2026-10-16 02:38 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

म्यानपावर व्यवसायीको पत्र : ‘श्रममन्त्री विष्टले टेरेनन्, निर्देशन दिनुपर्यो प्रधानमन्त्री ज्यू’

जेठ १०,काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले आफ्ना मागबारे बेवास्ता गरेको भन्दै वैदेशिक रोजगार व्यवसायीहरुले माग पूरा गरिदिन प्रधानमन्त्री समक्ष लिखित निवेदन दिएका छन् । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले प्रधानमन्त्री कार्यालयमा बुझाएको निवेदनमा श्रममन्त्री विष्टले आफ्ना माग पूरै वेवास्ता गरेकाले श्रममन्त्रीलाई निर्देशन दिन माग गरेको छ ।

वैदेशिक रोजगारका समस्या समाधान गरि मर्यादित, स्वस्थ, सुरक्षित र व्यवस्थित गराउनका लागि मौखिक, लिखित रुपमा नै ध्यानाकर्षण गराउंदा समेत श्रम मन्त्रीले बेवास्ता गरेको भन्दै संघले आफ्ना माग पूरा गराउनका लागि प्रधानमन्त्री गुहारेका छन् ।

वैदेशिक रोजगार व्यवसायलाई व्यवस्थित बनाउनुको सट्टा थप अन्यौलग्रस्त, भद्रगोल र असुरक्षित बनाउन थालेको व्यवसायीको आरोप छ । ‘वास्तविक व्यवसायी व्यवसायबाट पलायन हुने अवस्था आएकाले यस व्यवसायमा रहेको समस्या र व्यवसायीले राखेका मागहरु पूरा गर्न श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई निर्देशन दिनु हुने अपेक्षाको साथ सम्माननीयज्यू समक्ष यो निवेदनपत्र पेश गरेका छौं’ निवेदनमा भनिएको छ ।

व्यवसायीले जेठ ३ गते वृहत भेलामार्फत निर्णय नै गरेर ६ बुंदे माग सम्बोधन नभए आगामी जेठ १७ देखि २३ गतेसम्म बैदेशिक रोजगारमा जाने श्रमिकको उडान बन्द गर्ने निर्णय गरिसकेका छन् । त्यति गर्दा पनि नभए विरोध, संघर्ष र असहयोगका कार्यक्रम मार्फत अनिश्चित कालका लागि बैदेशिक रोजगार बन्द गर्ने चेतावनी व्यवसायीले दिसकेका छन् ।

व्यवसाय गर्ने इजाजत लिन राख्ने धरौटी रकमको व्याज पाउने व्यवस्था गर्नुपर्ने, मर्जर हुने संस्थाहरुलाई उपयुक्त छुट, सुविधा र सहुलियत दिनुपर्ने, मन्त्रालयमा सुचिकृत मेडिकल संस्था मार्फत मलेसियामा नेपाली कामदार पठाउने व्यवस्था गर्नुपर्ने लगायतका माग संघले राख्दै आएको छ । तर श्रम मन्त्रालयले व्यवसायीका मागबारे हालसम्म सुनुवाई गरेको छैन ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु