2026-10-16 04:40 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

फेसबुकमा आफ्नै फोन नम्बर सार्वजनिक गर्दा ६ लाख गुम्यो !

सास | जेठ ५, काठमाडौँ | बैदेशिक तथा स्वदेशमा रोजगारीको बिभिन्न जानकारीहरु सामाजिक संजाल फेसबुकमा हालिएका हुन्छन् | त्यस्ता पोष्ट देख्ने बित्तिकै सामाजिक संजाल प्रयोग गर्नेहरुले सबैले कमेन्टमा आफ्नो फोन नम्बर सार्वजनिक गरेर आफूलाई फोन गर्न अनुरोध गर्छन् | तर पछिल्लो एक घटना यति अचम्मित खालको छ कि फेसबुकमा पोष्ट गरेको कमेन्टकै कारण दर्जनौं युवाहरु मानव तस्करको चंगुलमा परेको पाइएको छ | 

साझा सबाल मिडियाले केहि समय अघि नेपालका सयौं युवाहरुलाई भिजिट भिषामा थाइल्याण्ड हुँदै लाओस पुर्याई ठगि गरिरहेको खुलाशा गर्दै सृंखलाबद्ध समाचार अपडेट गरेको थियो | त्यस क्रममा लाओस पुर्याई नेपाली युवाहरुलाई रित्याएर नेपाल फर्काउने गिरोहले कसरी पिडित युवाहरुलाई आफ्नो सम्पर्कमा ल्याउन सफल भए भन्ने बारे हामीले अध्ययन गरेका थियौं | यस क्रममा धेरैजसो ठगिमा पर्ने युवाहरुले इमो तथा भाइबर मार्फत आफूलाई फोन आएको बताएका थिए | त्यसपछि पनि प्रश्न रह्यो कि मानव तस्करीमा संलग्नहरुले कसरी नेपाली युवाहरुको फोन नम्बर पाए ? त्यसमा पनि विदेश जान सोच बनाईरहेका युवाहरुकै फोन नम्बर कहाँबाट भेट्टाए भन्ने प्रश्न रह्यो | यस क्रममा पिडित युवाहरुसँग सोध्दा उनीहरु समेत अनभिज्ञ थिए |

पछिल्लो २ बर्षदेखि एकै बाटो प्रयोग गरेर सयौं युवाहरु ठगिने क्रम जारी रहेको बिषयमा हामीले निरन्तर फलोअप समाचार लेख्यौं | यस क्रममा नेपालबाट नेपाल एयरपोर्ट हुँदै थाईल्याण्ड र थाइल्याण्डबाट कम्बोडिया हुँदै लाओस पुर्याउने र आकर्षक बैदेशिक रोजगारको प्रलोभन देखाई युवाहरुसँग ४ देखि ६ लाखसम्म अशुलेर फरार हुने गरेको एक गिरोहको बिभिन्न शिर्षकमा समाचार आए | समाचार भाइरल बनेपछि संचारकर्मीलाई तस्करीमा संलग्नहरुले ज्याननै मार्ने धम्कि पनि दिए | अहिले उक्त ठगि तथा मानव तस्करीको बिषयमा दर्जनौं पिडित युवाहरुको मुद्धाको फाइल केन्द्रीय अनुसन्धान व्युरो (सीआइबी) मा अनुसन्धानको क्रममा छ | 

यसरी पाउँछन् फोन नम्बर 

बैदेशिक रोजगारीको ठूलो सपना देखेर नेपालबाट भिजिट भिषाको भरमा थाइल्याण्ड हुँदै लाओस पुगेका बल बहादुर थापा केहि महिना अघि आफू ठगिएको थाहा पाएर दु:खि हुँदै नेपाल फर्किए | उनिसँगै गएका अन्य २ जना पनि नेपाल फर्किए | उनि ठगिमा परेर नेपाल फर्किएपछी साझा सबाल मिडियामा आईपुगे | उनलाई ठगि गर्ने गिरोहबारे सोधपुछ गर्नेक्रममा एउटा महत्वपूर्ण क्लु मिल्यो | जो अचम्म पार्ने खालको थियो  | पिडित थापा र उनका साथीहरुलाई कसरी त्यो मानव तस्करको समूहले आफ्नो पन्जामा पार्न सफल भयो भन्नेबारे हामीले एउटा निष्कर्ष निकाल्यौं | थाइल्याण्ड तथा कम्बोडिया बसेर उक्त गिरोहले बिभिन्न सामाजिक संजालमा गरिएका कमेन्टको सहारा लिने गरेको खुलाशा भयो | हामीले पिडित थापालाई सोध्यौं ‘तपाइले यो गिरोहको सम्पर्कमा पुग्नु अघि सामाजिक संजालमा आफ्नो फोन नम्बर कतै कमेन्ट गर्नु भएको थियो ?’ थापाले एकछिन् सोच्दै भने ‘अ सर, मैले एउटा म्यानपावरले फेसबुकमा पोष्ट गरेको बैदेशिक रोजगारको डिमाण्डमा मेरो फोन नम्बर कमेन्ट गरेको थिएँ |’ 

पछी अन्य पिडितहरुसँग पनि यसै बिषयमा सोधपुछ गर्दा एकैजसो जवाफ आए | गिरोहले पछिल्लो अवस्थामा कुनै एजेन्ट मार्फत नभई आफै विदेश बसेर नेपालका म्यानपावर तथा जागिरको बारेमा गरिएको पोष्ट हेर्ने र पोष्टमा आएका फोन नम्बर सहितको कमेन्टको आधारमा इमो तथा भाइबर मार्फत युवाहरुसँग सम्पर्क गर्ने गरेको पाइएको छ |

उक्त गिरोहले यसरी फोन नम्बर पाएपछि एउटा व्यक्तिसँग सम्पर्क गर्ने र उसलाई बिभिन्न प्रलोभन र सक्कल जस्तै कागजात देखाई आफ्नो बिश्वासमा पारेपछी उसैलाई एजेन्टजस्तो बनाई उसका साथी-सर्कललाई समेत आफ्नो सम्पर्कमा ल्याउने र बिभिन्न देशमा आकर्षक तलब सहितको रोजगारीको आशा देखाई लाखौ ठगि गर्ने गरेको पाइएको छ | जुन क्रम अझै जारी रहेको साझा सबाललाई जानकारी प्राप्त भएको छ | 

यसैबीच कम्बोडिया र थाइल्याण्डमा बसेर आफूहरुलाई लाओस, क्यानडा तथा कम्बोडियामा रोजगार दिने भनि पिडित बनाइएका युवाहरुले सम्बन्धित निकाय गम्भीर नभएको आरोप लगाएका छन्  | उक्त गिरोहबारे पटक-पटक समाचार आएको तथा केन्द्रीय अनुसन्धान व्युरोमै पुगेर निवेदन दिएको लामो समय बितीसक्दा पनि कुनै कारवाही नभएको पिडितहरुले गुनाशो गरेका छन् | यस बिषयमा मानव बेचबिखन अनुसन्धान व्युरो बबरमहलका प्रहरी नायब उपरीक्षक राज कुमार सिलवालले अनुसन्धानको गहिराईमा पुग्ने काम भईरहेको जानकारी दिए | सिलवालले भने ‘हामीले यो मुद्धामा संलग्न मुख्य व्यक्तिको थप अनुसन्धान गर्दैछौं | यसको लागि छुट्टै योजना बनाएर काम गर्दैछौं |’ सिलवालले मानव तस्करीमा परेका युवाहरुलाई एक पटक कार्यालयमै आएर अनुसन्धानमा सहयोग गर्न आग्रह गरेका छन् | 

केहि समय अघि साझा सबाल मिडियाले तयार पारेको यसैसम्बन्धि रिपोर्ट हेर्नुहोस् 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु