2026-09-04 01:17 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एजेन्टमुक्त बैदेशिक रोजगारमा गम्भीर प्रश्न: १२०० युवालाई कसले ल्यायो काठमाडौँ ?

अनिल अधिकारी | असार ५, काठमाडौँ | काठमाण्डौका तीन म्यानपावर कम्पनीले कुनै राष्ट्रिय पत्रिका तथा अनलाइनमा समेत बिज्ञापन नदिई १२०० युवालाई एकाएक कसरी काठमाडौँमा उतार्न सक्यो भन्ने गम्भीर प्रश्न यतिखेर खडा भएको छ । यो घटनाले नेपाली युवामाझ बैदेशिक रोजगारीमा पठाउनमा एजेन्टहरु कतिसम्म सक्रिय छन् भन्ने स्पष्ट थाहा हुन्छ । 

बैदेशिक रोजगार बिभागले जेठ २३ गते औपचारिक रुपमै सूचना जारी गरेर बैदेशिक रोजगारीको क्रममा एजेन्टले कुनै भूमिका खेल्न नपाउने भनेको छ तर बुधबार एजेन्टकै सक्रियतामा ग्राउण्ड क्लिनरको काममा साउदी पठाउने भन्दै बिभिन्न तीन म्यानपावरले पूर्व स्वीकृतिविनै गैरकानुनी रुपमा नेपाली युवालाई अन्तर्वार्ता लिंदै गर्दा बैदेशिक रोजगार बिभागले छापा मार्यो । काठमाण्डौका फजल ओभर्सिज प्रालि, अलहायात ओभर्सिज प्रालि र मिता ओभर्सिज प्रालिले हज यात्रीका रुपमा साउदीमा एक महिनादेखि ४५ दिनको काम पाउने भन्दै प्रतिव्यक्ति ५० हजार रुपैयाँसम्म उठाएर अनुपम होटलमा अन्तर्वार्ता लिइरहेको भन्ने सूचना संचार माध्यम तथा वैदेशिक रोजगार विभागलाई प्राप्त भएको थियो ।

बिभिन्न स्रोतबाट सूचना प्राप्त भएपछि बिभागको छापाअघिनै अन्तर्वार्ता स्थल पुगेको साझा सबाल मिडियाले अन्तर्वार्ता दिएर बाहिर बसेका युवाहरुसँग अन्तरक्रिया गरेको थियो । उक्त क्रममा अधिकांश युवाहरुले आफूहरुलाई एजेन्टले साउदीको  लागि अन्तर्वार्ता भन्दै काठमाडौँ बोलाएको बताएका छन् । केहि युवाले भने साथीहरुको सूचनाको आधारमा आफूहरु काठमाडौँ आएको बताएका छन् । कतिपय युवाहरु आफ्नो पासपोर्ट एजेन्टसँग भएकोले एजेन्टलाई कुर्दै बसेको भन्दै अन्तर्वार्ता स्थलबाहिरै बसिरहेको भेटिन्थे । झन्डै आधा घण्टामा हामीले २० भन्दा बढी फरक-फरक ग्रुपका युवाहरुसँग सोध्ने क्रममा अधिकांशलाई एजेन्टले नै काठमाडौँ बोलाएको थियो । अधिकांश युवाहरुलाइ एजेन्टले ४० देखि ५० हजारमै साउदी पठाउने भन्दै काठमाडौँ बोलाएका थिए । उनीहरुलाई मेडिकल समेत गर्नुनपर्ने भनिएको थियो । 

लगत्तै बिभागको टोली अन्तर्वार्ता स्थल आउँदा सयौंको शंख्यामा युवाहरुले लाइनमा बसेर अन्तर्वार्ताको पालो कुर्दै थिए । बैदेशिक रोजगार बिभागसँग जम्मा ५३ जना कामदारको अन्तर्वार्ताको लागि स्वीकृति लिएर १२०० युवाको अन्तर्वार्ता लिंदै गर्दा अनुपम फुड ल्याण्डको अन्तर्वार्ता स्थलमा साउदी दुतावासको गाडी देखिएको थियो । कतिपय युवाहरु पास भईयो भन्दै अन्तर्वार्ता दिएर बाहिरिदै थिए । केहि युवाहरु जम्मा ४५ दिनको काम रहेछ भन्दै अन्तर्वार्ता दिने/नदिनेमै अन्यौल देखिन्थे । म्यानपावरले अबैधानिक कामको लागि अन्तर्वार्ता लिंदै गर्दा साउदी दुतावासका कर्मचारीको समेत उपस्थितिले साउदी दुतावासको संयन्त्र बारे पनि गम्भीर प्रश्न खडा भएको छ ।

बिभागले छापा हान्ने क्रममा साउदी दुतावासका कर्मचारीहरुको तश्वीर संचारकर्मीहरुले कैद गरेको थाहा पाएर दुतावासका कर्मचारीहरु अत्तालिएका थिए । पछी प्रहरीले अन्तर्वार्ता दिन लाइन बस्दै गरेका सयौं युवाहरुलाई अन्तर्वार्तास्थलबाट हटाएको थियो । बाहिर रहेका युवाहरुले साउदी दुतावासको गाडी तोडफोड गर्न सक्ने ठानेर दुतावासका कर्मचारीहरु अर्कै बाटो हुँदै बाहिरिएका थिए । 

म्यानपावरले २०१७ मा स्वीकृति लिएको कागजात देखाई २०१९ मा अन्तर्वार्ता लिने स्वीकृति कसरी पाए ? त्यसमा पनि ५३ जना भनेर १२ सय बढी युवालाई अन्तर्वार्तामा बोलाइयो । यसअघि पनि सोहि प्रकृतिमा कामदारलाई २ वर्षको श्रम हुन्छ, भन्दै साउदी लगेर कामदारहरुलाई २ महिनामै नेपाल फर्काइएको प्राय सबै म्यानपावरलाई थाहा छ । साउदीको सोहि कम्पनीले यसअघि ३५ देखि ४० दिनको लागि नै कामदार लैजाने गरेको पाइको छ । कामदारले त्यतिबेला १६ घण्टा काम गरेर जम्मा ३० हजार तलब पाएको बताइएको छ । यस्तो अवस्थामा जम्मा ४५ दिनको कामको लागि बैदेशिक रोजगार बिभागले स्वीकृति समेत दिन मिल्ने प्रकृतिको भिषामा नेपाली युवालाई म्यानपावर तथा एजेन्टले सिधै ठगि गर्ने नियतले साउदी पठाउन लागेको स्पष्ट छ । बैदेशिक रोजगार बिभागले एजेन्टमुक्त गरेको देशका युवाहरु फेरी पनि तिनै एजेन्टको चंगुलमा पर्दै गर्दा भोली पनि यस्ता घटना दोहोरिन सक्ने देखिन्छ ।

छापा हान्ने क्रममा म्यानपावर संचालकहरुले आफूहरुले ४०/५० हजार नउठाएको दावी गर्दै एजेन्टहरुले उठाएको भए आफूलाई थाहा नभएको भनि पानी माथिको ओभानो बन्न खोजेका छन् । तर एजेन्ट मार्फत कामदार विदेश पठाउन नपाउने नीति लिईएको बेला त्यहि एजेन्टको बलमा हजारौं कामदारलाई झुटो आस्वासन दिएर काठमाडौँ ल्याउने म्यानपावरलाई सरकारले के कारवाही गर्ला ? ४५ दिनको लागि साउदी पठाउन लागेको तर बिभागलाई २ बर्षको करार अनुमति लिएको २०१७ को कागजात पेस गर्दा बिभागले यो घटनालाई कसरी हेर्ला ? लगायत बिबिध प्रश्न विदेश जाने आशामा एजेन्ट तथा म्यानपावरको चंगुलमा परि काठमाडौँ आएका १२०० युवाले तेर्स्याएको गम्भीर प्रश्न हुन् । ४५ दिनको लागि ३०/३५ हजार कमाउन ५० हजारसम्म तिरेर विदेश जान तयार युवाहरुले संचार मध्यमसँगको अन्तरक्रियामा प्रधानमन्त्री स्वरोजगार कार्यक्रमबारे आफूलाई थाहा नभएको बताउदै गर्दा सरकारकै नीति तथा कार्यक्रमको प्रभावकारितामा पनि गम्भीर प्रश्न उठेको छ । 

सम्बन्धित भिडियो 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्य बढ्यो पोखरामा कार फेवातालमा खस्दा दुई भारतीय नागरिकको मृत्यु गगन थापा विज्ञ टोलीसहित आज रसुवा जाँदै भोटेकोशी बाढीपछि त्रिशूली–३ ‘ए’ सुरुङमा फसेका दुई जनाको जीवितै उद्धार विपत्ति र चुनौतीमा धैर्य तथा कर्मको परीक्षा हुन्छ : प्रधानमन्त्री बालेन भोटेकोशी बाढीपीडितका लागि नेकपाले प्रधानमन्त्री राहत कोषमा २५ लाख जम्मा गर्‍यो स्रोत नखुलेको पाँच लाख रुपैयाँसहित एक भारतीय नागरिकलाई पक्राउ प्रतिनिधिसभाको बैठक ६ दिनका लागि स्थगित, अर्को बैठक भदौ २४ गते बस्ने मन्त्रिपरिषद बैठकका निर्णयहरू सार्वजनिक राहतको रकम एक रुपैयाँ पनि अन्यत्र खर्च गर्न पाइँदैन : रास्वपा प्रवक्ता खरेल भदौ २२ मा राष्ट्रिय शोक दिवस, २३ गते जेनजी सहिद दिवसमा सार्वजनिक बिदा विपद् र शोकको घडीमा सरकारको साथमा छौँ : रास्वपा सरकारले प्रविधि छैन भनेर हात उठाउन पाउँदैन : सांसद बराल रसुवा बाढीमा टनेलभित्र फसेकाको उद्धारमा सरकार चुक्यो: एमाले सांसद बराल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास अभाव लाङटाङ खोला जलविद्युत आयोजनाको सुरुङबाट दुई जनाको शव निकालियो प्रतिनिधिसभाको बैठक सुरु मन्त्रिपरिषद्को बैठक बस्दै भोटेकोशी बाढीको क्षति र जोखिम न्यूनीकरणबारे प्रधानमन्त्री शाहलाई पुनका सुझाव कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै