2026-10-16 06:14 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बैदेशिक रोजगार : ‘अब दलाल समेत समातिने छन् र ठगी मुद्दामा जाकिने छन्’

जेठ ९, काठमाडौँ | बैदेशिक रोजगार बिभागका महानिर्देशक डा. भीष्म कुमार भुसालले एजेन्टका गतिविधि विरुद्ध वैदेशिक रोजगार शुद्धीकरण मिसन चलाउने उदघोष गरेका छन् । प्रत्येक दिन उल्लेख्य संख्यामा वैदेशिक रोजगारीमा ठगिएका पीडितको क्षतिपूर्ति र विभागीय जरिवाना तिर्दा पनि होस नखुल्ने ? उनले फेसबुक स्टाटस मार्फत भनेका छन् “अब क्रमश: दलाल समेत समातिने छन् र ठगी मुद्दामा जाकिने छन् । 

विभागमा हाल दैनिक एजेन्टबाट  ठगिएका भन्दै दर्जनौं उजुरीहरु पर्ने गरेको छ त्यस्ता उजुरीहरु प्रति लक्षित गर्दै उनले अब आक्रमक रुपमा अगाडी बढ्ने घोषणा गरेका हुन् । कामदारका पासपोर्ट होल्ड गर्ने देखि कामदारबाट चर्को शुल्क अशुल गर्ने क्रम नारिकिएको भन्दै विभागले कारवाही प्रक्रियालाई तीव्र पार्न लागेको हो।

सरकारले बैदेशिक रोजगार ऐन २०६४ संसोधन गरि एजेन्ट व्यवस्था खारेज गरेको थियो। खारेज गर्नु अगाडी कुनै एक म्यानपावर कम्पनीको एजेन्टको रुपमा २ लाख रकम धरौटी जम्मा गरेर काम गर्दै आएका थिए। एजेन्ट व्यवस्था खारेज गरेपछि पनि हाल विभिन्न म्यानपावर कम्पनीमा जोडिएर कामदारबाट पासपोर्टका साथै रकम लिने क्रम रोकिएको छैन। 

के गर्दैछ विभाग ?

विभागले म्यानपावर कम्पनीलाई एजेन्ट नियुक्त नगर्न निर्देशन दिइसकेको छ। बैदेशिक रोजगार ऐन २०६४ को दफा ७४ को उपदफा (२) को संसोधित प्रावधान अनुसार आफ्नो प्रतिनिधि नियुक्ति गर्ने व्यवस्था हटेकोले प्रतिनिधि नियुक्ति नगर्न विभागले निर्देशन दिइसकेको छ। 

साथै विभागले म्यानपावर कम्पनीमा कार्यरत कर्मचारीको विवरण तोकिएको ढाँचामा विभाग र श्रम कार्यालय ताहाचलमा उपलब्ध गराउन निर्देशन दिएको छ। सो बिबरण हरेक ६/६ महिनामा अध्यावधिक गर्नुपर्ने व्यवस्था विभागले गरेको छ। कर्मचारीको नाम, ठेगाना, नियुक्ति मिति, नियुक्ति अवधि, सम्पर्क नम्बर सहितको विवरण उल्लेख विभागमा दिनुपर्ने छ। 

बिभागले गत जेठ ३ गतेसम्म इजाजत प्राप्त म्यानपावर कम्पनीहरुलाई आफ्नो सम्पूर्ण विवरण अद्यावधिक गर्न अन्तिम पटक म्याद दिएको थियो । तर उक्त्त समयसीमा भित्र पनि कर्मचारीको विवरण र शाखा संचालन लगायत विवरण सूचना अद्यावधिक गर्न अटेरी ४८ वटा म्यानपावर कम्पनीको अनलाइन कारोबार रोक्का गरिसकेको छ । 

बैदेशिक रोजगार ऐन संसोधन भए पनि नियमावली संसोधन हुन सकेको छैन । विभागले ऐन मार्फत आएको व्यवस्थालाई नियमावली नहुँदा पनि सम्बोधन गर्ने गरि आवश्यक तयारी गरिरहेको महानिर्देशक डा. भीष्म कुमार भुसाल बताउँछन् । हाल म्यानपावर कम्पनीहरुको आधिकारिक कर्मचारीहरुको विवरण संकलन कार्य सकिएको छ उनले भने “यदि कसैको बाँकि छ भने पुष्टि हुनेगरी आएपछि तिनीहरुको पनि अपडेट हुन्छ।” 

अब ऐन प्रतिकुल हुनेगरी नियमावली आउने कुरै छैन तर आउन ढिला भए पनि ऐनको अधिकारमा टेकेर वैकल्पिक कानूनी बाटो लिन विभाग तयार रहेको उनले बताए। भोलिका दिनमा कसैले एजेन्टलाई पैसा दिएको थियो भन्दै विभाग आएमा उहाँहरु कानूनी रुपमा पछाडी पर्नुहुन्छ महानिर्देशक भुसालले भने “सेवाग्राहीले कारोबार गर्दा कम्पनीको आधिकारिक परिचयपत्र, प्रमाणपत्र नहेरी सेवा शुल्क दिनु भएन।” हाल एजेन्ट भन्दै कोहि कसैको पासपोर्ट होल्ड गर्ने काम गरेमा कानूनी रुपमा कारवाही गर्नेगरी विभागले आवश्यक तयारी गरिरहेको भुसालले बताए ।   

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु