2026-10-16 04:41 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

साझासबाल समाचार प्रभाव : मलेसियाको लागि सेक्युरिटी क्लियरेन्स गराउने जिएसजीमा विभागको छापा

मनोज पराजुली | बैशाख ३१, काठमाडौं | बैदेशिक रोजगार विभागले मलेसिया जाने कामदारको अध्यागमन सुरक्षा जाँच गर्ने जीएसजी कम्पनीमा पनि छापा मारेको छ । मलेसिया जाने नयाँ कामदारबाट प्रतिव्यक्ति ३२ सय संकलन गरिरहेको पाइएपछि विभागले मंगलबार छापा हानेको हो ।

जीएसजी सर्भिस नेपालले आईएससी अर्थात् इमिग्रेसन सेक्युरिटी क्लियरेन्स गराउन  कामदारबाट प्रतिव्यक्ति ३ हजार ३२ सय रुपैयाँ उठाइरहेको विषयमा साझा सबालले यसअघि  निरन्तर समाचार प्रकाशित गरेको थियो ।

अनुगमनको क्रममा विभागको टोलीले जिएसजीसंग कामदारको तथ्याङ्क माग गरेको थियो तर जिएसजीले मलेसियन राजदूतावासको अनुमतिबिना दिन मिल्दैन भन्दै एक दिनको समय माग गरेको छ । 

जीएसजी सर्भिस नेपाल कम्पनीका निर्देशक निशान पन्तले सबै डाटा मलेसियन दूतावासको नियन्त्रणमा रहने भन्दै तत्काल अनुगमन टोलीलाई दिन नसकिने बताएका छन्  । उनले कलिङ भिसा आएकाहरुलाई मात्र आईएससी गराइरहेको विभागको अनुगमन टोलीलाई जानकारी गराएका छन् । 

सरकारले गत चैत्र १८ गते बाट मलेसियाको कलिङ भिषा आएका कामदारलाई विधि र प्रक्रिया अनुसार श्रम स्वीकृति दिने निर्णय गरेको थियो तर त्यस विपरित विभिन्न म्यानपावर कम्पनीले पठाएका सयौं नयाँ कामदारले दैनिक जिएसजी लाई ३२ सय तिर्दै आएका छन् । जिएसजी बारे भोलि थप अनुसन्धान हुने विभागका महानिर्देशक डा. भिष्म भुसालले बताए । मलेसिया जानको लागि कलिङ भिषा आएका बाहेक कामदारले तिरेको ३२ सय रुपैया फिर्ता हुन्छ ? भन्ने साझा सबालको प्रश्नमा महानिर्देशक भुसालले भने “हाल अनुसन्धान गर्दैछौं, के गर्ने अनुसन्धान पछि थाहा हुन्छ।” 

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले गत वर्ष जेठ २ गते जिएसजीले लिने शुल्क अबैध भन्दै खारेज गरेका थिए, त्यस पश्च्यात मलेसियाको रोजगारी बन्द छ । 

थप पढ्नुहोस् 

विचरा मलेसिया जाने कामदार ! श्रममन्त्रीलेनै हस्ताक्षर विर्सिदिएपछि अब कसको आश ?

मन्त्री विष्टले अवैध घोषित गरेको जिएसजीले मलेसिया जानेहरुसँग ३२०० अशुल्दै (भिडियो सहित)




प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु