2026-10-16 04:40 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विप्लब समूहले दुई नाल बन्दुक किन्न १५ लाख मागेको, तर नदिएपछि बम हानेको खुलाशा (भिडियो)

जेठ ३, काठमाडौँ | नेपाल बैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङले आफूसँग दुई नाल बन्दुक किन्न १५ लाक मागिएको तर आफूले ‘बन्दुक किन्ने हो भन्ने पैसा नदिने’ भनेपछि आफ्नो घरमा बम हानिएको बताएका छन् | शुक्रबार काठमाडौँको बसुन्धरास्थिति मेघा पार्टी प्यालेसमा भएको बिदेशी रोजगार व्यवसायी संघको बिशेष भेलालाई सम्बोधन गर्ने क्रममा अध्यक्ष गुरुङले यसबारे थप खुलाशा गरेका हुन् | 

बैदेशिक रोजगार व्यावसायीहरुको आलोचनालाई स्पष्टिकरण दिने क्रममा उनले आफू व्यवसायीको हक हितमा काम गरिरहेको बताए | अध्यक्ष गुरुङले व्यवसायीहरु धरौटी, मलेसिया ठप्प भएको तथा व्यवसायीको भविष्यनै धरासयी हुने अवस्थामा पुगेको अवस्थामा उक्त समूहले बन्दुक किन्न १५ लाख मागेकोले आफूले नदिएको बताए | उनले भने ‘२ नाल बन्दुक किन्नलाई १५ लाख दिन भन्दै संघमा पत्र आयो, गोली बारुदको लागि पैसा दिइन्न, भनेर पठाएँ |’  उनका अनुसार उक्त समूहले अन्य व्यवसायीसँग मागेर पैसा दिन अनुरोध गरेको थियो | 

गुरुङका अनुसार त्यतिखेर उनले भनेका थिए कि ‘गाउँमा स्कूल बनाउन, स्वास्थ्य सेवा केन्द्र खोल्न वा बाटो बनाउन तपाइँलाई पैसा आवश्यक छ भने त्यो बेलामा बिचार गर्छु तर यो गोली बारुद किन्न मैले पैसा दिन सक्दिन |’ त्यसपछि उक्त समूहले तीन महिनासम्म आफूलाई खेदेको गुरुङले बताए | उनले व्यवसायीहरुमाथि प्रश्न गरे ‘मैले कसको लागि लडें ?’ गुरुङले पछिल्लो समयमा बैदेशिक रोजगार व्यवसायमा सेवारत व्यवसायीहरु पैसा दिन सक्ने हैसियतमा नरहेको भन्दै उक्त समूहलाई भनेपछि त्यसको तीन महिनापछि आफ्नो घरमा बम हानिएको बताए | 

गत फागुनमा अध्यक्ष गुरुङको घरमै रोकि राखेको कारमा बम विस्फोट गराइएको थियो । उक्त बम बिष्फोटमा कार ध्वस्त हुनुको साथै गुरुङको घरमा पनि आगलागीका कारण क्षति भएको थियो । घटनामा गुरुङको घरमा भाडा गरी बस्ने मणिराम पौडेल घाइते भएका थिए । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले उक्त घटनाको जिम्मेवारी लिएको थियो । घटनाको बिरोधमा फागुन २६ गते देशभरका म्यानपावर कम्पनी बन्द गरिएको थियो । सरकारले उक्त घटनाको केही दिनपछी विप्लब नेकपामाथि प्रतिबन्ध लगाउने निर्णय लिएको थियो |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु