2026-10-16 06:20 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एक महिनामै ५७ म्यानपावर बिरुद्ध ११० वटा उजुरी, कुन-कुन म्यानपावर अगाडी ?

अनिल अधिकारी | असार ५, काठमाडौँ | बैदेशिक रोजगारीको क्रममा ठगि गरेको, विदेश पुर्याई अलपत्र पारेको, समस्याग्रस्त कम्पनीमा पठाएको, तोकिएभन्दा बढी शुल्क लिएको लगायत बिभिन्न बिषयमा गत जेठ महिनामा मात्रै ११० उजुरी परेका छन् | उजुरीमा ५७ म्यानपावरहरुको नाम मुछिएका छन् |

सबैभन्दा बढी उजुरी पर्पल एच.आर. सर्भिस प्रा.लि. को नाममा छ | जेठमा मात्र उसको नाममा ३१ उजुरी परेका छन् | बैदेशिक रोजगार बिभागले उक्त म्यानपावरको सम्पूर्ण कारोबार रोक्का गरेर अनुसन्धान गरिरहेको छ | 

त्यस्तै उजुरीको दोश्रो नम्बरमा दृष्मा ओभरसिज छ, उसलाई ५ उजुरी परेको छ | बैदेशिक रोजगार बिभागले दृष्माको पनि सम्पूर्ण कारोवार रोकेको छ | 

त्यस्तै इगल ओभरसिज सामाखुसीको पनि बिभागल कारोवार रोक्का राखेको छ | उसलाई जेठ महिनामा मात्र ३ उजुरी परेको छ | 

बिभागको अनुसार यस अघिकै निर्णयले लाइसेन्सनै खोसिएको स्टामफोर्ड ब्रिज इन्टरनेशनल सर्भिस बिरुद्ध जेठमा २ उजुरी परेका छन् |  

बिभागले जेठ महिनामा २ भन्दा बढी उजुरी परेर कारोवार रोक्का राखेका थप दुई म्यानपावरहरुमा भेरी ओभरसिज (गौशाला) लाई ३ उजुरी र डन इन्टरनेशनल ग्रुप (टोखा, काठमाडौँ) रहेका छन् | 

११ महिनामा १८१३ उजुरी, झन्डै ७४ करोडको मागदावी 

बैदेशिक रोजगार बिभागको अनुसार यो आर्थिक वर्षको ११ महिनासम्ममा संस्थागत र व्यक्तिगत गरि १८१३ उजुरी परेको छ | संस्थागत तर्फ १०९२ उजुरी परेको छ भने २४ करोड ६८ लाख ७० हजार ९२४ को माग दावी गरिएको छ | त्यस्तै व्यक्तिगत तर्फ कुल ७२१ उजुरी परेकोमा माग दावी भने ४९ करोड २८ लाख ४० हजार ६३४ रुपयाँ छ | यसरी हेर्दा संस्थागत भन्दा व्यक्तिगत रुपमा बैदेशिक रोजगारीको क्रममा ठगिनेहरु बढी रहेको देखिन्छ | 

बिभागले पछिल्लो ११ महिनामा जम्मा ११ म्यानपावरमा अनुगमन गरेको छ | तयस्तै बैदेशिक रोजगारीको क्रममा समस्यामा परेका ५ जनाको उद्दार गरेको छ | बिभागको रेकर्ड अनुसार उजुरी गरि मागदावी गरेको मध्ये बिभिन्न म्यानपावरवाट ९ करोड १५ लाख ७४ हजार ७८४ रुपयाँ पिडितले फिर्ता पाएका छन् | 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु