2026-10-16 05:20 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

श्रम तथा रोजगार कार्यालय उचित ठाउँमा सार्न श्रम मन्त्रीको निर्देशन

जेठ ५, धनुषा | श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले जनकपुरस्थित श्रम तथा रोजगार कार्यालय सेवाग्राहीको पहुँच हुने गरी उचित ठाउँमा सार्न निर्देशन दिनुभएको छ ।  

उहाँले कार्यालयको अनुगमन तथा निरीक्षणपछि उक्त निर्देशन दिनुभएको हो ।

प्रदेश नं २ स्थित प्रधानमन्त्री रोजगार कार्यक्रमबारे सङ्घीय, प्रदेश तथा स्थानीय सरकारबीच त्रिपक्षीय समझदारी कार्यक्रमका लागि जनकपुर आउनुभएका मन्त्री विष्टले श्रम कार्यालयको अनुगमन गरी कार्यालयबाट सेवाग्राहीलाई प्रवाह गरिने सेवा सहज ढङ्गबाट उपलब्ध गराउन दिर्नेशन दिनुएको हो । उहाँले कार्यालयको अवस्था र सेवाग्राहीलाई दिइने सेवा सुविधाबारे कार्यालय प्रमुख मनोजकुमार यादवसँग जानकारी लिनुभयो । सो क्रममा प्रमुख यादवले कर्मचारीको अभावमा काम गर्न समस्या भएको बताउनुभयो । 

अनुगमनपछि कार्यालयमार्फत सेवाग्राहीलाई सहज रुपमा सेवा प्रवाह गर्नका लागि आवश्यक भौतिक उपकरण तथा जनशक्तिको समेत व्यवस्थापन गर्न मन्त्री विष्टले निर्देशन दिनुभयो । उहाँले सेवाग्राहीलाई कुनै पनि किसिमको समस्या नहुने गरी सहज तरिकाबाट इमान्दारीपूर्वक सेवा उपलब्ध गराउन र कार्यालय सञ्चालनमा कुनै कठिनाइ भए प्रमुख जिल्ला अधिकारी र मन्त्रालयमा जानकारी गराउन निर्देशन दिनुभयो । यसअघि वैदेशिक रोजगारीमा जाने कामदारले काठमाडौँको ताहचलस्थित श्रम कार्यालयबाट मात्र श्रम स्वीकृति लिँदै आएकोमा सरकारले सात वटै प्रदेशमार्फत पुनः श्रम स्विकृति लिन पाउने व्यवस्था गरेको छ । 

श्रम कार्यालय जनकपुरबाट दैनिक पाँच सयभन्दा बढी वैदेशिक रोजगारमा जाने श्रमिकले सेवा लिँदै आएको श्रम कार्यालय जनकपुरले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु