2026-10-16 05:27 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बैदेशिक रोजगार ब्यवसायी संघको निर्वाचनका लागि फोरमद्वारा उम्मेद्वारी आह्वान

जेठ ३०, काठमाडौँ । नेपाल लोकतान्त्रिक बैदेशिक रोजगार ब्यवसायी फोरमले नेपाल बैदेशिक रोजगार व्यवसायी संघको आगामी निर्वाचनका लागि उम्मेद्वारी  दिन इच्छुक भए नाम टिपाउन व्यवसायीहरुमा आह्वान गरेको छ। फोरम अध्यक्ष हंशराज वाग्लेद्वारा एक सूचना जारि गर्दै  संघको सदस्य देखी अध्यक्ष सम्मका पदहरुमा उम्मेद्वारी दिन योग्यता पुगेकाहरुले नाम दर्ता गराउन अनुरोध गरिएको छ ।

फोरमका सदस्यले आफु कुनै पदमा आकाँक्षी भएमा भोली/शुक्रवार १ बजे भित्रमा आफुले उम्मेदवारी बन्न चाहेको पद उल्लेख गरी फोरमको कार्यालय नयाँबानेश्वरमा नाम दर्ता गराउन सक्नेछन् ।  नाम दर्ता प्रश्चात फोरमका संस्थापक अध्यक्ष ,पूर्व अध्यक्षज्यूहरु, सल्लाहकारहरुको सल्लाह सुझाव बमोजिम आँकाक्षीहरु मध्येबाट नेपाली कांग्रेस पार्टीको केन्द्रिय प्रतिनिधिको रोहवरमा फोरमको कार्यसमितिले उपयुक्त उम्मेदवार छनोट गर्ने जनाइएको छ । उम्मेद्वारी दिन चाहेको पदमा आफनो नाम टिपाउन चाहने आँकाक्षीहरुले लोकतान्त्रिक फोरमको तिनुपर्ने लेवी अनिवार्य बुझाउनु पर्ने जनाइएको छ ।

व्यवसायी संघले आगामी आषाढ २७ गते साधारण सभा र निर्वाचनको मिति तय गरिसकेको छ। संघ कार्य समितिको कार्यकाल दुई वर्षको हुने व्यवस्था छ जसअनुरुप आगामी असार ३० गते संघ कार्यसमितिको कार्यकाल सकिंदैछ।

गत निर्वाचनमा प्रगतिशील निकट व्यवसायीको समुहले बहुमत सिट जितेको थियो तर नेकपा सरकार हुँदा पनि व्यवसायीका माग सम्बोधन गर्न नसकेको भन्दै कांग्रेस निकट व्यवसायीले संघको कार्यशैली प्रति आलोचना गर्दै आएका छन् ।

यस पटक सरकारले म्यानपावर कम्पनीको धरौटी वृद्धि गराउँदा संघले प्रभावकारी भूमिका नखेलेको भन्दै व्यवसायीहरु संघ प्रति रुष्ट देखिएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु