2026-09-04 01:17 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विदेशमा रहेकालाई मतदानको अधिकार दिलाउन छायाँ श्रममन्त्रीद्वारा सरकारको ध्यानाकर्षण

जेठ २९, काठमाडौं । वैदेशिक रोजगारमा रहेका श्रमिकहरुलाई मतदानको अधिकार दिलाउने तर्फ काम गर्न प्रतिनिधिसभाकी सांसद डा. डिला संग्रौला पन्तले सरकारको ध्यानाकर्षण गराएकी छन् ।  प्रतिनिधिसभाको शुन्य समयमा बोल्दै सांसद पन्तले विदेशमा रहेका लाखौँ नेपाली मतदानबाट वन्चित हुनुपरेको भन्दै उनीहरुलाई पनि समेट्ने गरि काम गर्न सरकारसंग माग गरिन् ।

प्रतिपक्षी नेपाली काँग्रेसले गठन गरेको छायाँ सरकारको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयकी संयोजक रहेकी पन्तले भनिन् ‘श्रमिकले यस विषयमा सर्वोच्च अदालतले यसअघि नै दिएको आदेश कार्यान्वयमा सरकार किन मौन छ ?’  सर्वोच्चले २०७४ चैत्र ११ गते विदेशमा रहेका नेपालीलाई पनि मतदानको व्यवस्था मिलाउन सरकारका नाममा परमादेश जारी गरेको थियो । 

उनले योगदानमा आधारित सामाजिक सुरक्षाको कार्यान्वयनको अवस्था के छ भन्ने प्रश्न गर्दै सो कार्यक्रम कार्यान्वयनमा हालसम्म रोजगारदाता सूचीकरण र श्रमिकहरुको सूचीकरण एक प्रतिशत पनि हुन नसकिरहेको धारणा राखिन् । यो अवस्थामा श्रमिकहरुले विगतमा पाइरहेको सुरक्षा योजना पनि नपाउने र नयाँ योजनामा पनि जान नसक्ने अवस्थाले थप जटिलता सिर्जना भएको उनको भनाई थियो । यस विषयमा सरकारले ठोस कार्यक्रम बनाउनु पर्ने उनको माग थियो ।

साँसद संग्रौलाले सुरक्षा योजनाले केवल संगठित योजनालाई मात्रै समेट्ने तर कुनै पनि सुरक्षा योजनाको छाता भित्र नरहेको अनौपचारिक क्षेत्रका श्रमिकहरुको लागि सरकार के गर्दैछ भनेर प्रश्न गरिन् ।

यसैगरी हाल सरकारले गरेको न्यूनतम ज्याला नीजि क्षेत्रका विद्यालय, नर्सिङहोम लगायत थुप्रै कलकारखाना तथा उद्योगहरुमा लागू नभएको अवस्था रहेको भन्दै त्यसको कार्यान्वयनका लागि सरकारले के कसरी अनुगमन गर्दैछ भनेर श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको ध्यानाकर्षण गराइन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्य बढ्यो पोखरामा कार फेवातालमा खस्दा दुई भारतीय नागरिकको मृत्यु गगन थापा विज्ञ टोलीसहित आज रसुवा जाँदै भोटेकोशी बाढीपछि त्रिशूली–३ ‘ए’ सुरुङमा फसेका दुई जनाको जीवितै उद्धार विपत्ति र चुनौतीमा धैर्य तथा कर्मको परीक्षा हुन्छ : प्रधानमन्त्री बालेन भोटेकोशी बाढीपीडितका लागि नेकपाले प्रधानमन्त्री राहत कोषमा २५ लाख जम्मा गर्‍यो स्रोत नखुलेको पाँच लाख रुपैयाँसहित एक भारतीय नागरिकलाई पक्राउ प्रतिनिधिसभाको बैठक ६ दिनका लागि स्थगित, अर्को बैठक भदौ २४ गते बस्ने मन्त्रिपरिषद बैठकका निर्णयहरू सार्वजनिक राहतको रकम एक रुपैयाँ पनि अन्यत्र खर्च गर्न पाइँदैन : रास्वपा प्रवक्ता खरेल भदौ २२ मा राष्ट्रिय शोक दिवस, २३ गते जेनजी सहिद दिवसमा सार्वजनिक बिदा विपद् र शोकको घडीमा सरकारको साथमा छौँ : रास्वपा सरकारले प्रविधि छैन भनेर हात उठाउन पाउँदैन : सांसद बराल रसुवा बाढीमा टनेलभित्र फसेकाको उद्धारमा सरकार चुक्यो: एमाले सांसद बराल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास अभाव लाङटाङ खोला जलविद्युत आयोजनाको सुरुङबाट दुई जनाको शव निकालियो प्रतिनिधिसभाको बैठक सुरु मन्त्रिपरिषद्को बैठक बस्दै भोटेकोशी बाढीको क्षति र जोखिम न्यूनीकरणबारे प्रधानमन्त्री शाहलाई पुनका सुझाव कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै