2026-10-16 05:27 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विदेश जानेहरुको मेडिकल गर्न ५१ स्वास्थ्य संस्था छनौट, ७५ संस्थाको मापदण्ड पुगेन

जेठ २७, काठमाण्डौं। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षणका लागि निवेदन दिएर मापदण्ड पुरा गरि छनौट भएका स्वास्थ्य संस्थाको नाम सार्वजनिक गरेको छ । मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार ५१  स्वास्थ्य संस्था सुचिकृतका लागि योग्य देखिएका छन् । 

सुचिकृत भएका संस्थाले धरौटी र सूचीकरण शुल्क जम्मा गरि ७ दिनभित्र श्रम मन्त्रालयमा सम्पर्क गर्न भनिएको छ । निवेदन दिएका १ सय २६ मध्ये ७५ वटा संस्थाले आवश्यक मापदण्ड पुरा नगरेका कारण सूचिकृत हुन नसकेको श्रम मन्त्रालयले जनाएको छ। 

श्रम मन्त्री गोकर्ण विष्टले स्वास्थ्य परीक्षणका लागि सीमित संस्थाले सिन्डिकेट कायम गरेको भन्दै त्यसलाई तोड्न अग्रसरता देखाएका थिए। सोहि अनुरुप मापदण्ड पुग्ने सबै संस्थालाई श्रम मन्त्रालयमा सुचिकृत हुन गत चैत्र १३ आह्वान गरिएको थियो । सरकारले दिएको समयसीमा भित्र १२६ संस्थाले आवेदन दिएका थिए । तिनै आवेदन दिएका संस्थाबाट ५१ वटा संस्था छनौट गरिएको श्रम मन्त्रालयले जनाएको छ ।  स्वास्थ्य परीक्षणका लागि श्रम मन्त्रालयमा यसअघी २२६ संस्था सुचीकृत भएका थिए। 

सूचीकृत हुन आएका स्वास्थ्य संस्थाको मापदण्ड पुगे नपुगेको बारे सरकारले बैशाख ८ गतेदेखि देखि अनुगमन गरेको थियो । अनुमगमनका लागि उपत्यकामा एउटा र उपत्यका बाहिर तीन वटा गरी चार वटा टोली खटाएको थियो । उपत्यकामा खटिएको टोलीलाई अनुमगनका लागि १५ दिनको म्याद र  उपत्यका बाहिर खटिने ३ वटा टोलीलाई १० दिनको म्याद दिइएको थियो । 

चार सदस्यीय अनुगमन टोलीमा स्वास्थ्य मन्त्रालयबाट ३ जना विशेषज्ञ चिकित्सक र श्रम मन्त्रालयबाट एक अधिकृत गरि ४ जनाको टोलीले अनुगमन गरेको थियो । 

मापदण्ड पुरा गरि छनौट भएका स्वास्थ्य संस्थाको नाम हेर्न यहाँ क्लिक गर्नुहोला । 

मापदण्ड पुरा गर्न नसकेका ७५ संस्थाको नाम हेर्न यहाँ क्लिक गर्नुहोला । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु