2026-10-16 05:28 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चीनद्धारा झन्डै २५०० नेपाली कामदारलाई देश निकालाको निर्णय, आजै ६ सयको सिमापास कब्जा

रेशमराज रोकाया | जेठ १६, हुम्ला | छिमेकी राष्ट्र चीनमा कामको खोजीमा गएका २५ सय हुम्ली युवाको सिमा पास खोसेर नेपाल फिर्ता पठाउने निर्णय गरेको छ । निर्माण सम्वन्धी र घरेलु कामदारको रुपमा चीनको पुराङ्ग काउण्टीमा गएका अधिकाँश कामदार हुम्ली नागरिक हुने गरेका छन् । कामको सिलसिलामा हुम्लाको हिल्सा नाका हुँदै चीनको स्वशासित क्षेत्र तिब्बतको ताक्लाकोटमा पुगेका करिब पच्चिस सय हुम्ली कामदारलाई चीन सरकारको प्रशासनले फिर्ता पठाउने गरेको छ । 

हुम्लीहरुलाई यसरी नेपाल फर्काईदा रोजीरोटी समेत खोसिएको कामदार सुकविर रोकायाले ताक्लाकोटबाट जानकारी दिनुभयो । मे महिनाको पहिलो दिन चिन छोड्न समेत स्थानिय सरकारले उर्दी गरेको छ । 

कोही कामदार एक महिनादेखी काम गरेर बसेको भएता पनि कोही भने भरखरै ताक्लाकोट पुगेको, कमाई केही नगर्दै घर फर्कनु पर्ने अवस्था भएको कारण विचल्ली भएको छ । जेठ पहिलो हप्ता हुम्ली नागरिक पेज फडेराले चिनीया युवतीको हत्या गरी धनमाल लुटपात गर्ने प्रयास गरेपछि त्यहाँ स्थितको प्रशासनले सबै हुम्लीको सिमा पारवहन अनुमति पत्र कब्जामा लगेर हुम्ला फर्काउने निर्णय गरेको हो ।

यो वर्ष हुम्ली करिब २५ सय कामदार चीन पुगेको हुन सक्ने हुम्ला जिल्लाका स्थानिय प्रशासन स्रोतले अनुमान लगाएको छ । आज नै तिब्बतको प्रशासनले करिब छ सय जनाको सिमापास कब्जामा लगेको जानकारी प्राप्त भएको छ । 

माथिको तश्वीरमा: चिनियाँ सुरक्षाकर्मी हुम्ली नागरिकको सिमापास अनुमति पत्र चेकजाँच गर्दै । तश्वीर: रेशमराज रोकाया | साझा सबाल, हुम्ला 

ताक्लाकोटमा वर्षौं देखी व्यवसाय गरेर बसेका हुम्लीको लागि भने यो कारवाही नगरिएको बताईएको छ । उनीहरुले स्वतन्त्र रुपमा व्यापार व्यवसाय गर्न पाउने र घुम्न आउने पर्यटकको हकमा भने अनुमति पाउने व्यवस्थ त्यहाँको स्थानिय प्रशासनले गरेको छ । हरेक वर्ष हुम्ली कामदार चिनको पुराङ्ग काउण्टीमा गएर कामदारको रुपमा मासिक ३० देखी ७० हजार नेपाली रुपैयाँ कमाउने गरेका थिए । कामदारको रुपमा वर्षायाममा ताक्लाकोट र यसका आसपासका बस्तीमा गई मनग्ये आम्दानी गर्ने गरेको थिए । ताक्लाकोट हुम्ला जिल्लाको हरेक सामान आयात र निर्यात गर्ने एक मूख्य स्थलको रुपमा परिचित हुँदै आएको छ । हिल्सा नाका हुँदै हरेक वर्ष नेपाली कामदार त्यस ठाउँमा पुग्ने गरेका छन् ।

हुम्लाबाट जडिबुटी, काठका सामाग्री, हस्तकलाका सामाग्री लगायतको सामान चिनको ताक्लाकोट हुँदै निर्यात हुने गरेको छ भने, नेपालीले भने दैनिक उपभाोग्यको सामान, लत्ताकपडा, निर्माण सम्वन्धी सामाग्री आयात गर्ने गरेका छन् । त्यसै गरी त्यहाँको स्थानिय प्रशासनले दैनिक उपभोग्यको सामानको निर्यातमा पनि कडिकडाउ गरेको पाईएको छ । आवश्यक मात्रामा गएको वर्षदेखी मैदा, खाद्यपदार्थ लगायतका समाग्री मनग्य आयात हुम्ली नागरिकले गर्न पाएका छैनन् । 

हुम्लाका स्थानिय वासिन्दाको लागि भने स्थानिय प्रशासनले प्रदान गरेको सिमा पारवहन अनुमति पत्रको आधारमा पुराङ्ग काउण्टीको स्थानिय सरकारले आवतजावत र कामकाज गर्न दिने गरेको थियो । अन्य जिल्लावासी र देशका नागरिकलाई भने नेपाल स्थित चिनियाँ दुतवासको भिसा अनुमतीले मात्र प्रवेश पाउने गरेका छन् । विशेष गरी हुम्ला हुँदै पुराङ्ग काउण्टीमा मानसरोवर कैलाश दर्शन गर्नको लागि छिमेकी मुलुकका पर्यटक, हुम्ली नागरिक त्यस तर्फ जाने गरेका थिए । चिनियाँ स्थानिय सरकारले गरेको हुम्लीलाई देश निकाला अभियानले हुम्लाको अर्थतन्त्रमा ठूलो धक्का पुग्ने अनुमान गरिएको छ । धेरै पहिले कमाईको लागि भारत जाने गरेका हुम्ली भने दश वर्ष अगाडी देखी चिन नै प्रमुख आयस्रोतको स्थल बन्दै गएको थियो । 

हुम्ला स्थित हिल्सा भन्सार कार्यालयका अध्यागमन अधिकृतलाई यस बिषयमा छलफलका लागि पुराङ काउन्टीको स्थानीय सरकारले बोलाएको र आफूले पनि तपाइँजस्ता संचारकर्मीबाट थाहा पाएको हुम्ला जिल्लाका प्रमुख जिल्ला अधिकारी धोलक प्रसाद ढुंगानाले बताउनुभयो  

बैदेशिक रोजगारीको सबै अपडेट पाउन ‘बैदेशिक रोजगार‘ मोबाइल एप डाउनलोड गर्नुहोस् 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु