2026-09-25 02:09 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

म्यानपावर व्यवसायीको आन्दोलन : विमानस्थल सुनशान बन्दै, उडानमा कटौति

जेठ २०, काठमाडौं । बैदेशिक रोजगार व्यवसायीहरु आफ्ना आन्दोलनको प्रभावकारिता हेर्न त्रिभुवन विमानस्थल पुगेका छन् । कामदार विदेश गइरहेका छन् की छैन भनेर छड्के अनुमगनका लागि व्यवसायी आँफै सोमबार बिहान विमानस्थल पुगेका हुन् । 

उडान हुने समयसम्म विमानस्थलको स्थलगत अवलोकन गर्दा विमानस्थल भित्रको प्रतिक्षालय सुनशान पाइएको नेपाल बैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङले बताए । व्यवसायीका जायज माग सम्बोधन गर्न सरकारलाई दवाब दिनकै लागि उडान ठप्प पार्नु परेको गुरुङको भनाइ छ ।  

बैदेशिक रोजगार व्यवसायीको पहिलो चरणको आन्दोलनका कारण विदेश उडान गर्दै आएका एएरर्लाइन्सको पनि उडान कटौती हुन थालेका छन् । सरकारले आफ्ना ५ बुंदे माग सम्बोधन नगरेपछि व्यवसायी संघले १७ गतेबाट बाट कामदारको लागि टिकट काट्न बन्द गरेर बैदेशिक रोजगारीको उडान ठप्प पार्न निर्णय गरेका थिए । 

व्यवसायीले बैदेशिक रोजगारीका लागि विदेश जाने कामदारहरुको टिकट काट्न बन्द गरेका छन् जसका कारण गत शुक्रबारबाट संस्थागत रुपमा जाने कामदारहरुको संख्यामा एक हप्ताका लागि कटौती भएको हो । तर कतिपय व्यवसायीले संघकै निर्णय विपरित कामदारको टिकट लिएको भन्दै व्यवसायीले नै विरोध गरेका छन् ।

यसै विच एएरअरेबियाको आजको १:४० को उडान लोड कम भएका कारण बेलुकी ८ बजेलाई मर्ज गरिएको एएरलाइन्सले जानकारी दिएको छ । म्यानपावर मार्फत हुने श्रम स्वीकृति मार्फत लिएर जाने कामदार रोकिए पनि पुन: श्रम स्वीकृति लिएर जाने कामदारहरु भने गईरहेका छन् ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले आफ्ना मागबारे बेवास्ता गरेको भन्दै वैदेशिक रोजगार व्यवसायीहरुले माग पूरा गरिदिन प्रधानमन्त्री समक्ष लिखित निवेदन समेत दर्ता गराइसकेका छन् । तर पनि सो मागपत्रबारे हालसम्म कुनै सम्बोधन भएको छैन । संघले प्रधानमन्त्री कार्यालयमा बुझाएको निवेदनमा श्रममन्त्री विष्टले आफ्ना माग पूरै वेवास्ता गरेकाले श्रममन्त्रीलाई निर्देशन दिन माग गरेको थियो ।

व्यवसाय गर्ने इजाजत लिन राख्ने धरौटी रकमको व्याज पाउने व्यवस्था गर्नुपर्ने, मर्जर हुने संस्थाहरुलाई उपयुक्त छुट, सुविधा र सहुलियत दिनुपर्ने, श्रम मन्त्रालयमा सुचिकृत मेडिकल संस्था मार्फत मलेसियामा नेपाली कामदार पठाउने व्यवस्था गर्नुपर्ने लगायतका माग राखेको थियो । तर श्रम मन्त्रालयले व्यवसायीका मागबारे हालसम्म सुनुवाई गरेको छैन ।  

७ दिन उडान ठप्प पार्दा पनि सरकारले वेवास्ता गरे विरोध, संघर्ष र असहयोगका थप कार्यक्रम मार्फत अनिश्चित कालका लागि बैदेशिक रोजगार बन्द गर्ने चेतावनी व्यवसायीले दिसकेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसिया रोजगारीमा सिन्डिकेट र बिचौलिया नियन्त्रणतर्फ नेपाल–मलेसिया वार्ता, श्रमिक भर्ना संयन्त्र सुदृढ गर्ने सहमति नियमापत्तिको सदुपयोग गर्न सांसदहरूलाई सभामुख अर्यालको आग्रह ग्यास आपूर्ति सहज बनाउन सबै शक्ति लगाइरहेका छौँ : मन्त्री साह राष्ट्रिय सभामा लोक सेवा आयोगकाे वार्षिक प्रतिवेदन पेस एमालेको विशेष सङ्कल्प : कमीकमजोरी सच्याउँदै पार्टी रूपान्तरणमा अघि बढ्ने आदिवासी अपाङ्गता भएका महिला तथा किशोरीको नेतृत्व सुनिश्चित गर्न मन्त्री चौधरीको आग्रह बाढीपहिरोको जोखिमपछि राति पृथ्वी राजमार्ग बन्द, बेलुका ८ देखि बिहान ५ बजेसम्म आवागमन रोक एमालेमा सात नेता स्थायी कमिटी सदस्य मनोनित, विद्यादेवी भण्डारीलाई वरिष्ठ नेताको जिम्मेवारी ताप्लेजुङको दोभानमा भीषण आगलागी, करिब १० घर जले प्रधानमन्त्री शाहले भोलि बिहान ४ बजे राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने भारी वर्षाको पूर्वानुमानपछि कुलेखानीमा सतर्कता बढाइयो, तीन स्थानमा साइरन जडान प्रधानमन्त्री राष्ट्रको गौरव प्रतिनिधित्व गर्न जानुभएको हो, ब्रान्डको प्रचार गर्न होइन : सांसद नरबहादुर विष्ट प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित सरकारले असोज ९–११ गते नदीतटीय क्षेत्रका राजमार्ग बन्द गर्ने तयारी गरिरहेको छ : जगदीश खरेल आधाकेजी सुनसहित एकजना भारतीय नागरिक पक्राउ दोहोरो सेवा सुविधा रोक्न कानुन बनाउँदैछौँ : मन्त्री गौतम अविरल वर्षापछि पहिरो खस्दा कान्ति लोकपथ पूर्ण रूपमा अवरुद्ध रास्वपा सांसदले शिक्षा र स्वास्थ्य मन्त्रालयसँग मागे एक हप्ताभित्र जवाफ प्रधानमन्त्री राहत कोषमा १५ अर्ब ५३ करोड रुपैयाँ मौज्दात कांग्रेसको १५औँ महाधिवेशन : देउवा समूहले ५५ जिल्लामा तोक्यो संयोजक