। असार ५, काठमाडौँ । बैदेशिक रोजगारीको क्रममा ठगि गरेको, विदेश पुर्याई अलपत्र पारेको, समस्याग्रस्त कम्पनीमा पठाएको, तोकिएभन्दा बढी शु"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... । असार ५, काठमाडौँ । बैदेशिक रोजगारीको क्रममा ठगि गरेको, विदेश पुर्याई अलपत्र पारेको, समस्याग्रस्त कम्पनीमा पठाएको, तोकिएभन्दा बढी शु"/>
2026-11-25 04:02 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एक महिनामै ५७ म्यानपावर बिरुद्ध ११० वटा उजुरी, सबैभन्दा अगाडी पर्पल एच आर म्यानपावर

अनिल अधिकारी । असार ५, काठमाडौँ । बैदेशिक रोजगारीको क्रममा ठगि गरेको, विदेश पुर्याई अलपत्र पारेको, समस्याग्रस्त कम्पनीमा पठाएको, तोकिएभन्दा बढी शुल्क लिएको लगायत बिभिन्न बिषयमा गत जेठ महिनामा मात्रै ११० उजुरी परेका छन् । उजुरीमा ५७ म्यानपावरहरुको नाम मुछिएका छन् ।

सबैभन्दा बढी उजुरी पर्पल एच.आर. सर्भिस प्रा.लि. को नाममा छ | जेठमा मात्र उसको नाममा ३१ उजुरी परेका छन् । बैदेशिक रोजगार बिभागले उक्त म्यानपावरको सम्पूर्ण कारोबार रोक्का गरेर अनुसन्धान गरिरहेको छ ।

त्यस्तै उजुरीको दोश्रो नम्बरमा दृष्मा ओभरसिज छ, उसलाई ५ उजुरी परेको छ । बैदेशिक रोजगार बिभागले दृष्माको पनि सम्पूर्ण कारोवार रोकेको छ ।

त्यस्तै इगल ओभरसिज सामाखुसीको पनि बिभागल कारोवार रोक्का राखेको छ । उसलाई जेठ महिनामा मात्र ३ उजुरी परेको छ ।

बिभागको अनुसार यस अघिकै निर्णयले लाइसेन्सनै खोसिएको स्टामफोर्ड ब्रिज इन्टरनेशनल सर्भिस बिरुद्ध जेठमा २ उजुरी परेका छन् ।

बिभागले जेठ महिनामा २ भन्दा बढी उजुरी परेर कारोवार रोक्का राखेका थप दुई म्यानपावरहरुमा भेरी ओभरसिज (गौशाला) लाई ३ उजुरी र डन इन्टरनेशनल ग्रुप (टोखा, काठमाडौँ) रहेका छन् ।

११ महिनामा १८१३ उजुरी, झन्डै ७४ करोडको मागदावी 

बैदेशिक रोजगार बिभागको अनुसार यो आर्थिक वर्षको ११ महिनासम्ममा संस्थागत र व्यक्तिगत गरि १८१३ उजुरी परेको छ । संस्थागत तर्फ १०९२ उजुरी परेको छ भने २४ करोड ६८ लाख ७० हजार ९२४ को माग दावी गरिएको छ । त्यस्तै व्यक्तिगत तर्फ कुल ७२१ उजुरी परेकोमा माग दावी भने ४९ करोड २८ लाख ४० हजार ६३४ रुपयाँ छ । यसरी हेर्दा संस्थागत भन्दा व्यक्तिगत रुपमा बैदेशिक रोजगारीको क्रममा ठगिनेहरु बढी रहेको देखिन्छ ।

बिभागले पछिल्लो ११ महिनामा जम्मा ११ म्यानपावरमा अनुगमन गरेको छ | तयस्तै बैदेशिक रोजगारीको क्रममा समस्यामा परेका ५ जनाको उद्दार गरेको छ । बिभागको रेकर्ड अनुसार उजुरी गरि मागदावी गरेको मध्ये बिभिन्न म्यानपावरवाट ९ करोड १५ लाख ७४ हजार ७८४ रुपयाँ पिडितले फिर्ता पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सभामुख अर्याल र कतारी राजदूतबीच भेटवार्ता देउवालाई गगनको सुझाव : राजनीतिक अभिव्यक्तिको सीमा र मर्यादा कायम राख्नुस् स्थानीय तहमा राम्रो नतिजा आए देश फेरि क्रान्तितिर जान्छ : प्रचण्ड पक्राउ गर्न आउँदा हतकडी लिएर आउनू, खाली हात जान्नँ : गगन थापा सभापति भएपछि केपी ओलीसँग पाँच पटक भेटिसकेको छु : गगन थापा एसईई आवेदन फाराम भर्ने म्याद १५ दिन थपियो, मंसिर २५ सम्म समय भेरी नदीमा भिडियो बनाउने क्रममा बगे नेपालगञ्जका दुई युवा, खोजी कार्य जारी बाँकेको मेलामा दुई पक्षबीच झडप, प्रहरीद्वारा ८ राउण्ड हवाई फायर; एक जना पक्राउ दुई मन्त्रीसँगको तस्बिर सेयर गर्दै बालेनले लेखे– ‘देश उँभो लाउने टोली’ धादिङमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु पाल्पामा दाउरा प्रहार गरी एक जनाको हत्या, आरोपित एक महिनापछि पक्राउ रूपान्तरणका नाममा एमाले विभाजित हुनु हुँदैन : महासचिव पोखरेल डिसेम्बर १६ मा बंगलादेश फर्किने शेख हसिनाको तयारी कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दै, सभापति गगन थापाले विशेष सम्बोधन गर्ने सुन र चाँदी दुवैको मूल्य बढ्यो, सुन दुई दिनमै ५ हजार ३०० रुपैयाँ महँगियो दिल्लीको होटलमा बन्धक बनाइएका तीन नेपालीको उद्धार भारत भ्रमण सकेर स्वदेश फर्किँदै प्रधानमन्त्री बालेन शाह बालेनको भारत भ्रमणप्रति राजेन्द्र लिङ्देनको टिप्पणी : ‘परम्परागत भ्रमणभन्दा फरक देखिएन’ भारतीय राष्ट्रपति मुर्मुसँग प्रधानमन्त्री बालेनको शिष्टाचार भेटवार्ता बालेनको भारत भ्रमणप्रति झलनाथ खनालको टिप्पणी : नयाँ उपलब्धि केही छैन, सामान्य भ्रमण मात्रै