2026-10-16 05:11 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जेठ महिना: म्यानपावरले २१ देशको लागि अन्तिम श्रम-स्वीकृति लिए (कुन देशमा कति ?)

असार ४, काठमाडौँ | बैदेशिक रोजगारीको लागि गत जेठ महिनाभरि बिभिन्न २१ देशको लागि १८ हजार ९५२ जनाले अन्तिम श्रम स्वीकृति लिएका छन् | जस मध्ये १ हजार ५२१ जना महिलेले अन्तिम श्रम स्वीकृति लिएका छन् | 

बैदेशिक रोजगार बिभागले दिएको रिपोर्ट अनुसार जेठ महिनामा सबैभन्दा बढी कतारको लागि ४ हजार ७९१ जनाले अन्तिम श्रम स्वीकृति लिएका छन् | त्यस्तै दोश्रो नम्बरमा युएईको लागि ४ हजार ७८६ जनाले अन्तिम श्रमस्वीकृति लिएका छन् | युएईमा कतारमा भन्दा ५ जना बढीले अन्तिम श्रम स्वीकृति लिएका हुन् | 

त्यस्तै तेश्रो नम्बरमा साउदीको लागि म्यानपावर मार्फत ४ हजार ६१० जनाले अन्तिम श्रम स्वीकृति लिएका छन् | जेठ महिनामा युएई जानको लागि श्रम स्वीकृति लिने महिलाको शंख्या सबैभन्दा बढी छ | युएईको लागि जेठमा ५५५ जना, कतारको लागि २८० जना, साइप्रसको लागि १७२ जना, साउदीको लागि १५२ जना र टर्किको लागि ७७ जना महिलाले अन्तिम श्रम स्वीकृति लिएका छन् | 

कुन देशको लागि कति जनाले श्रम स्वीकृति लिए हेर्नुहोस् 

21. PANAMA (4 जना)

20. Hong Kong SAR,China (7 जना)

19. China (10 जना)

18. Japan (11 जना)

17. Algeria (11 जना) 

16. Macau SAR,China (18 जना)

15. Afghanistan (36 जना) 

14. MALTA (40 जना)

13. Poland (42 जना)

12. Jordan (73 जना)

11. Portugal (75 जना)

10. Romania (148 जना)

9. Turkey (167 जना)

8. Cyprus (189 जना)

7. Oman (227 जना)

6. Bahrain (329 जना) 

5. Malaysia (1923 जना)

4. Kuwait (1455 जना)

3. Saudi Arabia (4610 जना)

2. UAE (4786 जना) 

1. Qatar (4791 जना)

जेठमा कुल ४३ हजार ६५४ जनाले लिए श्रम स्वीकृति 

बैदेशिक रोजगारीका लागि गत जेठ महिनाभर ७८१ म्यानपावर कम्पनीले बिभिन्न देशमा रोजगारीको लागि कामदारको श्रम स्वीकृति लिएका छन् | बैदेशिक रोजगार बिभागको रिपोर्ट अनुसार गत महिनाभर संस्थागत र व्यक्तिगत तवरले बैदेशिक रोजगारीको लागि श्रम स्वीकृति लिनेको कुल शंख्या कुल ४३ हजार ६५४ जना रहेको छ | जसमा महिलाको शंख्या २ हजार ७५३ जना रहेको छ | 

त्यस्तै रिपोर्ट अनुसार जेठ महिनामा व्यक्तिगत रुपमा अन्तिम श्रम-स्वीकृति लिएर बैदेशिक रोजगारीमा जानेमा नयाँतर्फ ८६९ जना र रि-इन्ट्री तर्फ २२ हजार २३८ जनाले श्रम स्वीकृति लिएका छन् | 

रिपोर्ट अनुसार जेठमा सबैभन्दा बढी श्रम स्वीकृति लिने म्यानपावरमा रिभर ओभरसीस पहिलो नम्बरमा छ, उसले ३ सय ६५ जनाको श्रम स्वीकृति लिएको छ | त्यस्तै दोश्रोमा पाराडाइज इन्टरनेशनलले ३४४ जनाको श्रम स्वीकृति लिएको देखिएको छ | त्यस्तै तेश्रो नम्बरमा एसओएस म्यानपावरले ३०८ जनाको श्रम स्वीकृति लिएको छ | 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु