2026-10-16 05:25 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

थाइल्याण्डमा पक्राउ परेका गुरुङलाई नेपाल ल्याइयो, १३ करोड बढीको ठगि आरोप

जेठ ११, काठमाडौँ | मानव बेचबिखन तथा ओसारपसार एवं करोडौँ ठगीको आरोपमा थाइल्याण्डमा पक्राउ परेका भोजपुर हेलौचा घर भई काठमाडौँ गौरीघाट बस्ने ३८ वर्षीय परशुराम गुरुङलाई नेपाल ल्याइएको छ । 

नेपाल प्रहरीको समन्वय, पीडित, थाइल्याण्डस्थित नेपाली राजदूतावास र थाई प्रहरीको सक्रियतामा गत चैतमा थाइल्याण्ड र लाओसको सिमानामा पक्राउ परेका उनलाई आवश्यक प्रक्रिया पुर्याएर शुक्रबार नेपाल ल्याइएको र कानूनी प्रक्रिया शुरु गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

उनी कमल, पारस, मनोज, किम, अधिराज, प्रताप भन्ने नाममा नक्कली फेसबुक आइडी बनाएर ठगी गर्ने गरेको खुल्न आएको छ । सामाजिक सञ्जालबाट वैदेशिक रोजगारसम्बन्धी जानकारी पठाएर आफू क्यानाडाको पिआर होल्डर हो भन्दै नेपालीहरुलाई क्यानाडाको पिआर कार्ड बनाइदिने तथा क्यानडा, फ्रान्स, कोरिया, मकाउ, अष्ट्रेलिया, अमेरिकालगायतका देशमा काममा लगाइदिन्छु भनी प्रलोभन दिँदै पैसा ठग्ने गरेको जनाइएको छ ।

विदेश पठाइदिने भन्दै प्रतिव्यक्ति रु पाँच लाखदेखि रु २० लाख सङ्कलन गरी अहिलेसम्म पीडितबाट अन्दाजी रु १३ करोडभन्दा बढी पैसा ठगेको अनुसन्धानबाट खुलेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

उनले पीडितलाई भ्रमण भिसामा थाइल्याण्डको बैंककसम्म पुर्याई कोठामा बन्धक बनाएर शोषण गर्ने र लगेको डलरसमेत जबर्जस्ती लिने गरेको प्रहरीले जनाएको छ । 

पीडितको उजुरीको आधारमा केन्द्रीय अनुसन्धान ब्यूरोले विसं २०७१ देखि नै मुद्दा दर्ता गरी अनुसन्धान शुरु गरेकामा हालसम्म ५० भन्दा बढीले परशुराम गुरुङको नाममा मानव बेचबिखन तथा ओसारपसार र ठगी मुद्दामा जाहेरी परेको छ । उनलाई पक्राउ गर्न प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाद्वारा गुरुङको नाममा विसं २०७२ असारदेखि नै विदेशमा पत्राचार र समन्वय हुँदै आएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु