी विभागलाई दिएमा हामी तत्काल छानविन प्रक्रिया शुरु गर्छौं, दोषी देखिए कारवाही गर्छौं ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु