2026-10-16 06:16 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आएरल्याण्ड पठाइदिने भन्दै अग्रिम अशुलिएको ४ लाख फिर्ता

जेठ ९, काठमाडौँ | बैदेशिक रोजगारीको लागि आएरल्याण्ड पठाउने भन्दै ८ महिना अघि ४ जना युवासँग अग्रिम अशुली भएको चार लाख रकम पिडितहरुले फिर्ता पाउने भएका भएका छन् ।

काठमाडौँस्थित एक म्यानपावर कम्पनिमा एचआर म्यानेजरका रुपमा कार्यरत सुजन तामाङले ८ महिना अघि सर्लाही कविलाशीका ४ युवाहरु जयकिशोर महतो, मदन कुमार यादव, सुजित कुमार र अजय कुमार यादवलाई आएरल्याण्ड पठाइदिने भन्दै जनही १/१ लाख रकम अशुली गरेका थिए । पिडितहरुले बताए अनुसार आएरल्याण्डको लागि प्रति व्यक्ति १३ लाख लाग्ने भन्दै अग्रिम १/१ लाख मागेपछि उनीहरुले बैदेशिक रोजगारी प्रयोजन खुलाई गत असोज १६ गते सिभिल बैंकमार्फत ४ लाख डिपोजिट गरेका थिए । 

बैदेशिक रोजगारीमा जाने आशामा अग्रिम १/१ लाख र पासपोर्ट समेत बुझाएर बसेका उनीहरुलाई ८ महिनासम्म पनि बैदेशिक रोजगारीमा पठाउन नसकेपछि पिडितहरुले पासपोर्ट र पैसा फिर्ता दिन आग्रह गरे तर पिडितहरुलाई बिभिन्न बहाना बनाई झुलाएपछी पिडितहरुले प्रमाण सहित बैदेशिक रोजगार बिभागमा उजुरी दिए । उजुरी लगत्तै म्यानपावर संचालक बिभागमा तानिए । बिभागमा संचालकले आफ्नो म्यानपावरले आएरल्याण्ड पठाउने काम नगरेको तर म्यानपावरसँग आवद्ध कर्मचारीले संचालकहरुले समेत थाहा नदीई पैसा उठाएको बिभागमा आएर मात्र थाहा पाएको भन्दै पिडितहरुबाट उठाइएको रकम फिर्ता गरिदिने लिखित प्रतिवद्धता जनाए । 

लगत्तै बिभागको निर्देशनमा पिडितहरु २ जनाको जनही १/१ लाख रकम फिर्ता भयो भने बाँकी २ लाख आइतबार दिने सहमति भएको छ । पिडितहरुले ८ महिनासम्मको ब्याज दावी गरे पनि ब्याज भने नपाएको गुनाशो गरेका छन् । पिडितहरु मध्ये एक जय किशोर महतोले भने ‘बैदेशिक रोजगारीमा जान पाउने आशामा ऋण मागेर ८ महिना अघि १/१ लाख बुझायौं, न विदेश जान पाइयो, नत ब्याजनै ! नमज्जाले ठगियौं सर ।’ 

पिडितहरुका अनुसार बैदेशिक रोजगार बिभागबाटै पिडितहरुलाई ब्याज नलिन भनेपछि आफूहरुले बिना ब्याज १/१ लाख लिन बाध्य भएको गुनाशो गरेका छन् । पिडित महतोले भने ‘गाउँमा यो पैसाको हामीले ब्याज तिर्नुपर्छ, पुरा ब्याज दिन नसकेपनि आधा मात्र भने पनि दिनु न भन्दा पनि मानेनन् । सम्बन्धित निकायले समेत ब्याज दिने कुरामा ध्यानाकर्षण नगरेपछि बाध्य भएर सावा मात्र लियौं ।’ 

साझा सबाल मिडियाले पिडितहरुसँग ४ लाख अशुली गरेर ८ महिनासम्म झुलाई सावा मात्र फिर्ता दिएको पिडितहरुले गुनाशो गरेपछि म्यानपावरका संचालकहरुलाई यस बिषयमा ध्यानाकर्षण गराउँदा म्यानपावर संचालकले ब्याज दिने बिषयमा पिडित बनाउने सुजन कुमार तामाङसँग कुरा गर्ने बताए । 

साझा सबाल मिडियाले आएरल्याण्ड पठाउने भन्दै पिडितहरुसँग पैसा अशुली गरेका सुजन तामाङसँग जानकारी लिंदा उनले व्यक्तिगत श्रमस्वीकृतिमा आएरल्याण्ड पठाइदिन पैसा लिएर आफूले गल्ति गरेको स्वीकारेका छन् । तामाङले म्यानपावर भीत्र बसेर व्यक्तिगत श्रम स्वीकृतिमा कामदारहरुलाई विदेश पठाईदिन्छु भन्दै पैसा अशुली गरेको घटना सार्वजनिक भएपछि सम्बन्धित म्यानपावर कम्पनीले ति कर्मचारीलाई कारवाही गर्ने जनाएको छ । साथै पिडितहरुको पैसा फिर्ता गर्न तत्पर रहेको म्यानपावरले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु