2026-10-16 04:41 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

म्यानपावर व्यवसायीले ७ दिनसम्म कामदार विदेश पठाउन ठप्प पार्ने

मनोज पराजुली, जेठ ३, काठमाडौं । नेपाल बैदेशिक रोजगार व्यवसायी संघले ७ दिनसम्म कामदार विदेश पठाउन ठप्प पार्ने निर्णय गरेका छन् । व्यवसायीका ५ बुंदे माग सम्बोधन नभए आगामी जेठ १७ देखि २३ गतेसम्म बैदेशिक रोजगारमा जाने श्रमिकको उडान बन्द गर्ने निर्णय गरेका हुन् । 

शुक्रवार राजधानीमा वैदेशिक रोजगार व्यवसायी संघले समसामयिक विषयमा छलफल गर्न बोलाएको भेला मार्फत आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन् । सरकारलाई १५ दिनको अल्टिमेटम दिंदै माग सम्बोधन नभए विदेश पठाउन नै रोक्ने पस्ताव व्यवसायी भेला मार्फत सर्वसहमतिले पारित भएको हो ।

वैदेशिक रोजगार ऐनमा व्यवस्था गरिएको धरौटीको व्याज व्यवसायीले पाउनुपर्ने, मर्जर हुने संस्थालाई उपयुक्त सुविधा दिनुपर्ने माग व्यवसायीले गरेका छन् । 

मलेसिया रोजगारी सुचारु गर्न श्रम रोजगार तथा समाझिक सुरक्षा मन्त्रालयमा सुचिकृत भएका मेडिकल सेन्टरबाट स्वास्थ्य परिक्षण गरि नयाँ कामदार पठाउने प्रक्रिया शुरु गर्न सरकार समक्ष माग गरेका छन् ।

 मागपत्र प्रमाणीकरण सहज बनाउन रोजगारदाता कम्पनीलाई user name र passport दिई अनलाइन प्रणालीबाट मागपत्र प्रमाणीकरण गर्न व्यवसायी भेलाले माग गरेका छन्  । साथै व्यवसायीले कामदार पठाए बापत पाउनुपर्ने सेवा शुल्क दक्षिण एसियाली मुलुक अनुसार हुनुपर्ने माग समेत गरेका छन्  । यी मागहरु जेठ १६ गतेसम्म सरकारले सम्बोधन नगरे १७ गतेबाट एक हप्ता विदेश पठाउन ठप्प पार्ने त्यति गर्दा पनि नभए विरोध, संघर्ष र असहयोगका कार्यक्रम तय गरिने संघ अध्यक्ष रोहन गुरुङले बताए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु